पाँचौं हिमालयन ट्राभल मार्ट : हिमाल, उपलव्धिहरू र पर्यटनको गतिको उत्सव

काठमाडौँ ।  हिमालयन ट्राभल मार्ट (HTM 2025) को पाँचौं संस्करण विश्व पर्यटन समुदायका ३० मुलुकहरुबाट १०० भन्दा बढी अन्तर्राष्ट्रिय सहभागीहरू र नेपाली पर्यटन क्षेत्रका प्रतिनिधिहरु तथा सरोकारवालाहरु सहित ७०० भन्दा बढी प्रतिनिधिहरूलाई  सहभागिता गराउंदै व्यापक प्रशंसा र उल्लेखनीय सफलताका साथ काठमाडौंमा  सम्पन्न भएको छ। 

“माउन्टेन, माइलस्टोन्स एण्ड मोमेण्टम” भन्ने मूल नाराका साथ ज्त्ः द्दण्द्दछ ले पाटा नेपाल च्याप्टरको ५० औं वार्षिकोत्सवको बिशेष अवसर प्रतिबिम्बित गर्नुका साथै दिगो पर्यटन वृद्धिको लागि अन्तर्राष्ट्रिय पर्यटन सहकार्य, प्रवर्द्धन, र दिगो पर्यटन वृद्धिका लागि नयाँ मापदण्डहरू समेत स्थापित गरेको छ।

यही जुन ३ देखि ५ सम्म द  सोल्टी काठमाडौंमा आयोजित हिमालयन ट्राभल मार्टले अन्तर्राष्ट्रिय क्रेताहरु, बिक्रेताहरू, संचारकर्मी,  पर्यटन व्यवसायी, नीतिनिर्माता र सरोकारवालाहरूको भव्य जमघट सहित उत्साहजनक सहभागिताले HIM लाई हिमाली क्षेत्रकै प्रमुख ट्राभल ट्रेड प्लेटफर्मको रूपमा पुनः पहिचान गराएको छ र नेपाललाई “Gateway to the Himalayas” को रूपमा सथापिता गर्ने अभिभारालाई अझ सशक्त बनाएको छ।  

पाटा नेपाल च्याप्टरद्वारा नेपाल पर्यटन बोर्ड, नेपाल वायुसेवा निगम तथा विभिन्न सार्वजनिक तथा निजी क्षेत्रका साझेदारहरूको सहकार्य र सहयोगमा आयोजित हिमालयन ट्राभल मार्टले व्यवसायिक अन्तरक्रिया, ज्ञान आदानप्रदान सत्र, नेटवर्किङ, गन्तव्य अवलोकन भ्रमण, र सांस्कृतिक कार्यक्रमहरूको समृद्ध संयोजन प्रस्तुत गर्यो। 

विश्वभरका सहभागीहरू, साझेदार संस्थाहरु र सरोकारवालाहरुबाट अत्यधिक प्रशंसा प्राप्त गर्दै, HIM २०२५ ले हिमालयको मुटुमा रहेको एक लचिलो, नवप्रवर्तनशील र सहयोगी पर्यटन केन्द्रको रूपमा नेपालको स्थितिलाई पुन : पुष्टि गरेको छ।  “हिमाल, उपलव्धिहरू र गति” को भावना आगामी दिनहरूमा नेपालको पर्यटन विकासको मूल प्रेरणास्रोत बनी रहनेछ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै