सन्जिब दुलाल
भक्तपुर । १०८ फिट अग्लो कल्पेश्वर महादेव निर्माणमा सहयोग जुटाउने उद्देश्यले आउँदो २०८२ वैशाख २ गतेदेखि चैत १३ गतेसम्म चाँंगुनारायण नगरपालिका–८ कलमसीमा हुने शिव पुराण महायज्ञको तयारी तीब्र रुपमा अघि बढेको छ । निर्माणाधिन १०८ फिट अग्लो कल्पेश्वर महादेवको अधूरो मूर्तिलगायतका संरचना निर्माण पूरा गर्न महायज्ञ आयोजक मूल समारोह समिति तीब्र रुपमा अघि बढेको हो । नगरकोट भ्रमण वर्ष–२०८२ लाई समेत सफल बनाउन धार्मिक पर्यटन प्रवद्र्धन गर्ने लक्ष्यका साथै कल्पेश्वर महादेवको मूर्ति निर्माणलाई पूर्णता दिन मन्दिर परिसरमै शिव पुराण महायज्ञको आयोजना गर्न लागेको हो ।
चाँंगुनारायण नगरपालिका–८ का वडाअध्यक्ष एवं महायज्ञका संयोजक जनक खत्रीले १०८ फिट अग्लो कल्पेश्वर महादेव निर्माणमा सहयोग जुटाउने उद्देश्यले गर्न लागेको महायज्ञको तयारी तीब्र भएको र निरन्तर रुपमा सरोकारवालाहरुसँग सम्पर्क भइरहेको बताए । कलमसी कालिका कल्पेश्वर धामको नामले चिनिएको यस क्षेत्रमा निर्माणाधीन १०८ फिट अग्लो बसेको महादेवको मुर्ति, नाग कुण्ड, गोसाइकुण्ड, २७ धारा, नारायण कुण्ड निर्माण भइसकेको र बसेको महादेवको कम्मरसम्मको भाग निर्माण भएपनि त्यस माथिको भाग निर्माण अपूरो रहेकाले त्यसलाई सम्पन्न गर्न महायज्ञ आयोजना गर्न लागेको बताउँदै त्यसका लागि आवश्यक सहयोग समेत जुटिरहेको उनको भनाइ छ ।
काभ्रेको नाला, बनेपा धुलिखेलसम्मको दृश्य अवलोकन गर्न सकिने यस क्षेत्र चाँगुनारायण-८ र ९ को सिमाना एवं काभ्रेको बनेपा नगरपालिका–१ को संगमस्थलको रुपमा रहेको छ । जिल्लाको उत्तर पूर्वीस्थानमा रहेको यो क्षेत्रलाई धार्मिक पर्यटकीय स्थलको रुपमा विकास गर्न लागेको बताउँदै वडाध्यक्ष खत्रीले निर्माणाधीन १०८ फिट बसेको शिव मुर्तिलाई १००८ शिवलिङ्गले घेर्ने योजना समेत रहेको जानकारी दिए ।
उनका अनुसार महायज्ञमा संकलन भएको एक रुपैंया पनि मुर्ति निर्माणमा मात्र खर्च गरिने जानकारी दिएका छन् । महायज्ञ संचालनमा लाग्ने खर्च स्थानीय स्तरबाट जुटाउने र महायज्ञमा मुर्ति निर्माणका लागि भएको दानबाट भने महायज्ञमा एक पैसा पनि खर्च नगर्ने केवल उक्त संकलित दानबाट १०८ फिट अग्लो मुर्ति तथा मुर्तिको चारै तर्फ निर्माण हुने १००८९एक हजार आठ० शिवलिंगमा खर्च हुने समेत जानकारी दिए ।
नेपालको नै सबै भन्दा ठुलो बसेको शिव मुर्ति निर्माणमा सबैको साथ एवं सहयोगको अपेक्षा राखिएको समेत उनले बताए । सबैको साथ र सहयोग भएका खण्डमा हाम्रो धर्म रक्षा तथा सनतन धर्म रक्षामा सहयोग हुने समेत उनले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- अमेरिका–इरान युद्ध अन्त्यतर्फ, सम्झौतामा हस्ताक्षरको तयारी
- विश्वकपमा स्कटल्यान्डको विजयी सुरुआत, समूह ‘सी’को शीर्ष स्थानमा उक्लियो
- चीन भ्रमणमा निस्कँदै परराष्ट्रमन्त्री, कूटनीतिक भेटघाटमा केन्द्रित रहने
- आज देशका विभिन्न क्षेत्रमा बदली, केही स्थानमा वर्षाको सम्भावना
- सुस्तामा एसएसबीको प्रवेश रोक्न सरकारसँग एमालेको माग
- श्रम संस्कृति पार्टीले पृथ्वीका सबै श्रमिकलाई मुक्ति र न्याय दिन्छ– सुदन किराती
- मापदण्ड विपरीत सञ्चालित भक्तपुरको बाल गृहबाट ८ बालबालिकाको उद्धार
- २५ वर्षसम्म गोप्य राखिएको रावल आयोगको प्रतिवेदन कार्यान्वयनमा ल्याउँदै बालेन सरकार



ट्रेन्डिङ
खबरमुकाम






