काठमाडौँ । मुक्तिनाथ विकास बैंक र साउथवेस्ट्रन बिजनेश कलेज बीच बैंकिङ साक्षरता र व्यवसाय आदनप्रदान गर्ने उद्देश्यले सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।
यस सम्झौता अनुसार, बैंकले कलेजका विद्यार्थीहरूलाई बैंकिङ साक्षरता कार्यक्रम प्रदान गर्नेछ, जसद्वारा विद्यार्थीहरूले आधुनिक बैंकिङ प्रणाली, वित्तीय योजना र लगानीका बारेमा ज्ञान प्राप्त गर्न सक्नेछन् । साथै, बैंकले योग्य विद्यार्थीहरूलाई इन्टर्नशिप र प्रशिक्षणको सुविधा पनि उपलब्ध गराउनेछ । जसले गर्दा कलेजका विद्यार्थीहरूको क्षमता विकास गर्ने, वित्तीय जागरण तथा विद्युतिय कारोबारको जोखिमको बारेमा सचेतना बढाउने र रोजगारीको अवसर समेत प्राप्त गर्न सकिनेछ ।
यस सम्झौताले बैंक र कलेजबीच दीर्घकालीन सहकार्यको सुरुवात गरेको छ, जसले गर्दा विद्यार्थीहरूले व्यावहारिक ज्ञान र रोजगारीको अवसर प्राप्त गर्न सक्नेछन् । बैंकले हालै मोवाईल एक फाइदा अनेक लिन सक्ने मुक्तिनाथ फाइदा एप संचालनमा ल्याएको छ ।
त्यसैगरी मोबाईल बैंकिङ्ग, क्यूआर कोड स्क्यान, अनलाईन कर्जा आवेदन, अनलाईन खाता खोल्ने, ईन्टरनेट बैंकिङ्ग, खातामौ रेमिट्यान्स जम्मा आदि जस्ता कार्यहरु बैंकको शाखामा उपस्थित नभई घरबाट गर्न सकिने व्यवस्था गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- राष्ट्रिय वाणिज्य बैंकको कर्पोरेट शाखामा सन्ध्याकालीन काउण्टर सेवा
- यी कलाकारले सेप्टेम्बर २५ मा कोरिया गुञ्जाउने
- सुशासनको नारामाथि प्रश्नः अख्तियारको छानबिनमा रहेका कालाखेतीलाई नेपाल एयरलाइन्सको नेतृत्व
- विदेशमा कार्यरत नेपालीको सामूहिक बचतबाट सुरु भएको बीजी ग्रुप सेयर बजारमा आउने तयारीमा
- काठमाडौंमा हुँदैछ PMGO South Asia Finals 2026, दर्शकका लागि पनि विशेष एक्सपेरियन्स जोन
- अन्तर्राष्ट्रिय पब्जी मोबाइल प्रतियोगिताको आधिकारिक इन्टरनेट साझेदार बन्यो भायानेट
- बाढी–पहिरो प्रभावित ४०० परिवारलाई ११ लाख रुपैयाँ बराबरको राहत
- रसुवाको भोटेकोशी बाढीः ४ हजारभन्दा बढी बेपत्ता, ९ हजार २८७ जनाको उद्धार


ट्रेन्डिङ
खबरमुकाम






