
काठमाडौँ । प्रभु बैंक लिमिटेड र गोरखा नगरपालिका वडा नं.६ अर्घले स्थित गोरखा गार्डन होटल प्रा.लि. बीच व्यवसायिक साझेदारीको लागि मिति २०८२/०१/०२ मा एक कार्यक्रमका वीच आफ्ना कर्मचारी तथा ग्राहकवर्गहरु लक्षित गरी उपलब्ध सेवाहरुमा बिशेष छुट प्रदान गर्ने सम्झौता भएको छ ।
मिति २०८२/०१/०२ गते एक समारोहका बीच गोरखा गार्डन होटल प्रा.लि. का तर्फबाट अध्यक्ष सुरेन्द कुवर, र प्रभु बैंक लिमिटेड तर्फबाट, बैंकका प्रमुख प्रदेश अधिकृत, गण्डकी प्रदेश राजु रानाले समझदारी ज्ञापनपत्रमा हस्ताक्षर गरेका छन् ।
सम्झौता अनुसार प्रभु बैंकका ग्राहक तथा कर्मचारीहरुले बैंकको डेबिड÷क्रेडीट कार्ड तथा बैकंको अन्य कुनै बिधुतीय माध्यम द्वारा बिल भुक्तानी गर्दा गोरखा गार्डन होटल प्रा.लि. मा उपलब्ध आवास, खाना तथा मनोरञ्जन लगायतका सेवाहरुमा १५ प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् । गोरखाको मुटुमा अवस्थित, गोरखा गार्डेन होटल आरामदायी बसाइको लागि न्यानो, परिवारमैत्री वातावरण, आरामदायी आवास र असाधारण सेवाको साथ मिश्रित नयाँ गन्तव्य हुन सक्छ ।
प्रभु बैंक लिमिटेड तथा गोरखा गार्डन होटल प्रा.लि. विच भएको योे साझेदारीले गोरखाको पर्यटनको प्रवद्र्धन हुनुका साथै प्रभु बैंक लिमिटेडका ग्राहकहरु पनि लाभान्वित हुनेछन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- लड्केश्वर धाममा २०८३ मा दोस्रो कोटिहोम
- ‘हज कार्यलाई व्यवस्थित बनाउन समयानुकूल नीति, नियम र प्रबन्ध मिलाउन आवश्यक’
- विद्युत नियमन आयोग र इमानबीच भेटवार्ता : दीर्घकालीन सहकार्यका विषयमा छलफल
- डोलेश्वर भिलेज रिसोर्ट एण्ड फार्म हाउस र सिटिजन्स क्यापिटल बीच संस्थागत परामर्श सम्झौता
- नेपाली सडकमा ५०० भन्दा बढी सेरेस ईभीहरु : २०२६ मा तीन नयाँ ईभीहरू नेपाल ल्याइने
- सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सद्वारा सम्पत्ति शुद्धिकरण निवारण सम्बन्धी प्रशिक्षण सम्पन्न
- राजश्वको श्रोतको आधारमा यथार्थपरक बजेट ल्याउन चेम्बर अफ कमर्सको सुझाव
- नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला (एनआइटीएफ) को आज अन्तिम दिन