काठमाडौं । सिटिटेक ग्रुप प्रा. लि. ले नेपालको पहिलो एकीकृत भुक्तानी संयोजन प्रणाली तथा व्यवसायी व्यवस्थापन सफ्टवेयरू “गेटपे” लाई नेपाल क्लियरिङ हाउस लिमिटेड (NCHL)सँगको सहकार्यमा, माछापुच्छ्रे बैंक लिमिटेड (MBL) मा सफल भुक्तानी व्यवस्थापन शुभारम्भ गरी ऐतिहासिक उपलब्धि हासिल गरेको छ।
सिटिटेक ग्रुप डिजिटल भुक्तानी प्रणालीमा क्रान्तिकारी परिवर्तन ल्याउने संस्थाको रुपमा आफ्नो पहिचान स्थापित गरेको छ । यस संस्थाले हाल सम्म फिन-प्रो (fin PRO) तथा फिन-पस (finPOS) जस्तो नवीनतम सफ्टवेयर ल्याएर नेपालमा पहिले नै आफ्नो बर्चस्व कायम गरिसकेको छ। हाल संचालनमा आएको गेटपे बैंक तथा वित्तीय संस्थाहरूलाई एकीकृत भुक्तानी प्रणाली मार्फत भुक्तानी संरचना सरल बनाउने, व्यवसायी व्यवस्थापन गर्ने र नयाँ भुक्तानी माध्यमहरूलाई छोटो समयमा एकीकृत गर्न सक्षम बनाउने प्लेटफर्म हो।
व्यवसायीहरूका लागि यो प्लेटफर्मले सबै कारोबारहरूको एकै स्थानबाट अनुगमन गर्ने, सुविधा दिने तथा फरक भुक्तानी प्रणालीहरूलाई एकीकृत प्रणालीमा समायोजन गर्नेछ । आधुनिक प्रविधि मार्फत वास्तविक समयमै कारोबार पूरा गर्ने क्षमताले गेटपेलाई अधिक कार्यकुशल, लागत-प्रभावी र डिजिटलमैत्री साधन बनाएको छ।
एकै पटकमा धेरै भुक्तानी माध्यममा गेट्पेको पहुच स्थापना हुने हुदा जटिल भुक्तानी प्रणाली सहज हुनेछ। यो प्लेटफर्मले फरक भुक्तानी गर्ने माध्यमहरुलाई लागत-प्रभावी र भरपर्दो च्यानलमार्फत गतिशील रूपमा पठाउने सुविधा प्रदान गर्छ, जसले प्रयोगकर्तालाई छिटो, सजिलो र सहज भुक्तानीको अनुभव प्रदान गर्दछ। यसको नौलो प्रबिधि संरचनाले बैंकहरूलाई नयाँ भुक्तानी माध्यमहरु एकीकृत गर्न र बदलिंदो बजारको माग अनुसार सेवा प्रदान गर्न मद्दत गर्दछ।
माछापुच्छ्रे बैंकले गेटपेलाई आफ्नो दैनिक सञ्चालनमा सफलतापूर्वक समावेश गरिसकेको छ । यस प्लेटफर्मद्वारा बैंकका सम्पूर्ण भुक्तानी प्रणाली सहज गर्ने अभिन्न अंग बनेको छ। माछापुच्छ्रे बैंकको डिजिटल बैंकिङ टिम अनुसार, “गेटपेको माध्यमबाट हामीले व्यवसायीसँग सम्बन्धित सम्पूर्ण कारोबार र भुक्तानीहरू एकै ठाउँबाट हेर्न सक्ने सुविधा पाएका छौं, जसले बैंकको कार्यकुशलता अभिवृद्धि गर्नुका साथै ग्राहकलाई प्रदान गरिने सेवा अझ सरल र सबल बनाएको छ।”
नेपाल क्लियरिङ हाउस लिमिटेडका प्रतिनिधि अनुसार यस साझेदारीमा सहभागी हुन पाएकोमा उत्साहित भएको गेटपेले बलियो एकीकृत भुक्तानी पूर्वाधार निर्माण गरी नेपाललाई अन्तराष्ट्रिय फिनटेक बजारमा एउटा कोशे ढुंगा साबित गर्न सक्ने विश्वास लिएको जान्कारी गराउछन् ।
साथै यस कार्यक्रम बारे सिटिटेकका प्रमुख कार्यकारी अधिकृत साजन शर्माले जानकारी गराए , “नेपाली बैंकहरूलाई एकीकृत भुक्तानी प्रणालीलाई सशक्त बनाउने नवीनतम प्रबिधि प्रदान गर्ने दिशामा ऐतिहासिक नयाँ पाइला चालेका छौ। अबका दिनहरुमा नेपालका बैंक तथा बित्तिय संस्थाहरुको भुक्तानी व्यस्थापन तथा संचालनमा हाम्रो संस्थाको तर्फबाट अझै उलेख्य योगदान हुने बिश्वास दिलाउछाैँ। "
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- यस्ता छन् विश्वको सबैभन्दा ठूलो नोबेल पुरस्कारबारे रोचक तथ्य....
- ओरालो लागेको मृग बने मास्टर सेफ सन्तोषः नियत खराब थिएन नियति खराब भइदियो
- ललितपुरमा गोली चल्योः तीन जना लागुऔषध तस्कर पक्राउ
- राजनीतिलाई सेवाको प्रतीकका रुपमा रुपान्तरण गर्नुपर्छः गगन थापा
- रास्वपा लुम्बिनीको सभापतिमा शालिकराम घिमिरे निर्वाचित
- रास्वपाको उदय अस्थिर राजनीति र भूराजनीतिक चलखेलको परिणाम हो : एमाले
- अमेरिका–इरान युद्ध अन्त्यतर्फ, सम्झौतामा हस्ताक्षरको तयारी
- विश्वकपमा स्कटल्यान्डको विजयी सुरुआत, समूह ‘सी’को शीर्ष स्थानमा उक्लियो



ट्रेन्डिङ
खबरमुकाम






