
काठमाडौँ । डिजिटल बैँकिङ्गलाई उच्च प्राथमिकतामा राख्दै आएको सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्नो १८औं वार्षिकोत्सवको उपलक्ष्यमा डिजिटल बैंकिङ कारोबारमा आकर्षक छुटको योजनाहरु सार्वजनिक गरेको छ ।
वैशाख ७ गतेको वार्षिकोत्सवलाई मध्य नजर गर्दै बैंकले यहि वैशाख १ गते देखि वैशाख ३१ गते सम्म १ महिनाको लागि लागू हुने गरि विभिन्न सेवा सुविधामा भारी छुट र क्यासब्याक, लगायतका योजनाहरु सार्बजनिक गरेको हो । सो योजना अन्र्तगत डेविट कार्ड प्रयोगकर्ताहरुले पहिलो पटक पस (POS) मेसिन वा अनलाईन मार्पmत रु १,००० वा बढीको कारोबार गर्दा १८ प्रतिशत वा बढिमा रु १८० क्यास ब्याक दिइनेछ ।
यसैगरी सिटिजन्स मोबाईल बैँकिङ्ग मार्फत QR Code स्क्यान गरि भुक्तानी गर्ने ग्राहकहरुको लागि पनि रु ५०० वा बढीको कारोबार गर्दा १८ प्रतिशत वा बढिमा रु १८० क्यास ब्याक प्रदान गरिने छ । साथै Fonepay Merchant ले आफ्नो ब्यवसायिक कारोवार रकम QR मार्पmत प्राप्त गर्दा प्रत्येक दिन एक जना Merchant लाई रु १,८०० सम्म क्यासब्याक प्रदान गरिने छ । साथै बैंकले योजना अवधीभरमा इ-कम कार्ड लिई पहिलो पटक TOP UP गर्दा सो TOP UP मा शुल्क नलाग्ने, निःशुल्क डिम्याट खाता खोलिदिने व्यवस्था,स्मार्ट बचत खाता खोली पहिलो पटक मोबाईल बंैकिङ्ग मार्पmत मोबाईलमा रिचार्ज गर्दा १५ प्रतिशत वा बढिमा रु ५० क्यासब्याक उपलब्ध पाउनु हुनेछ । र साथै बैंकको एक मोबाईल बैंकिङ्ग ग्राहकलाई निःशुल्क माउन्टेन फ्लाईट टिकट प्राप्त हुनेछ ।
वार्षिकोत्सवकै उपलक्ष्यमा बैशाख महिनाभर भर्चुअल क्रेडिट कार्ड जारी गर्दा पहिलो बर्षको जारी शुल्कमा पनि ५० प्रतिशत छुटको व्यवस्था रहेको छ । डिजिटल कारोबारमा प्रदान गरिने यस्ता आकर्षक छुट योजनाहरूले आम सर्वसाधारणहरु नगद रहित कारोबारमा अभ्यस्त हुने र समग्र डिजिटल बैंकिङ लाई वढवा मिल्ने विश्वास बैंकले लिएको छ ।
विश्वकै प्रतिष्ठित अवार्ड "बैंक अफ द ईयर २०२४" को उपाधि प्राप्त गर्न सफल भएको बैंकले केही समय अघि मात्र फोनपेसँगको सहकार्यमा नेपालमै पहिलो पटक “सिटिजन्स फोनपे क्रेडिट कार्ड” (भर्चुअल क्रेडिट कार्ड) सञ्चालनमा ल्याएको छ साथै नेपालमै पहिलो पटक मोबाइल बैंकिङ एप मार्फत नै शेयर आवेदन र CRN नम्बर सेवा लिन सकिने सुबिधा पनि ल्याएको छ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी ६१ जिल्लामा फैलिएका आफ्ना २०० वटा शाखा, १६८ वटा ए.टि.एम., ३ विस्तारित काउन्टर र ७४ वटा शाखा रहित बैंकिङ्ग ईकाइहरुबाट १८ लाख ५० हजार ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- लड्केश्वर धाममा २०८३ मा दोस्रो कोटिहोम
- ‘हज कार्यलाई व्यवस्थित बनाउन समयानुकूल नीति, नियम र प्रबन्ध मिलाउन आवश्यक’
- विद्युत नियमन आयोग र इमानबीच भेटवार्ता : दीर्घकालीन सहकार्यका विषयमा छलफल
- डोलेश्वर भिलेज रिसोर्ट एण्ड फार्म हाउस र सिटिजन्स क्यापिटल बीच संस्थागत परामर्श सम्झौता
- नेपाली सडकमा ५०० भन्दा बढी सेरेस ईभीहरु : २०२६ मा तीन नयाँ ईभीहरू नेपाल ल्याइने
- सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सद्वारा सम्पत्ति शुद्धिकरण निवारण सम्बन्धी प्रशिक्षण सम्पन्न
- राजश्वको श्रोतको आधारमा यथार्थपरक बजेट ल्याउन चेम्बर अफ कमर्सको सुझाव
- नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला (एनआइटीएफ) को आज अन्तिम दिन