काठमाडाै । खानेपानीमन्त्री प्रदीप यादवले ईलामको कन्याम–पञ्चकन्या खानेपानी योजना निर्माणको काम चाडो सम्पन्न नगरे ठेक्का सम्झौता रद्द गरिने बताए । संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना, ईलाम अन्तर्गत कन्याम–पञ्चकन्या खानेपानी योजना सम्बन्धी सरोकारवालाहरुसँग अन्तरक्रिया एवं छलफल कार्यक्रमलाई सम्बोधन गर्नु हुँदै मन्त्री यादवले कन्याम–पञ्चकन्या खानेपानी योजनाको ७७ प्रतिसत काम भएको आफुले जानकारी पाएकाले बाँकी रहेको काम तत्काल सक्न सम्बन्धित निर्माण व्यवसायीलाई आग्रह गरे । उनले, “कन्याम–पञ्चकन्या खानेपानी योजनाको समस्या समाधानका लागि म स्वयं यहाँ आएको छु । आज यहाँको समस्या समाधानको बाटो निकाल्नु पर्छ । कि ठेकेदारले काम गर्नु पर्छ, यात अब ठेक्का रद्द गर्नुपर्छ ।”
मन्त्री यादवले निर्माण व्यवसायीहरूले विभिन्न बाहना बनाएर खानेपानीका आयोजनाहरुमा काम ढिलो गर्ने र तोकिएको समयमा सम्पन्न नगर्ने गरेको गुनासो सुन्नमा आएकाले काम नगर्ने ठेकेदारको ठेक्का रद्द गरिने बताए। उनले भने, “खानेपानी जस्तो अत्यावश्यक चिजलाई ढिला सुस्ति गर्ने कार्य किमार्थ स्वीकार्य छैन् । खानेपानीका आयोजना तोकिएकै समयमा सम्पन्न गर्नु पर्छ । अब सहेर बसिदैन, काम नगरे ठेक्का रद्द गर्छौँ ।” यसैगरी उनले नागरिकलाई स्वच्छ, सुरक्षित एवं शुद्ध खानेपानी वितरणका लागि निर्माणाधीन खानेपानी आयोजना निर्माणमा ढिलासुस्ती गर्ने ठेकेदारलाई उन्मुक्ति नदिने बताए । मन्त्री यादवले भने, “वर्षाद्को बेला आएको छ, बाढी आउँछ, केही घटना होला त्यसको जिम्मा कस्ले लिने ? बाँकी रहेको यो खानेपानीको काम ततत्काल सुरु गर्नुहोला । अधुरो छोडिएको पाइपलाईनको काम भोली बिहानबाट सुरु गर्नुस् ।”
उक्त कार्यक्रममा सुर्योदय नगरपालिका, फिक्कल ईलामका नगर प्रमुख रणबहादुर राई उपप्रमुख दुर्गाकुमार बराल, नेपाल वायुसेवा निगमका अध्यक्ष युवराज अधिकारी, खानेपानी मन्त्रालयका सचिव ई प्रमिलादेबी शाक्य बज्राचार्य, खानेपानी तथा ढल व्यवस्थापन विभागका महानिर्देशक ई रामकुमार श्रेष्ठ, कर्मचारी, स्थानीयवासी लगायतको सहभागीता रहेको थियो । नेपाल सरकारले आधारभुत स्तरको खानेपानी सेवा जनताको पहुँचमा पुर्याउने उदेश्यले आर्थिक वर्ष २०६८/६९ देखि खानेपानी तथा ढल व्यवस्थापन विभाग अन्तर्गत जलवायु अनुकुलित वृहत खानेपानी आयोजना तर्जुमा गरेको र सोही आयोजना अन्तर्गत कन्याम पञ्चकन्या खानेपानी आयोजना स्थल सुर्योदय नगरपालिका–३, ६–८, १०–१४, ईलाम नगरपालिका–१० र रोङ गाँउपालिका–३ मा पर्नेगरेको संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना, ईलामले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- अमेरिका–इरान युद्ध अन्त्यतर्फ, सम्झौतामा हस्ताक्षरको तयारी
- विश्वकपमा स्कटल्यान्डको विजयी सुरुआत, समूह ‘सी’को शीर्ष स्थानमा उक्लियो
- चीन भ्रमणमा निस्कँदै परराष्ट्रमन्त्री, कूटनीतिक भेटघाटमा केन्द्रित रहने
- आज देशका विभिन्न क्षेत्रमा बदली, केही स्थानमा वर्षाको सम्भावना
- सुस्तामा एसएसबीको प्रवेश रोक्न सरकारसँग एमालेको माग
- श्रम संस्कृति पार्टीले पृथ्वीका सबै श्रमिकलाई मुक्ति र न्याय दिन्छ– सुदन किराती
- मापदण्ड विपरीत सञ्चालित भक्तपुरको बाल गृहबाट ८ बालबालिकाको उद्धार
- २५ वर्षसम्म गोप्य राखिएको रावल आयोगको प्रतिवेदन कार्यान्वयनमा ल्याउँदै बालेन सरकार



ट्रेन्डिङ
खबरमुकाम






