काठमाडौं । नेपाल पर्यटन बोर्डमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव हरिप्रसाद मैनालीको स्वागत गरिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट सरुवा भएर आएका सचिव मैनालीको मंगलबार बोर्डमा एक कार्यक्रम गरी स्वागत गरिएको हो । यसैबीच बोर्डका अध्यक्षसमेत रहेका सचिव मैनालीले नवनियुक्त सदस्यहरू नरेन्द्र देव भट्ट र कुमारमणि थपलियालाई पद तथा गोपनीयताको शपथ गराएका छन् । वरिष्ठ पर्यटन व्यवसायी तथा लग्जरी एड्भेन्चर पर्यटनका अगुवा भट्ट र नेपाल एशोसिएसन अफ टुर एन्ड ट्राभल एजेण्ट्स (नाट्टा) का अध्यक्ष थपलियाको पर्यटन क्षेत्रमा नविन सोच, अनुभव र उर्जा थपिएको अपेक्षा गरेको बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) दीपकराज जोशीले बताएका छन् ।
कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत (सीईओ) दीपकराज जोशीले बोर्डको हालका गतिविधि, बोर्डले अख्तियार गरेको रणनीति तथा आगामी योजना प्रस्तुत गर्दै, नयाँ नेतृत्वसँग सहकार्य गर्दै पर्यटन क्षेत्रको दिगो र समुन्नत विकासमा केन्द्रित हुने बताएका छन् । उनले भने, "सचिव मैनालीको मार्गदर्शन र दुई नव नियुक्त सदस्यहरूको विविध अनुभवले बोर्डलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय साझेदारी निर्माणमा सशक्त बनाउने छ । हामी सहकार्यमा आधारित परिवर्तन ल्याउने योजनामा छौं ।" कार्यक्रममा बोल्दै सचिव मैनालीले पर्यटन बोर्डका गतिविधिबारे प्रत्यक्ष जानकारी लिन पाउँदा खुसी लागेको बताए । उनले भने, "नेपालको समृद्धिको आधार पर्यटन हो । यसले रोजगारी सिर्जना गर्छ, आय आर्जन गर्छ, राष्ट्रिय पहिचान विश्वमा फैलाउँछ ।"
उनले आफू प्रशासनिक नेतृत्वकर्ता भएको उल्लेख गर्दै थपे, "मैले नीतिगत सहजीकरण गर्नेछु, समस्या समाधानमा साथ दिनेछु । हामी सधैंभरी यस्ता
जिम्मेवारीमा रहिरहन सक्दैनौं, तर यस कार्यकालमा गरिने कामले भविष्यमा आत्मसन्तुष्टि मिलोस् र राष्ट्रको पर्यटनमा योगदान पुगोस् भन्ने मेरो चाहना
हो ।" सचिव मैनालीले बोर्डका सदस्यहरूको अनुभव र उर्जाको संयोजनबाट देखिने र महसुस हुने नतिजा दिन सकिने विश्वास व्यक्त गर्दै सहकार्यको प्रतिबद्धता व्यक्त गरेका छन् । कार्यक्रममा मन्त्रालयका सहसचिव इन्दु घिमिरे पदाधिकारी, पर्यटन बोर्डका सदस्य तथा कर्मचारीको सहभागिता रहेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- बाढीग्रस्त क्षेत्रमा शिव शक्ति बाबाको राहत वितरण
- मुक्तिनाथ विकास बैंक र यातायात व्यवसायी महासंघबीच सम्झौता, व्यवसायीलाई सहुलियत ब्याजदरमा कर्जा
- भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार १२७ पुग्यो, ४ हजार ८५८ अझै सम्पर्कविहीन
- रसुवा बाढी प्रभावित क्षेत्रमा अपराह्नपछि मध्यम वर्षाको सम्भावना
- प्रतिनिधिसभा बैठक आज, भोटेकोशी बाढीबारे विशेष प्रस्ताव प्रस्तुत हुने
- बाढी प्रभावित क्षेत्रमा महामारीको जोखिम, उच्च सतर्कता अपनाउन स्वास्थ्यविज्ञको आग्रह
- भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १ हजार ३ पुग्यो
- नेशनल लाइफ इन्स्योरेन्सद्वारा विपद् उद्धार कोषमा १ करोड ५१ लाख सहयोग


ट्रेन्डिङ
खबरमुकाम






