
काठमाडौँ । प्रभु बैंक लि गण्डकी प्रदेशद्वारा बागलुङ्ग जिल्लाको पश्चिम भेग बुर्तिबाङमा ग्लोबल मनी वीक २०२५ को अवसर पारेर आज एक बित्तिय जनचेतनामूलक र्यालीको आयोजना गर्यो। “अनुसरण गर्नु अघि सोचौं, भोलिका लागि बुद्धिमानीपूर्ण वित्तीय निर्णय गरौं। अरुका कुरा सुनौं तर आधिकारिक कुरा सुनि निर्णय गरौं।” भन्ने मूल नाराका साथ आयोजित यस र्यालीले बुर्तिबाङ बजार क्षेत्रको परिक्रमा गरेको थियो।
र्यालीमा सहभागीहरुले वित्तीय साक्षरता सम्बन्धी नारा लेखिएका प्लेकार्ड र ब्यानर बोकेका थिए। कार्यक्रममा बोल्दै प्रभु बैंक बुर्तिबाङ शाखाका प्रमुख ज्ञान बहादुर क्षेत्रीले ग्लोबल मनी वीकको महत्व र वित्तीय साक्षरताको आवश्यकता बारे प्रकाश पारे। उनले बालबालिका, बृद्घ तथा युवापुस्तालाई बचत, लगानी र वित्तीय योजनाको महत्व बुझाउन यस्ता कार्यक्रमहरुले महत्वपूर्ण भूमिका खेल्ने बताए।
यस र्यालीको मुख्य उद्देश्य युवा पुस्तालाई सानैदेखि बचत गर्ने बानीको विकास गराउनु, वित्तीय योजनाको महत्व बुझाउनु र वित्तीय साक्षरताको प्रवर्द्धन गर्नु थियो। बैंकले आगामी दिनहरुमा पनि यस्ता जनचेतनामूलक कार्यक्रमहरु आयोजना गर्दै जाने प्रतिबद्धता व्यक्त गरेको छ।
यस र्यालीमा सहभागी सम्पूर्णलाई प्रभु बैंक बुर्तिबाङ शाखाले हार्दिक धन्यवाद ज्ञापन गरेको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- नाडा र नेपाल बिमा प्राधिकरण विच विद्युतिय सवारी साधनहरुको विमाबारे छलफल
- प्रविधिमा प्रशिक्षित गर्दै पर्यटनमा महिलाको सशक्त सहभागिता आवश्यक
- सिटिजन्स बैंकद्वारा १८ औं बार्षिकोत्सवको अवसरमा सडक आश्रीत घरबारविहीनलाई १८ दिन भोजनको व्यवस्था, निःशूल्क स्वास्थ्य शिविर संचालन
- बिस्का जात्राको आठौँ दिन: सगुन जात्रा सम्पन्न
- प्रभु बैंक र कृषि बजार व्यवस्थापन समिति बीच व्यवसायिक साझेदारी सम्झौता सम्पन्न
- लुम्बिनी विकास बैँकद्वारा किर्तिमानी पर्वतारोही कामी रिता शेर्पा लाई बैंकको लोगो अंकित ब्यानर हस्तान्तरण
- रिलायबल लाइफ इन्स्योरेन्सले खुल्ला गर्यो १ अर्व आकारको रिलायबल समृद्धि योजना
- पर्यटन प्रबर्द्धन गर्न कूटनीतिक प्रतिनिधिलाई पूर्वी नेपालको यात्रा