
गढवा र बंगलाचुली गाउँपालिकाले सामाजिक सुरक्षा कोषबाट सञ्चालित योगदानमा आधारित सामाजिक सुरक्षा योजना सञ्चालनका लागि समझदारी पत्रमा हस्ताक्षर गरेका छन् ।
दाङ्ग जिल्लास्थित गढवा गाउँपालिकाका अध्यक्ष यम नारायण शर्मा पोख्रेल र बंगलाचुली गाउँपालिकाका अध्यक्ष तुल्सीराम पुनले सामाजिक सुरक्षा कोषसँग योगदानमा आधारित सामाजिक सुरक्षा योजना सञ्चालनका लागि समझदारी पत्रमा हस्ताक्षर गरेका हुन् । कोषका तर्फबाट कार्यकारी निर्देशक कविराज अधिकारीले समझदारी पत्रमा हस्ताक्षर गरेका छन् ।
कोषको कार्यालय थापाथली काठमाडौंमा मंगलबार समझदारी पत्रमा हस्ताक्षर गरिएको हो ।
गढवा गाउँपालिका तथा बंगलाचुली गाउँपालिकाका औपचारिक र अनौपचारिक क्षेत्रमा कार्यरत व्यक्तिहरु तथा स्वरोजगार भएका नागरिकहरुलाई योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा आवद्ध गरी नागरिकहरुको भविष्यमा आइपर्ने जोखिमहरुलाई न्यूनिकरण गर्नका लागि कोषसँग सम्झौता गरिएकोे अध्यक्षद्धयले बताए ।
अहिलेको सामाजिक सुरक्षा वितरण प्रणालीलाई भविष्यमा राज्यको कोषले थेग्न नसक्ने अवस्था देखिएको हुनाले नागरिकहरुको योगदानमा आधारित सामाजिक सुरक्षा कोष स्थापना गरी सबै नागरिकहरुलाई त्यसमा जोड्न आवश्यक रहेको कोषका कार्यकारी निर्देशक अधिकारीले बताए ।
सम्झौता पत्रमा लेखिएको छ : संविधान अनुसार सामाजिक सुरक्षालाई मुलतः तिनै तहको कार्यक्षेत्र भित्र समेटिएको छ। ऐनको दफा ५ को उपदफा (२) मा अनौपचारिक क्षेत्रमा रहेका श्रमिक तथा स्वरोजगारमा रहेका व्यक्तिलाई सामाजिक सुरक्षा योजनामा प्रोत्साहन गर्न त्यस्तो व्यक्तिले सामाजिक सुरक्षा योजनामा गरेको योगदानको आधारमा तोकिए बमोजिमको रकम नेपाल सरकारले कोषमा जम्मा गरिदिने व्यवस्था छ भने योगदानमा आधारित सामाजिक सुरक्षा नियमावली, २०७५ को नियम ४ को उपनियम (२) मा त्यस्ता श्रमिक तथा व्यक्तिलाई कोषका योजनामा सहभागी गराउन कोषले तोकेको रकममा नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय तहले आ(आफ्नो बजेट मार्फत तोकेबमोजिमको रकम जम्मा गरिदिन सक्ने व्यवस्था रहेको छ । योगदानमा आधारित सामाजिक सुरक्षा योजनाको प्रभावकारी कार्यान्वयनमा स्थानीय तहको भुमिका महत्वपुर्ण रहेकोले कोष र स्थानीय तह विच सहकार्य अपरिहार्य छ।
सम्झौता पत्रमा पालिकाको जिम्मेवारी निम्नानुसार तोकिएको छ ।
१. औपचारिक क्षेत्र
१.१. श्रम ऐन, २०७४ तथा योगदानमा आधारित सामाजिक सुरक्षा ऐन, २०७४ लागू हुने सबै प्रतिष्ठान वा रोजगारदाताहरु तथा सो माताहतका श्रमिकहरुलाई सामाजिक सुरक्षा कोषमा आवद्ध हुनका लागि पत्राचार तथा प्रचार प्रसार गरी सहजिकरण गर्ने।
१.२. पालिकाबाट कार्यसम्पादन हुने कार्यहरु दर्तारनवीकरणरसिफारीशरसहुलियत लगायतका यस्तै कार्यहरु गर्दा श्रम ऐन, २०७४ तथा योगदानमा आधारित सामाजिक सुरक्षा ऐन, २०७४ लागू हुने सबै प्रतिष्ठान वा रोजगारदाताहरु र सो मातहतका श्रमिकहरु सामाजिक सुरक्षा कोषमा आवद्ध भएरनभएको एकिन गरि आवद्ध नभए आवद्ध हुन सहजिकरण गर्ने।
१.३.पालिका मातहतका सरकारी अस्थाई तथा करार कर्मचारीहरुलाई कोषबाट सञ्चालित सामाजिक सुरक्षा योजनामा सहभागी गराउन आवश्यक प्रक्रियाको सुरुवात गर्ने।
२.अनौपचारिक क्षेत्र
२.१.पालिका भित्र रहेका अनौपचारिक क्षेत्रका श्रमिकलाई कोषमा आवद्धताका लागि पालिकाले अनौपचारिक क्षेत्रमा रहेका श्रमिकको पहिचान गरि सिफारीश गर्ने।
२.२. अनौपचारिक क्षेत्रमा कार्य गर्ने श्रमिकको हकमा प्रति श्रमिक नेपाल सरकारले औद्योगिक क्षेत्रका लागि तोकेको न्यूनतम आधारभूत पारिश्रमिकको ऐनको दफा ५ ९२० र नियमावलीको नियम ४ ९२० अनुसारको संघ, प्रदेश र स्थानीय सरकारको सहयोगदान सहित ९।३७ प्रतिशत बराबरको रकम थप गरी कोषमा जम्मा गरे पछि लागु गर्ने। तर कुनै पालिकाले उल्लेखित योगदान रकम संघ र प्रदेशबाट सहयोगदान नभएसम्म पुरै रकम जम्मा गरि आवद्ध गर्न सक्ने।
२.३.पालिका भित्र अनौपचारिक क्षेत्रका श्रमिकलाई प्रथम पक्षको अनलाइन प्रणालीमा आवद्ध गर्ने वा आवश्यकता अनुसार कोषको अनलाईन प्रणालीबाट हटाउने ।
२.४. पालिकामार्फत आवद्ध अनौपचारिक क्षेत्रका श्रमिकको तर्फबाट कोषमा जम्मा गर्नु पर्ने योगदान वापतको रकम सम्बन्धित श्रमिकबाट संकलन गर्ने।
३. स्वरोजगार क्षेत्र
३.१. पालिका भित्र स्वरोजगारमा रहेका व्यक्तिको कोषमा आवद्धताका लागि पालिकाले स्वरोजगारमा रहेका व्यक्तिको पहिचान गरि सिफारीश गर्ने।
३.२. पालिकाभित्र स्वरोजगारमा रहेका व्यक्तिलाई प्रथम पक्षको अनलाईन प्रणालीमा आवद्ध गर्न वा आवश्यकता अनुसार प्रणालीबाट हटाउन सहजीकरण गर्ने ।
४. वैदेशिक क्षेत्र
४.१ वैदेशिक रोजगारमा रहेका श्रमिक र विदेशमा स्वरोजगारमा रहेका व्यक्तिको सामाजिक सुरक्षा योजनाहरु बारे पालिका भित्र प्रचार प्रसार गर्ने।
४.२ वैदेशिक रोजगारमा रहेका श्रमिक र विदेशमा स्वरोजगारमा रहेका व्यक्ति कोषमा आवद्ध भईसकेपश्चात नियमित रुपमा कोषमा जम्मा गर्नुपर्ने योगदान रकम जम्मा गर्नका लागि सम्बन्धित व्यक्ति वा निजका परिवार सदस्यहरुलाई जानकारी तथा सूचना प्रवाह मार्फत सहजिकरण गर्ने।
५. अन्य
५.१. योगदानकर्ताहरूलाई कोषबाट सञ्चालित सामाजिक सुरक्षा योजनाहरुको दावी पेश गर्नका लागि आवश्यक सहयोग तथा सहजिकरण गर्ने।
५.२. सामाजिक सुरक्षा योजना सञ्चालनका लागि पालिकाको संयोजकलाई सम्पर्क व्यक्ति तोक्ने। पदाधिकारी वा रोजगार
सम्झौता पत्रका अनुसार कोषको जिम्मेवारी निम्नानुसार उल्लेख गरिएको छ ।
१. कोषबाट सञ्चालित सामाजिक सुरक्षा योजनाहरु र सुविधाहरूका सम्बन्धमा आवश्यक सचेतना कार्यक्रम गर्ने।
२. पालिका क्षेत्र भित्र रहेका अनौपचारिक क्षेत्रका श्रमिक र स्वरोजगारमा रहेका व्यक्तिहरूको सूचीकरण, योगदान रकम जम्मा र अनलाइन प्रणालीबाट हटाउने लगायतका कार्य गर्नका लागि दोश्रो पक्षलाई कोषको प्रणालीको यूजर आईडी र पासवर्ड प्रदान गर्ने।
३. कोषमा आवद्ध भई नियमित योगदान गर्ने योगदानकर्तालाई सम्बन्धित क्षेत्रको कार्यविधि बमोजिमको
४. सामाजिक सुरक्षा योजनाहरुको परिमार्जन भए वा सम्बन्धित कार्याविधिहरु संशोधन भएमा पालिकालाई समयमै जानकारी गराउने।
५. पालिकाबाट सूचिकरण, योगदान रकम संकलन तथा दावि भुक्तानि सम्बन्धमा प्राविधिक सहयोग माग भएमा सो प्रदान गर्ने।
६. कोषबाट सञ्चालित सामाजिक सुरक्षा योजनाको लागी कोषको सूचिकरण शाखा प्रमूखलाई सम्पर्क व्यक्ति तोक्ने ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- ग्लोबल आइएमई बैंकद्वारा २०८२ सालको क्यालेन्डर सार्वजनिक
- म्यानमारमा नेपाल-म्यानमार व्यापार र पर्यटन एक्स्पो-२०२५ हुँदै
- नेपालमा दिगो वित्तीय समाधान प्रवर्द्धन गर्न NMB बैंक, IFC, र EU को साझेदारी
- मुक्तिनाथ विकास बैंकद्धारा कञ्चरपूरमा बैशाखी वितरण कार्यक्रम सम्पन्न
- सिटिजन्स बैंकको मोबाइल बैंकिङ एपमा PAN अपडेट र ब्यालेन्स सर्टिफिकेट अनुरोध गर्न सकिने सुबिधा थप
- नेपालमा भित्रियो बर्ली एयर कूलर, भब्य रुपमा सार्वजनिक
- बिहीबारदेखि लुम्बिनी अन्तर्राष्ट्रिय शान्ति महोत्सव हुने
- राष्ट्रिय वाणिज्य बैंकद्वारा ग्लोबल मनी विकमा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन