काठमाडौं । नेपाल पर्यटन बोर्डको नेतृत्वमा नेपालले रुसको राजधानी मस्कोमा सम्पन्न इन्टरनेसनल ट्राभल एण्ड टुरिजम एक्जिविसन (एमआईटीटी) २०२५ मा सक्रिय सहभागिता जनाएको छ । जसमा नेपाली प्रतिनिधिमण्डलले नेपालको पर्यटन सम्भावना र पर्यटकीय गन्तव्यको बारे जानकारी गराएका छन् ।
रूसको क्रोकस एक्स्पोमा मार्च १८ देखि २० सम्म आयोजित उक्त मेलामा नेपालले आफ्ना विविध र अनौठा पर्यटन अनुभवहरू प्रस्तुत गरेको छ । नेपाल पर्यटन बोर्डसँगै राधाकृष्ण होलिडेज, एड्भेन्चर प्लानर, कैलाश भ्यू टुर्स एण्ड ट्रेक्स, एक्स्प्लोर भेक्सेसन, फ्रेन्ड्स एड्भेन्चर टिम र हिमालयन ग्लेसियर ट्रेकिङ गरी छ निजी क्षेत्रका पर्यटन कम्पनीहरूले सहभागिता जनाएका हुन् ।
एमआईटीटीमा सहभागी नेपालका निजी क्षेत्रका प्रतिनिधिहरूले रूसको पर्यटन बजारमा प्रवेश गर्नका लागि यो उत्कृष्ट प्लेटफर्म भएको बताएका छन् । निजी क्षेत्रका प्रतिनिधिहरुले रुससहित विभिन्न मुलुकका पर्यटन व्यवसायीहरुसँग अन्तर्क्रिया तथा छलफल गरेका छन् । उक्त छलफलबाट उत्साहित उनीहरुले सकारात्मक नतिजा आउने विश्वास व्यक्त गरेका छन् ।
नेपालको प्रतिनिधिमण्डलको नेतृत्व अर्थ मन्त्रालयका सहसचिव तथा नेपाल पर्यटन बोर्डका कार्यकारी समिति सदस्य यज्ञप्रसाद भट्टराईले गरेका थिए । उक्त प्रतिनिधिमण्डलमा नेपाल पर्यटन बोर्डका कार्यकारी समिति सदस्य तथा निजी क्षेत्रका प्रतिनिधि राजेन्द्र लामा पनि सहभागी रहेका थिए ।
कार्यक्रम उद्घाटनका क्रममा रूसका लागि नेपाली राजदूत जंगबहादुर चौहानले नेपाल पभेलियनको भ्रमण गरेका थिए । नेपाली प्रतिनिधिहरुले नेपाल पभेलियनमा आउने आगन्तुकहरूसँग अन्तर्क्रिया गर्दै नेपाल(रूस पर्यटन सम्बन्ध सुदृढ बनाउन प्रतिबद्धता व्यक्त गरे । कोभिड-१९ महामारीपछिको समयलाई ध्यानमा राख्दै एमआईटीटी-२०२५ मा नेपाल पर्यटन बोर्डको सहभागिताले नेपाल-रूस पर्यटन सम्बन्धलाई पुनः सक्रिय बनाउने र रुसी पर्यटकहरूलाई आकर्षित गर्ने महत्वपूर्ण पहल भएको बोर्डले जनाएको छ।
सन् २०२४ मा १३,००० भन्दा बढी रुसी पर्यटकले नेपाल भ्रमण गरेका थिए । रोमाञ्चक यात्रा र सांस्कृतिक अनुभवप्रतिको रुसी नागरिकहरूको रुचिका कारण नेपालका लागि यो बजारमा ठूलो सम्भावना रहेको नेपाल पर्यटन बोर्डले जनाएको छ । सन् २०२५ मा रूसबाट १७ हजारभन्दा बढी रुसी पर्यटकहरुले नेपाल भ्रमण गर्ने अनुमान गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- इन्टर्न चिकित्सकको स्टाइपेन्ड माग्दै डिल्ली हरिजन आमरण अनशनमा
- ग्यास नपाएर नागरिकलाई हैरानी, कारबाहीको चेतावनी दिएर पन्छिदै सरकार
- स्वपहिचानका आधारमा लैङ्गिक पहिचान परिवर्तनसम्बन्धी विवादास्पद आदेश पुनरावलोकनका लागि सर्वोच्चको अनुमति
- जुलाईमा नेपाल भित्रिए ७१ हजार ७७५ विदेशी पर्यटक, कुन देशबाट कति आए ?
- सगरमाथा लुम्बिनी इन्स्योरेन्सद्वारा नेत्रहिन महिला संघलाई शैक्षिक सामाग्री हस्तान्तरण
- सांग्रिला डेभलपमेन्ट वैंकका ग्राहक र कर्मचारीले ट्रांक्यूलिटि स्पामा छुट पाउने
- भ्रामक र आधारहीन समाचारप्रति प्रभु बैंकको आपत्ति
- नबिल बैंकले एजुकेशन हबमार्फत शैक्षिक कर्जा, वित्तीय परामर्श र बैंकिङ सहायता उपलब्ध गराउने

ट्रेन्डिङ
खबरमुकाम







