केके मानन्धर
काठमाडाै । करुणामय मानव विकास संघले विभिन्न ठाउँका ८७ जना गरिब र जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति वितरण गरेको छ । काभ्रेको बनेपास्थित जनज्योति मावि जनागालमा सम्पन्न भएको कार्यक्रममा सामुदायिक विद्यालय, उच्च मावि तथा कलेजमा अध्ययनरत विद्यार्थीलाई स्कुल ब्याग, ड्रेस, जुत्तालगायतका सामग्री वितरण गरेको हो । समाजिक सद्भाव कायम राख्दै करुणा र नैतिकता जागृत गर्न संघले करिव दुई दसकदेखि सामाजिक काम गर्दैै आएको छ ।
संघले सिन्धुपाल्चोक, काभ्रे, भक्तपुर, रामेछाप जिल्लाका विभिन्न विद्यालयमा अध्ययनरत विद्यार्थीलाई छात्रवृत्तिका रूपमा आवश्यक सामग्री वितरण गर्दै आएको छ । मानव धर्म निर्वाह गर्नुपर्ने चेतना भएका दाता पहिचान गरी उनीहरूकै सहयोगमा संघले विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्दै आएको संघका उत्तम मानन्धरले बताए। ‘सुरुमा कक्षा एकदेखि १० सम्म अध्ययन गर्ने विद्यार्थी छनोट गरी उनीहरूका लागि छात्रवृति दिंदै आएका थियौं । पछिल्लो केही वर्षदेखि विश्वविद्यालयमा अध्ययनरत विद्यार्थीलाई समेत संघले सहयोग गरेको छ ।’ मानन्धरको भनाई छ । कतिपय अवस्थामा संघको सहयोग र समन्वयमा अध्ययन पूरा गरेका विद्यार्थीेहरुलाई आत्मनिर्भर बनाउको लागि जागिर लगाइदिने समेत गरेको उनकाे दाबी थियाे।

संघका अध्यक्ष सिद्धिगोपाल मानन्धरको अध्यक्षतामा भएको कार्यक्रममा ईमेज च्यानल टेलिभिजनका महाप्रबन्धक महाप्रबन्धक रघुवरभक्त मानन्धर, साहित्यकार मोहन दुवाल, बनेपा नगरपालिका वडा नं. ८ की वडाध्यक्ष शुभलक्ष्मी मानन्धर, मानव अधिकारकर्मी राजु सरकार, गंगादेवी मानन्धर, जीवन भण्डारीलगायतको सहभागिता थियो । आदरणीय भिक्षु पन्नालोक महास्थवीरले २०६२ सालमा स्थापना गर्नुभएको संघले निरन्तर रुपमा मावनसेवा, शिक्षा तथा आत्मनिर्भरताको क्षेत्रमा काम गर्दैआएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- हिमालयन एभरेस्ट इन्स्योरेन्स बन्यो दोस्रो नेपाल इन्स्योरेन्स फुटसल कपको च्याम्पियन
- एभरेस्ट बैंकको धनगढीमा नयाँ भवनसहित १३४औँ शाखा सञ्चालन
- हुथी विद्रोहीको सैन्य अभियान तीव्र, बाब अल–मन्देब क्षेत्रमा बढ्यो तनाव
- त्रिपुरेश्वर बस आगलागीमा घाइते चालकको मृत्यु, घटनाको छानबिन गर्न समिति गठन
- प्रतिनिधिसभा बैठक आज, चार संसदीय समितिमा पनि छलफल
- पहिलो विदेश यात्रामा प्रधानमन्त्री शाह, संयुक्त राष्ट्रसङ्घको महासभामा सम्बोधन गर्दै
- नाडाद्वारा बाढीपीडितका लागि राहत सामग्री वितरण, उद्धार कोषमा १० लाख सहयोग
- रुकुम पश्चिममा २१ मेगावाटको जल्दीगाड जलविद्युत आयोजना निर्माण हुने

ट्रेन्डिङ
खबरमुकाम







