भक्तपुर । मध्यपुर थिमिस्थित पाचो धिमे खलःले तीन महिने धिमे बाजा प्रशिक्षण समापन तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ । कला, संस्कृति तथा परम्परागत बाजा जगेर्ना र संरक्षण गर्ने उद्देश्यले धिमे बाजा प्रशिक्षण दिइएको आयोजकले दाबी गरेको छ । कार्यक्रममा संघीय संसद् अन्तर्गत प्रतिनिधिसभाका सांसद माननीय दुर्लभ थापाले धर्म, संस्कृति र कलालाई संरक्षण गर्ने अभियानमा जुटेका युवाहरुलाई आभार व्यक्त गर्दै आवश्यक ठाउँमा सहयोग गर्ने प्रतिबद्धता जनाए । मौलिकता जगेर्ना गर्दै यसतर्फ युवाहरूको आकर्षण अभिवृद्धि हुनु सुखद रहेको माननीय थापाको भनाई थियो । बागमती प्रदेश सरकार सामाजिक विकास कार्यालय ललितपुर भैंसेपाटीको लागत साझेदारीमा खलःले सम्पन्न गरेको धिमे बाजा प्रशिक्षणमा ५३ जना युुवायुुवतीहरु प्रशिक्षित भएको कार्यक्रम संयोजक सुशन प्रजापतिले जानकारी दिए ।
त्यस्तै, मध्यपुर थिमि नगरपालिकाका मेयर सुरेन्द्र श्रेष्ठले नगर क्षेत्रको कला, संस्कृति, बाजागाजा संरक्षणको लागि नगरपालिकाले आवश्यक सहकार्य गर्ने प्रतिबद्धता जनाए । धिमे बाजा, बांसुरी, नौ बाजा, म्वायलि लगायत लोपोन्मुक बाजा संरक्षण गर्नुपर्नेमा जोड दिंदै धिमे बाजा प्रशिक्षण कार्यक्रम आयोजकलाई धन्यवाद दिए ।
त्यस्तै, बागमती प्रदेश सरकारकी सांसद माननीय धनेश्वरी प्रजापतिले बाजागाजाको जगेर्ना गर्ने अभियानलाई निरन्तरता दिनुपर्नेमा जोड दिदैं नेवाः संस्कृतिले नेपाललाई विश्वभर चिनाएको सन्दर्भ कोट्याउँदै उनले सांस्कृतिक समृद्धिको लागि राष्ट्रभक्तहरु एकीकृत हुनुपर्नेमा जोड दिए ।
कार्यक्रममा मध्यपुर थिमिका श्रीगोपाल प्रजापतिलगायत ६ जना थिमि भैलःका गुरुहरु र पाँच जना बाजा गुरुहरुलाई सम्मान गरिएको थियो । औपचारिक बाजा प्रशिक्षण कार्यक्रममा ४ वर्षे बालकदेखि अधैवैंशे पुरुष र महिलाहरु पनि सहभागी रहेको थियो ।
केही दसक अगाडिसम्म महिलालाई धिमे बाजाबाट औपचारिक रुपमा दिक्षित गर्न नहुने मान्यता थियो । महिनावारी भएकी महिलाको उपस्थितिले नाट्यश्वर आह्वान गरिने पूजाविधिमा बाधाविघ्न पैदा हुने बताइन्थ्यो । तर बदलिंदो परिस्थितिसँगै किसली पूजा गरी परम्परागत शैलीले दिइने प्रशिक्षणमा महिला सहभागिता बढ्दै गएको देखिन्छ । धिमे नृत्य तथा बाजा प्रस्तुति समेत गरिएको कार्यक्रममा जनप्रतिनिधि, सुरक्षा निकायका प्रतिनिधि, भैलः नाचका गुरुहरु, संस्कृतिप्रेमी तथा स्थानियबासीहरुको उल्लेख्य सहभागिता थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- बाढीग्रस्त क्षेत्रमा शिव शक्ति बाबाको राहत वितरण
- मुक्तिनाथ विकास बैंक र यातायात व्यवसायी महासंघबीच सम्झौता, व्यवसायीलाई सहुलियत ब्याजदरमा कर्जा
- भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार १२७ पुग्यो, ४ हजार ८५८ अझै सम्पर्कविहीन
- रसुवा बाढी प्रभावित क्षेत्रमा अपराह्नपछि मध्यम वर्षाको सम्भावना
- प्रतिनिधिसभा बैठक आज, भोटेकोशी बाढीबारे विशेष प्रस्ताव प्रस्तुत हुने
- बाढी प्रभावित क्षेत्रमा महामारीको जोखिम, उच्च सतर्कता अपनाउन स्वास्थ्यविज्ञको आग्रह
- भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १ हजार ३ पुग्यो
- नेशनल लाइफ इन्स्योरेन्सद्वारा विपद् उद्धार कोषमा १ करोड ५१ लाख सहयोग


ट्रेन्डिङ
खबरमुकाम





