लुम्बिनी । नेपालका लागि जापानी राजदूत मायडा तोरू र लुम्बिनी विकास कोषका उपाध्यक्ष डा. ल्हारक्याल लामा खेन्पो छिमेछिरिङ्ग) बीच सोमबार लुम्बिनीमा भेटवार्ता भएको छ । भेटमा बुद्धजन्मस्थल लुम्बिनीको धार्मिक, ऐतिहासिक र पुरातात्विक विकास एंव लुम्बिनी गुरुयोजना र तिलौराकोट विश्व सम्पदा सुचीकृत गर्न सहयोग लगायतका बिषयमा राजदुत तोरू र उपाध्यक्ष डा। लामाबीच छलफल भएको लुम्बिनी विकास कोषले जनाएको छ ।
जापानका प्रख्यात वास्तुविद् प्रोफेसर केन्जो टांगेले सन् १९७२ देखि १९७८ सम्म ६ वर्ष लगाएर लुम्बिनी गुरुयोजना बनाएको भन्दै उपाध्यक्ष लामाले गुरुयोजना सम्पन्न गर्न जापान सरकार सग सहयोगको आग्रह गरेको र बुद्धजन्मस्थल लुम्बिनी विश्वशान्तिको केन्द्र भएकाले यसको विकास लागि पर्यटन प्रबर्द्धन गर्न जापान सरकार सग आग्रह गरेको कार्यकारी सदस्य श्याम रोक्काले जानकारी गराएको छन् । जापानिज बास्तुकलाविद् केन्जो टाङ्गेले तयार पारेको लुम्बिनी गुरुयोजना र यसको कार्यान्वयन बारे राजदूतलाई जानकारी गराइएको बताएका हुन्। साथै उपाध्यक्ष लामाले प्राचीन शाक्य गणराज्यको राजधानी कपिलवस्तुको तिलौराकोट दरबार क्षेत्रलाई विश्व सम्पदा सूचीमा सूचीकृतका लागि संयुक्त राष्ट्र शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक संगठन यूनेस्को) विश्व सम्पदा केन्द्रमा छलफलमा रहेको र सन् २०२५ को जुलाईमा सूचीकृतको लागी सहयोग गर्न आग्रह गरेका हुन् ।

भेटमा राजदुत तोरूले विश्वभरका बौद्धमार्गी र शान्तिका अनुयायीहरुको पवित्र स्थल लुम्बिनी भएकाले यसको विकासमा सहकार्य गर्न जापन सदैव तयार रहेको प्रतिबद्धता जाहेर गर्दै लुम्बिनीलाई पुरात्वातिक क्षेत्रको रुपमा मात्र नभई धार्मिक क्षेत्रको रुपमा विकास गर्न विकास कोष सग आग्रह गरेका हुन् ।
दुई देश बीचको मित्रवत सम्बन्ध, बुद्धजन्मस्थल लुम्बिनीको बारेमा जापानमा प्रचार प्रसार र लुम्बिनी आउने पर्यटकलाई जापान देखी सिधै हवाई सम्पर्क स्थापित गर्न। लुम्बिनीको विकासका सम्बन्धमा सहकार्यका बिषयमा समेत भेटमा छलफल भएको थियो । राजदुत तोरूलाई उपाध्यक्ष डा. लामा सहित कोषाध्यक्ष सिद्धिचरण भट्टराई, सदस्य सचिव सानुराजा शाक्य, कार्यकारी सदस्य श्याम रोक्का, विश्व पौडेल, वरिष्ठ निर्देशक ज्ञानिन राई लगायतले स्वागत गरेका हुन् ।
राजदुत सहितको टोलीले मायादेवी मन्दिर, कपिलवस्तुको तिलौराकोट लगायतको क्षेत्रको भ्रमण गर्ने छन् भने लुम्बिनी वर्ड हेरिटेज कन्फ्रेसमा सहभागी हुने छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- अमेरिका–इरान युद्ध अन्त्यतर्फ, सम्झौतामा हस्ताक्षरको तयारी
- विश्वकपमा स्कटल्यान्डको विजयी सुरुआत, समूह ‘सी’को शीर्ष स्थानमा उक्लियो
- चीन भ्रमणमा निस्कँदै परराष्ट्रमन्त्री, कूटनीतिक भेटघाटमा केन्द्रित रहने
- आज देशका विभिन्न क्षेत्रमा बदली, केही स्थानमा वर्षाको सम्भावना
- सुस्तामा एसएसबीको प्रवेश रोक्न सरकारसँग एमालेको माग
- श्रम संस्कृति पार्टीले पृथ्वीका सबै श्रमिकलाई मुक्ति र न्याय दिन्छ– सुदन किराती
- मापदण्ड विपरीत सञ्चालित भक्तपुरको बाल गृहबाट ८ बालबालिकाको उद्धार
- २५ वर्षसम्म गोप्य राखिएको रावल आयोगको प्रतिवेदन कार्यान्वयनमा ल्याउँदै बालेन सरकार



ट्रेन्डिङ
खबरमुकाम






