
काठमाडौँ । डिजिटल बंैकिङ्गलाई उच्च प्राथमिकतामा राख्दै बिगत अठार वर्ष देखि आम नेपाली सर्वसाधारण गा्रहकहरु माझ सर्व सुलभ बैंकिङ्ग सेवा पुर्याउँदै आएको सिटिजन्स बैंकले ग्राहकहरूको लागी अब घरमै बसी बसी बैंकको मोबाइल बैंकिङ एप मार्फत आफ्नो खातामा PAN अपडेट गर्न सक्नुका साथै ब्यालेन्स सर्टिफिकेट आवश्यक परेमा एप मार्फत अनुरोध गर्न सकिने व्यवस्था मिलाएको छ ।
यस सुविधा पश्चात ग्राहकहरूले बैंकको शाखा कार्यालय नगई सहज र भंन्झट मुक्त सुविधा प्राप्त गर्न सक्नुहुने विश्वास बैंकले लिएको छ ।
विश्वकै प्रतिष्ठित अवार्ड बैंक अफ द ईयर २०२४को उपाधि प्राप्त गर्न सफल भएको बैंकले केही समय अघि मात्र फोनपे सँगको सहकार्यमा नेपालमै पहिलो पटक “सिटिजन्स फोनपे क्रेडिट कार्ड” (भर्चुअल क्रेडिट कार्ड) सञ्चालनमा ल्याएको छ साथै नेपालमै पहिलो पटक मोबाइल बैंकिङ एपमार्फत नै शेयर आवेदन र CRN नम्बर सेवा लिन सकिने सुबिधा पनि ल्याएको छ ।
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी ६० जिल्लामा फैलिएका आफ्ना १९९ वटा शाखा, १६६ वटा ए.टि.एम., ३ विस्तारित काउन्टर र ७४ वटा शाखा रहित बैंकिङ्ग ईकाइहरुबाट १८ लाख ५० हजार ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- नाडा र नेपाल बिमा प्राधिकरण विच विद्युतिय सवारी साधनहरुको विमाबारे छलफल
- प्रविधिमा प्रशिक्षित गर्दै पर्यटनमा महिलाको सशक्त सहभागिता आवश्यक
- सिटिजन्स बैंकद्वारा १८ औं बार्षिकोत्सवको अवसरमा सडक आश्रीत घरबारविहीनलाई १८ दिन भोजनको व्यवस्था, निःशूल्क स्वास्थ्य शिविर संचालन
- बिस्का जात्राको आठौँ दिन: सगुन जात्रा सम्पन्न
- प्रभु बैंक र कृषि बजार व्यवस्थापन समिति बीच व्यवसायिक साझेदारी सम्झौता सम्पन्न
- लुम्बिनी विकास बैँकद्वारा किर्तिमानी पर्वतारोही कामी रिता शेर्पा लाई बैंकको लोगो अंकित ब्यानर हस्तान्तरण
- रिलायबल लाइफ इन्स्योरेन्सले खुल्ला गर्यो १ अर्व आकारको रिलायबल समृद्धि योजना
- पर्यटन प्रबर्द्धन गर्न कूटनीतिक प्रतिनिधिलाई पूर्वी नेपालको यात्रा