काठमाडौं । चीनको राजधानी बेइजिङ्मा नेपालको पर्यटन प्रवद्र्धन गरिएको छ । नेपाल पर्यटन बोर्डले बेइजिङमा आयोजित १८औं ‘चाइना आउटबाउन्ड ट्राभल एन्ड टुरिजम मार्केट (कोटम–२०२५)’ मार्फत नेपालका पर्यटकीय गन्तव्यहरु प्रस्तुत गर्दै चिनियाँ पर्यटकलाई नेपाल भ्रमणका लागि आग्रह गरेको हो ।
अप्रिल २४ देखि २६ सम्म नेशनल एग्रीकल्चरल एक्जिबिसन हलमा आयोजना भएको तीनदिने प्रदर्शनीमा करिब ५० देशका पर्यटन प्रतिनिधिहरू सहभागी थिए । नेपालले हिमश्रृङ्खला, सांस्कृतिक सम्पदा र साहसिक पर्यटनका अवसरहरूलाई संगठित ढङ्गले चिनियाँ बजारमा प्रस्तुत गरेको बोर्डले जनाएको छ । बोर्डले चिनियाँ पर्यटकहरूका लागि नेपाललाई थप आकर्षक गन्तव्यका रूपमा उजागर गर्ने उद्देश्यले नेपालका गन्तव्य प्रदर्शन गरिएको उल्लेख गरेको छ ।
कार्यक्रममा नेपालका लागि चीनस्थित नेपाली राजदूत डा. कृष्णप्रसाद ओली, प्रथम सचिव मनहरी दंगाल र छेन्दुस्थित उप–महावाणिज्यदूत चिनामन सिंह बुढाथोकीले नेपालको स्टल अवलोकन गरेका थिए। उनिहरुले चिनियाँ पर्यटन व्यवसायीसँग भेटघाट गर्दै पर्यटन प्रवद्र्धन तथा आपसी सहकार्य विस्तारका विषयमा छलफल समेत गरेको बोर्डले विज्ञप्तिमार्फत जनाएको छ ।
नेपालको स्टलमा परम्परागत वास्तुकला, सांस्कृतिक सम्पदा, जैविक विविधता र हिमाली दृश्यहरूलाई सुसज्जित गरी प्रदर्शन गरिएको थियो। साहसिक पर्यटन, प्राकृतिक भ्रमण र सांस्कृतिक अनुभवहरूका सम्भावनाहरूलाई विशेष रूपमा उजागर गरिएको थियो । यसका साथै नेपाली र चिनियाँ पर्यटन व्यवसायीहरूबीच अन्तरक्रिया हुँदै भविष्यमा सहकार्यका नयाँ सम्भावनाहरूका विषयमा छलफल गरिएको थियो।
बोर्डको रणनीतिक उपस्थितिले चिनियाँ बजारमा नेपालको पर्यटन छवि मजबुत बनाउने अपेक्षा गरिएको छ । यस सहभागिताबाट चिनियाँ पर्यटक आगमन वृद्धि, पर्यटन व्यवसायीहरूबीच दीर्घकालीन सहकार्य विकास र नेपालको पर्यटन बजारमा नयाँ अवसर सिर्जना हुने विश्वास लिइएको छ ।
चाइना आउटबाउन्ड ट्राभल एन्ड टुरिजम मार्केट (कोटम) चीनको प्रमुख बीटूबी पर्यटन प्रदर्शनी हो, जसले सन् २००५ देखि विश्वका विविध गन्तव्य र चीनका पर्यटन व्यवसायीहरूबीच सहकार्यको महत्वपूर्ण मञ्च प्रदान गर्दै आएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- इन्टर्न चिकित्सकको स्टाइपेन्ड माग्दै डिल्ली हरिजन आमरण अनशनमा
- ग्यास नपाएर नागरिकलाई हैरानी, कारबाहीको चेतावनी दिएर पन्छिदै सरकार
- स्वपहिचानका आधारमा लैङ्गिक पहिचान परिवर्तनसम्बन्धी विवादास्पद आदेश पुनरावलोकनका लागि सर्वोच्चको अनुमति
- जुलाईमा नेपाल भित्रिए ७१ हजार ७७५ विदेशी पर्यटक, कुन देशबाट कति आए ?
- सगरमाथा लुम्बिनी इन्स्योरेन्सद्वारा नेत्रहिन महिला संघलाई शैक्षिक सामाग्री हस्तान्तरण
- सांग्रिला डेभलपमेन्ट वैंकका ग्राहक र कर्मचारीले ट्रांक्यूलिटि स्पामा छुट पाउने
- भ्रामक र आधारहीन समाचारप्रति प्रभु बैंकको आपत्ति
- नबिल बैंकले एजुकेशन हबमार्फत शैक्षिक कर्जा, वित्तीय परामर्श र बैंकिङ सहायता उपलब्ध गराउने

ट्रेन्डिङ
खबरमुकाम







