काठमाडौँ । कुमाल समुदायमा प्रचलित विभिन्न सङ्गीत, नाच, गीत, भेषभुषा लगायतको लोप हुन थालेपछि संरक्षणका लागि समुदायका अगुवाहरू सक्रिय भएका छन् । कला र संस्कृति संरक्षणका लागि कुमाल समाज नेपालको नेतृत्वमा अभियान सुरु गरिएको हो । उनिहरुको अभियानलाई सामाजिक विकास कार्यालय तनहुँले साथ दिएको छ ।
अभियानअन्तर्गत कुमाल समाज नेपाल जिल्ला कार्य समिति तनहुँको आयोजनामा लोपोन्मुख पाउँदुरे नाच पुस्ता हस्तान्तरण कार्यक्रम गर्ने निर्णय भएको समाजका तनहुँका अध्यक्ष आलोक कुमालले जानकारी दिए। इन्टरनेटको बढ्दो प्रयोग, विदेशी फिल्म, आयातित गीत तथा सङ्गीतले समुदायका मौलिक परम्पार लोप हुँदै जान लागेकोले संरक्षण अभियान सुरु गरिएको कुमाल बताउँछन् ।
अहिलेका अधिकांश युवाले पाउँदुरे नृत्य नजान्ने हुँदा कुमाल समुदायमा हराउन थालेकाले संरक्षण गर्न पुस्ता हस्तान्तरण कार्यक्रम गर्ने निर्णय भएको कुमाल बताउँछन् । कुमालका अनुसार भानु, व्यास, शुक्लागण्डकी, भीमाद नगरपालिका र घिरिङ गाउँपालिकामा कुमाल समुदायको बसोवास छ । जिल्लाभर आठ हजार ७२७ जनसङ्ख्या छ । पाउदुरे, हेम्फाई, घाँटु, झ्याउरे, कौराहा आदि मौलिक संस्कृतिले भरिपूर्ण भएको कुमाल समुदायको मौलिक संस्कृति लोप हुने अवस्थामा पुगेकाले संरक्षणमा जुटिएको हो ।
संस्कृति संरक्षण अभियानअन्तर्गत पाउदुरे नाचको पुस्ता हस्तान्तरण गर्न लागिएको उनको भनाइ छ । व्यास नगरपालिका–९ कलेस्तीस्थित कुमाल गाउँमा आगामी वैशाख १५ देखि २१ गते पाउदुरे नाच पुस्ता हस्तान्तरण कार्यक्रम राखिएको र यसले समुदायमा उत्साह जगाएको व्यास नगरपालिका–१० अँधेरीभन्ज्याङ निवासी रिता कुमालले जानकारी दिए। समाजका अनुसार पाउँदुरेमा रामायण खण्डमा रामको जन्मदेखि वनवाससम्मको गतिविधिलाई गीतको माध्यमबाट गाउने गरिन्छ र गीतकै पारामा बिजाबारे र मारुनीले नाच्ने गरिन्छ । यसैगरी, कृष्ण चरित्र खण्डमा कृष्णका बारेमा गाइने गरिन्छ । कुमाल समुदायको मौलिक संस्कृति संरक्षण गर्ने उद्देश्यले मद्दत गरिएको सामाजिक विकास कार्यालय तनहुँका प्रमुख विदुरहरि आचार्यले जानकारी दिए ।
एक हप्ते उक्त पुस्तान्तरण कार्यक्रममा कुमाल समुदायहरूको भाषा, संस्कृति, रितिरिवाज, चाडपर्व, परम्परा, मूल्य, मान्यता आदिको प्रशिक्षण प्रदान गरिने उनले जानकारी दिए । जिल्लाको विभिन्न पालिकामा छरिएर बसोवास गर्ने कुमाल समुदायहरूलाई एउटै थलोमा जम्मा गरेर गरिने उत्त पुस्तान्तरण कार्यक्रममा दलबहादुर कुमालले प्रशिक्षक प्रदान गर्ने समाजले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- बाढीग्रस्त क्षेत्रमा शिव शक्ति बाबाको राहत वितरण
- मुक्तिनाथ विकास बैंक र यातायात व्यवसायी महासंघबीच सम्झौता, व्यवसायीलाई सहुलियत ब्याजदरमा कर्जा
- भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार १२७ पुग्यो, ४ हजार ८५८ अझै सम्पर्कविहीन
- रसुवा बाढी प्रभावित क्षेत्रमा अपराह्नपछि मध्यम वर्षाको सम्भावना
- प्रतिनिधिसभा बैठक आज, भोटेकोशी बाढीबारे विशेष प्रस्ताव प्रस्तुत हुने
- बाढी प्रभावित क्षेत्रमा महामारीको जोखिम, उच्च सतर्कता अपनाउन स्वास्थ्यविज्ञको आग्रह
- भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १ हजार ३ पुग्यो
- नेशनल लाइफ इन्स्योरेन्सद्वारा विपद् उद्धार कोषमा १ करोड ५१ लाख सहयोग


ट्रेन्डिङ
खबरमुकाम






