काठमाडौं । नेपाल पर्यटन बोर्डले संयुक्त राष्ट्रसंघ विकास कार्यक्रम (यूएनडीपी) नेपालसँगको सहकार्यमा ‘नेपाल ट्राभल स्पेसलिस्ट – बेसिक लेभल’ अनलाइन पाठ्यक्रम सार्वजनिक गरेको छ । पाटा नेपाल र नेपाल एयरलाइन्स अन्य निजी क्षेत्रको सहकार्यमा बोर्डले आयोजना गरेको हिमालयन ट्राभल मार्टको उद्घाटन सत्रका अवसरमा मंगलबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री प्रसाद पाण्डेले "क्यूआर" सार्वजनिक गर्दै अनलाइन तालिमको औपचारिक शुभारम्भ गरेका हुन् ।
यसले नेपालका पर्यटन पेशाकर्मीहरूको ज्ञान, दक्षता र सेवा गुणस्तर अभिवृद्धि गर्ने उद्देश्यसहित सुरु गरिएको यो अनलाइन तालिमले नेपालको पर्यटन उद्योगलाई दिगो, समावेशी र व्यावसायिक बनाउन सहयोग पुर्याउने मन्त्री पाण्डेको बताएका छन् । ‘सस्टेनेबल टुरिज्म प्रोजेक्ट (एसटीपी)’ अन्तर्गत तयार पारिएको यो तालिम
नेपाल पर्यटन बोर्डको इ–लर्निङ्ग प्लेटफर्म [https://ntb.caffeinetech.com.
यस कार्यक्रममा विशेषतः ट्राभल एजेण्ट, गाइड, टुर अपरेटर, ट्रेकिङ्ग कम्पनी तथा पर्यटन विषय अध्ययन गरिरहेका विद्यार्थीहरूलाई लक्षित गरिएको छ । नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत ९सीईओ० दीपकराज जोशीले यस कार्यक्रमले पर्यटन क्षेत्रका पेसाकर्मीहरुलाई डिजिटल क्षमताको विकासमा एउटा कोसेढुंगा हुने बताएका छन् । उनले थपे, "यूएनडीपीसँगको सहकार्यमार्फत हामी केवल ज्ञान आदान–प्रदान गरिरहेका छैनौं, हामी दिगो, समावेशी र पेशागत पर्यटन उद्योगको जग बलियो बनाउँदैछौं ।” यही सन्दर्भमा नेपालकी रेसिडेन्ट रिप्रिजेन्टेटिभ क्योको योकोसुकाले भनिन्, “यो तालिमले पर्यटनमार्फत् जीविकोपार्जनको अवसर विस्तार गर्ने हाम्रो साझा प्रतिबद्धताको प्रतिनिधित्व गर्छ । डिजिटल शिक्षाको माध्यमबाट ग्रामीण क्षेत्रका युवायुवती तथा पर्यटन व्यवसायीहरूलाई सीप र ज्ञानमा पहुँच पुर्याउन सकिने सम्भावनालाई हामीले आत्मसात् गरेका छौं ।” यो पाठ्यक्रम आफैंले समय मिलाएर सिक्न सकिने ‘सेल्फ–पेस्ड’ अनलाइन मोड्युलमा आधारित छ ।
यसको सामग्रीहरू भिडियो, क्विज तथा दृश्यात्मक माध्यममा अन्तक्रियात्मक रूपमा तयार गरिएको छन् । सहभागीहरूले तालिम पूरा गरेपछि प्रमाणपत्र प्राप्त गर्नेछन्, जसले उनीहरूको व्यावसायिक विश्वासनीयता अभिवृद्धि गर्न सहयोग गर्नेछ । नेपाल सरकारले घोषणा गरेको ‘पर्यटन दशक’ रणनीतिअनुसार सन् २०३२ सम्म ३५ लाख विदेशी पर्यटक भित्र्याउने लक्ष्यलाई ध्यानमा राखेर मानव संसाधन विकासमा लगानी गरिँदै आएको छ । यसै सन्दर्भमा नेपाल पर्यटन बोर्डले यूएनडीपीसँगको सहकार्यमा सन् २०२५ देखि २०२८ सम्म सञ्चालन हुने ‘सस्टेनेबल टुरिज्म प्रोजेक्ट’ले २,५०० रोजगारी सिर्जना गर्ने तथा ५,००० जनालाई पर्यटनसम्बन्धी सीप अभिवृद्धि तालिम दिने लक्ष्य लिएको छ ।
विशेष गरी महिला र सीमान्तकृत समुदायहरूलाई लक्षित गरी स्थानीय तहमापूर्वाधार सुधार, डिजिटल नवप्रवर्तन र गन्तव्यहरूको क्षमता विकासमार्फत यो परियोजना कार्यान्वयन गरिने बोर्डले जनाएको छ । परियोजनाले दिगो, समावेशी र स्थानीय स्रोतमा आधारित पर्यटन प्रवर्द्धन गर्दै आर्थिक वृद्धिमा टेवा पुर्याउने बोर्डको विश्वा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- विदेशमा कार्यरत नेपालीको सामूहिक बचतबाट सुरु भएको बीजी ग्रुप सेयर बजारमा आउने तयारीमा
- काठमाडौंमा हुँदैछ PMGO South Asia Finals 2026, दर्शकका लागि पनि विशेष एक्सपेरियन्स जोन
- अन्तर्राष्ट्रिय पब्जी मोबाइल प्रतियोगिताको आधिकारिक इन्टरनेट साझेदार बन्यो भायानेट
- बाढी–पहिरो प्रभावित ४०० परिवारलाई ११ लाख रुपैयाँ बराबरको राहत
- रसुवाको भोटेकोशी बाढीः ४ हजारभन्दा बढी बेपत्ता, ९ हजार २८७ जनाको उद्धार
- बाढीग्रस्त क्षेत्रमा शिव शक्ति बाबाको राहत वितरण
- मुक्तिनाथ विकास बैंक र यातायात व्यवसायी महासंघबीच सम्झौता, व्यवसायीलाई सहुलियत ब्याजदरमा कर्जा
- भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार १२७ पुग्यो, ४ हजार ८५८ अझै सम्पर्कविहीन


ट्रेन्डिङ
खबरमुकाम





