
काठमाडौं । नेपाल पर्यटन बोर्डले नयाँ गन्तव्यको खोजी र प्रचारका लागि युवा पुस्तालाई जोडिरहेको छ । मुलुकको पर्यटन प्रबर्द्धनका लागि नयाँ गन्तव्यको वैभव र विशेषतालाई उजागर गर्न युवा पुस्तालाई जोड्ने उद्देश्यले नेपाल पर्यटन बोर्डले मंगलबार काठमाडौंमा "कनेक्टिङ कन्टेन्ट क्रियटर विथ प्याकेज क्युरेट" कार्यक्रम गरेको हो ।
बोर्डले पर्यटकीय उपज उत्पादनकर्ता र पर्यटन व्यवसायीलाई एउटै थलोमा राखेर नयाँ गन्तव्यको प्रबर्द्धनका लागि प्रोत्साहित गरेको हो । यस कार्यक्रममा सुदूरपश्चिमको अपि हिमालदेखि सुदूरपूर्वको मुन्धुम ट्रेलसम्म पर्यटकीय
गन्तव्यको भिडियो प्रस्तुती गरिएको थियो । जसमा सातै प्रदेशका प्रचार र प्रबर्द्धन हुन नसकेका गन्व्यहरुको भिडियो सामग्री प्रस्तुत गरिएको हो ।
कार्यक्रमलाई सम्बोधन गर्दै बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) दीपकराज जोशीले विद्यमान पर्यटन प्रबर्द्धन र प्रचारका नयाँ पुस्तालाई जोडेर प्रविधिको भरपूर उपयोग गर्नुपर्ने बताएका छन् । उनले भने, "लामो इतिहास भएको पर्यटन क्षेत्रको प्रचार गर्दा पुरानै र सीमित गन्तव्यको मात्रै प्रचार भइरहेको छ । पछिल्लो दशकमा विश्वमा पर्यटनको ट्रेन्ड परिवर्तन भइरहेकोले हामीले पनि नयाँ गन्तव्यहरुको खोजी र प्रचारको नयाँ शैली अवलम्बन गर्नुपर्ने भएको छ ।" अहिले देशभरबाट विभिन्न समूह र व्यक्तिगत तवरबाट युवा पुस्ताले घुमफिर गर्ने र नयाँ गन्तव्यको खोजी गरिरहेको सन्दर्भ उल्लेख गर्दै सीईओ जोशीले थपे, " देशभरका सातै प्रदेशमा ुकन्टेन्ट क्रियटरुहरुको रुपमा लागिरहनुभएका युवा पुस्ताले खोजी गरेका दूरदरजका वैभवता र विशेषताहरुलाई प्रचार र प्रबर्द्धन गरिरहनुभएको छ । उहाँहरुलाई पर्यटकीय उपज उत्पादकसँग जोड्नका लागि यो कार्यक्रम आयोजना गरिएको हो ।"
सीईओ जोशीले आगामी दिनमा पर्यटन प्रबर्द्धनमा नयाँ रणनीतिका साथ अघि बढ्नुपर्ने र घुमफिर गरिरहेको युवा पुस्तासँगसँगै काम गर्न पर्यटन बोर्ड खुला रहेकोसमेत बताएका छन् । उनले थपे, "हामी कन्टेन्ट क्रियटरहरुसँग मिलेर पर्यटनलाई रिइम्याजिन गर्न प्रतिबद्ध छौं ।"
कार्यक्रममा लेखक तथा हिमाल मिडियाका प्रकाशक सम्पादक कनकमणि दीक्षितले कार्यक्रममा सहभागी पर्यटन उपज उत्पादक र कन्टेन्ट क्रियटरहरुलाई गुणस्तरीय पर्यटन विकासमा लाग्न प्रेरित गरेका छन् । उनले भने, "पर्यटन
प्रबर्द्धनका लागि हाम्रो परम्परागत शैली परिवर्तन गरेर जानुपर्ने थियो । बोर्डले यो जमर्को गरेको सकारात्मक संकेत हो । अब हामीले हामीसँग हिमाल छ, सगरमाथा छ भनेर मात्र नपुग्ने भएकोले सांस्कृति र अन्य प्राकृतिक वैभवताबारे पनि प्रचार गर्न आवश्यक छ । यसका लागि देशभरमा युवा पुस्ताले व्यक्तिगतरुपमा काम गरिरहेको भए पनि पर्याप्त हुन सकेको छैन । यसलाई व्यवस्थित रुपमा सरोकारवाला निकायले मिलेर अघि बढ्नुपर्दछ ।"
कार्यक्रममा कोशी प्रदेशबाट मनोज आचार्य, मधेश र बागमती प्रदेशबाट मनिष रुचाल, गण्डकी प्रदेशबाट हेमन्त भण्डारी, लुम्बिनी प्रदेशबाट पल्लव पण्डित, कर्णाली प्रदेशबाट सिर्जना ओली (सिर्जना सिज्जु) र सुदूरपश्चिम प्रदेशबाट हेमन्त राईले सम्बन्धित प्रदेशका नयाँ पर्यटकीय गन्तव्यको खोजी, सम्भावना र प्रचारको अवस्थासहित भिडियो सामग्री प्रस्तुत गरेका हुन् । यसका साथै कार्यक्रममा कन्टेन्ट क्रियटर र प्याकेज क्युरेटरबीच अन्तर्क्रियासमेत गरिएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- लड्केश्वर धाममा २०८३ मा दोस्रो कोटिहोम
- ‘हज कार्यलाई व्यवस्थित बनाउन समयानुकूल नीति, नियम र प्रबन्ध मिलाउन आवश्यक’
- विद्युत नियमन आयोग र इमानबीच भेटवार्ता : दीर्घकालीन सहकार्यका विषयमा छलफल
- डोलेश्वर भिलेज रिसोर्ट एण्ड फार्म हाउस र सिटिजन्स क्यापिटल बीच संस्थागत परामर्श सम्झौता
- नेपाली सडकमा ५०० भन्दा बढी सेरेस ईभीहरु : २०२६ मा तीन नयाँ ईभीहरू नेपाल ल्याइने
- सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सद्वारा सम्पत्ति शुद्धिकरण निवारण सम्बन्धी प्रशिक्षण सम्पन्न
- राजश्वको श्रोतको आधारमा यथार्थपरक बजेट ल्याउन चेम्बर अफ कमर्सको सुझाव
- नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला (एनआइटीएफ) को आज अन्तिम दिन