काठमाडौँ । चालु आर्थिक वर्षको असारदेखि फागुन मसान्तसम्म ढोरपाटन सिकार क्षेत्रमा झन्डै १० हजारभन्दा बढी पर्यटक पुगेका छन् । ढोरपाटन पुग्ने विदेशीभन्दा अधिकांश पर्यटक स्वदेशी छन् ।
चालु वर्षको फागुन मसान्तसम्ममा दस हजार ७ सय पर्यटकले ढोरपाटन भ्रमण गरिसकेका छन् । तीमध्ये एक सय २० जना विदेशी पर्यटक रहेको ढोरपाटन शिकार आरक्षका सूचना अधिकारी पशुपति अधिकारीले जानकारी दिनुभयो । यो अनुपातले चालु वर्षमा १८ हजार बढी पर्यटक ढोरपाटन पुग्ने अनुमान छ ।
गत आर्थिक वर्षमा १५ हजार ७ सय ७० जना आन्तरिक र १ सय ६ जना विदेशी पर्यटकले ढोरपाटन घुमेका थिए । आरक्षले नेपालीलाई प्रतिव्यक्ति एक सय, सार्क राष्ट्रलाई १ हजार ५ सय र विदेशीलाई ३ हजार रुपियाँ प्रवेश शुल्क लिने गरेको छ । पछिल्लो समय आरक्षले विदेशीसँगै आन्तरिक पर्यटकको तथ्याङ्क राख्दै आएको छ ।
ढोरापटनमा पर्याप्त खानेपानी नहुनु र पर्यटकका लागि आरामदायी होटलको अभाव हुँदा ढोरपाटन आउने पर्यटकको सङ्ख्या बढ्न नसकेको स्थानीय बताउँछन् । ‘‘सुविधा सम्पन्न होटल बनाउन आरक्षको अनुमति पाइँदैन’’ स्थानीय धिरेन्द्र घर्तीले भने, ‘‘पर्यटक बढाउन ढोरपाटन उपत्यकालाई सिकार आरक्षबाट अलग गर्नुपर्छ ।’’ ढोरपाटन उपत्यका स्तरीय र पर्याप्त होटलको व्यवस्था नहुँदा अधिकांश पर्यटकहरू बुर्तिवाङ बजारमा बास बस्न जानेका गरेका छन् ।
ढोरपाटनमा पर्यटकको बसाइ लम्ब्याउन सके स्थानीयवासीको आम्दानी बढ्ने र जीविकोपार्जनमा सहज हुने घर्तिको भनाई छ । ढोरपाटनमा ६ सयबढी घरधुरी छन् । ढोरपाटन उपत्यकामा पुग्न सहज सडक नहुँदा पनि पर्यटकले सास्ती खेप्नुपरेको छ । बुर्तिवाङ–ढोरपाटन जोड्ने ३६ किमी सडक जीर्ण छ भने सालझण्डी–ढोरपाटन सडक आयोजनाको काम १६ वर्षसम्म सम्पन्न नहुँदा पर्यटकले यात्रामा सास्ती खेप्नुपर्छ ।
बुर्तिवाङ–ढोरपाटन सडक तत्काल कालोपत्रे गर्नुपर्ने स्थानीयको माग छ । ‘‘सहज सडक भए ढोरपाटन आउने पर्यटकको सङ्ख्या दोब्बरले वृद्वि हुने ढोरपाटन ९ का वडाध्यक्ष खिमबहादुर घर्तिले बताए। पर्यटनमार्फत आर्थिक समृद्विको लक्ष्य हासिल गर्न सकिने प्रशस्त सम्भावना रहेपनि सडक पूर्वाधारले साथ नदिँदा ढोरपाटन विकासमा सँधै पछि परेको घर्तिले गुनासो गरे ।
ढोरपाटन उपत्यकालाई रुकुमको तकसेरा र मध्यपहाडी लोकमार्गको पातीहाल्नेसम्म जोड्नका लागि आरक्षले साथ नदिएको स्थानीय गुनासो गर्छन् । गाडीखोला चामेद्वार ढोरपाटन सडक आरक्ष नजिकै ट्रयाक खोल्न नपाएपछि अलपत्र परेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- अमेरिका–इरान युद्ध अन्त्यतर्फ, सम्झौतामा हस्ताक्षरको तयारी
- विश्वकपमा स्कटल्यान्डको विजयी सुरुआत, समूह ‘सी’को शीर्ष स्थानमा उक्लियो
- चीन भ्रमणमा निस्कँदै परराष्ट्रमन्त्री, कूटनीतिक भेटघाटमा केन्द्रित रहने
- आज देशका विभिन्न क्षेत्रमा बदली, केही स्थानमा वर्षाको सम्भावना
- सुस्तामा एसएसबीको प्रवेश रोक्न सरकारसँग एमालेको माग
- श्रम संस्कृति पार्टीले पृथ्वीका सबै श्रमिकलाई मुक्ति र न्याय दिन्छ– सुदन किराती
- मापदण्ड विपरीत सञ्चालित भक्तपुरको बाल गृहबाट ८ बालबालिकाको उद्धार
- २५ वर्षसम्म गोप्य राखिएको रावल आयोगको प्रतिवेदन कार्यान्वयनमा ल्याउँदै बालेन सरकार



ट्रेन्डिङ
खबरमुकाम






