काठमाडौं । नेपाल पर्यटन बोर्डमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव हरिप्रसाद मैनालीको स्वागत गरिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट सरुवा भएर आएका सचिव मैनालीको मंगलबार बोर्डमा एक कार्यक्रम गरी स्वागत गरिएको हो । यसैबीच बोर्डका अध्यक्षसमेत रहेका सचिव मैनालीले नवनियुक्त सदस्यहरू नरेन्द्र देव भट्ट र कुमारमणि थपलियालाई पद तथा गोपनीयताको शपथ गराएका छन् । वरिष्ठ पर्यटन व्यवसायी तथा लग्जरी एड्भेन्चर पर्यटनका अगुवा भट्ट र नेपाल एशोसिएसन अफ टुर एन्ड ट्राभल एजेण्ट्स (नाट्टा) का अध्यक्ष थपलियाको पर्यटन क्षेत्रमा नविन सोच, अनुभव र उर्जा थपिएको अपेक्षा गरेको बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) दीपकराज जोशीले बताएका छन् ।
कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत (सीईओ) दीपकराज जोशीले बोर्डको हालका गतिविधि, बोर्डले अख्तियार गरेको रणनीति तथा आगामी योजना प्रस्तुत गर्दै, नयाँ नेतृत्वसँग सहकार्य गर्दै पर्यटन क्षेत्रको दिगो र समुन्नत विकासमा केन्द्रित हुने बताएका छन् । उनले भने, "सचिव मैनालीको मार्गदर्शन र दुई नव नियुक्त सदस्यहरूको विविध अनुभवले बोर्डलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय साझेदारी निर्माणमा सशक्त बनाउने छ । हामी सहकार्यमा आधारित परिवर्तन ल्याउने योजनामा छौं ।" कार्यक्रममा बोल्दै सचिव मैनालीले पर्यटन बोर्डका गतिविधिबारे प्रत्यक्ष जानकारी लिन पाउँदा खुसी लागेको बताए । उनले भने, "नेपालको समृद्धिको आधार पर्यटन हो । यसले रोजगारी सिर्जना गर्छ, आय आर्जन गर्छ, राष्ट्रिय पहिचान विश्वमा फैलाउँछ ।"
उनले आफू प्रशासनिक नेतृत्वकर्ता भएको उल्लेख गर्दै थपे, "मैले नीतिगत सहजीकरण गर्नेछु, समस्या समाधानमा साथ दिनेछु । हामी सधैंभरी यस्ता
जिम्मेवारीमा रहिरहन सक्दैनौं, तर यस कार्यकालमा गरिने कामले भविष्यमा आत्मसन्तुष्टि मिलोस् र राष्ट्रको पर्यटनमा योगदान पुगोस् भन्ने मेरो चाहना
हो ।" सचिव मैनालीले बोर्डका सदस्यहरूको अनुभव र उर्जाको संयोजनबाट देखिने र महसुस हुने नतिजा दिन सकिने विश्वास व्यक्त गर्दै सहकार्यको प्रतिबद्धता व्यक्त गरेका छन् । कार्यक्रममा मन्त्रालयका सहसचिव इन्दु घिमिरे पदाधिकारी, पर्यटन बोर्डका सदस्य तथा कर्मचारीको सहभागिता रहेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- बागलुङमा बाढीपहिरोमा मृत्यु हुनेको सङ्ख्या १२ पुग्यो, एक बेपत्ता
- बागलुङमा पहिरोमा परी १० जनाको मृत्यु, एक बेपत्ता
- गाउँबाट धामसम्मको यात्राः जगतगुरु शिवशक्ति बाबाले बदलेको जातेको धार्मिक पहिचान
- नारायणी र रिउ खोलामा जलसतह खतराभन्दा माथि, तटीय क्षेत्रमा उच्च जोखिम
- पाल्पामा पहिरोमा परी दुई जनाको मृत्यु, तीन बेपत्ता
- आजदेखि सुरु भयो सोह्र श्राद्ध, पितृ पक्षमा गरिन्छ तर्पण र पिण्डदान
- पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा पक्राउ
- हिमालयन एभरेस्ट इन्स्योरेन्स बन्यो दोस्रो नेपाल इन्स्योरेन्स फुटसल कपको च्याम्पियन



ट्रेन्डिङ
खबरमुकाम





