काठमाडौँ । तेस्रो एमआरसिपी युके पेसेस परीक्षा चैत्र ८ गते सम्पन्न भएको छ । नेपाल मेडिसिटी अस्पतालाई परीक्षा केन्द्र बनाइएको पेसेस परीक्षा चैत्र ६ गतेबाट शुरु भएको थियो । यो परीक्षा तीन दिन सम्म चलेको थियो । नेपाल मेडिसिटीले दुई वर्षदेखि पेसेस परीक्षा सञ्चालन गर्दै आएको छ । बेलायतबाट आयोजना गरिने परीक्षामा यस वर्ष ४३ जना परीक्षार्थीहरु सहभागी भएका थिए । यस पटक परीक्षाका लागि नेपाल, बंगलादेश, भारत र अष्ट्रेलियाबाट परीक्षार्थीहरु आएका थिए ।
त्यस्तै, परीक्षा सञ्चालन गर्न बेलायतबाट पाँच जना र नेपालबाटै ११ जना परीक्षक र २ जना प्रशिक्षार्थी परीक्षकको उपस्थिति रहेको थियो । एमआरसिपी युके चिकित्सकहरूको लागि विश्वव्यापी रूपमा मान्यता प्राप्त योग्यता हो । यो योग्यता प्राप्त गर्नाले प्रशिक्षार्थी चिकित्सकले आफ्ना बिरामीहरूलाई उत्कृष्ट योग्य चिकित्सकको रूपमा सेवा गर्न उपयुक्त ज्ञान, सीप र मनोवृत्ति हासिल गरेको प्रमाणित गर्छ । यो परीक्षामा उत्तीर्ण भएका चिकित्सकहरुले एमआरसिपी युकेबाट अनुमति पाएका जुनै सुकै अस्पतालमा काम गर्न सक्दछन् ।
धेरै चिकित्सकहरूले यो परीक्षा लिन र एमआरसिपी युके योग्यता पूरा गर्नको लागि बेलायतको यात्रा गर्नुपर्ने अवस्था थियो । नेपालमा यस परीक्षाको लागि केन्द्र खोलिँदा नेपालका सबै चिकित्सकहरूलाई आफ्नै देशमा परीक्षा दिने वातावरण बनेको छ । दक्षिण एसियाको परीक्षा केन्द्रमध्य नेपाल पनि पर्दछ तर नेपालको लागि भने नेपाल मेडिसिटी अस्पताल पहिलो र एकमात्र केन्द्र हो ।
यस परीक्षाका लागि डा. रोड्रिक हार्वे –एक्युट मेडिसिन, डा. ब्यान अल सफर र डा. अदम स्टोन – ग्यास्ट्रोइन्टेरोलोजी, डा. भेदामुर्थी आधियामन र डा. लतना मुनाङ – जेरियाट्रिक मेडिसिन बेलायतबाट परीक्षा निरीक्षणका लागि आएका हुन् । उनीहरु रोयल कलेज अफ फिजिसियनस् अफ एडिनबर्ग र रोयल कलेज अफ फिजिसियन लण्डनबाट आएका हुन् । त्यस्तै, नेपालबाट डा.निरज जोशी, डा. धिरज मानन्धर, डा. अर्पना न्यौपाने, डा. सञ्जित कृष्ण श्रेष्ठ, डा. सुदिप श्रेष्ठ, डा. रक्षा पाण्डे, डा. यादव के. डि भट्ट, डा. बुद्धि पौडेल, डा. सितल अधिकारी, डा. महेशराज सिग्देल, डा. रविन्द्र श्रेष्ठ परीक्षकका रुपमा सहभागि भएका थिए ।
नेपालका लागि प्रमुख परीक्षाका निरीक्षक तथा नेपाल मेडिसिटीमा ग्यास्ट्रोइन्टेरोलोजिस्ट कन्सल्टेन्ट रहेका डा. निरज जोशीले डाक्टरको क्लिनिकल विशेषज्ञताको मूल्याङ्कन गर्न तथा विरामीलाई चिकित्सकले कसरी उपचार गर्ने र कस्तो व्यवहार गर्छन् भन्ने विश्लेषण गर्न यो परीक्षा लिइने बताए । “यो फिजिसियन चिकित्सकहरुको प्रयोगात्मक परीक्षा हो । यसमा भाग लिन पहिले दुईवटा लिखित परीक्षामा उत्तीर्ण हुनुपर्छ,” डा. जोसीले भने । परीक्षामा पाँचवटा स्टेशनहरू राखिएका थिए जसको माध्यमबाट परीक्षार्थीहरूलाई उनीहरूको ज्ञान, क्लिनिकल सीप, बिरामीको स्वायत्तता र सञ्चारको सम्मान गर्ने क्षमताको लागि मूल्याङ्कन गरिएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- हिमालयन एभरेस्ट इन्स्योरेन्स बन्यो दोस्रो नेपाल इन्स्योरेन्स फुटसल कपको च्याम्पियन
- एभरेस्ट बैंकको धनगढीमा नयाँ भवनसहित १३४औँ शाखा सञ्चालन
- हुथी विद्रोहीको सैन्य अभियान तीव्र, बाब अल–मन्देब क्षेत्रमा बढ्यो तनाव
- त्रिपुरेश्वर बस आगलागीमा घाइते चालकको मृत्यु, घटनाको छानबिन गर्न समिति गठन
- प्रतिनिधिसभा बैठक आज, चार संसदीय समितिमा पनि छलफल
- पहिलो विदेश यात्रामा प्रधानमन्त्री शाह, संयुक्त राष्ट्रसङ्घको महासभामा सम्बोधन गर्दै
- नाडाद्वारा बाढीपीडितका लागि राहत सामग्री वितरण, उद्धार कोषमा १० लाख सहयोग
- रुकुम पश्चिममा २१ मेगावाटको जल्दीगाड जलविद्युत आयोजना निर्माण हुने

ट्रेन्डिङ
खबरमुकाम






