महोत्तरी । प्रेस सेन्टर नेपाल मधेस प्रदेशको पाँचौँ अधिवेशनले निरज पिठाकोटीलाई मधेस प्रदेश अध्यक्ष चयन गरेको छ ।
महोत्तरीको बर्दिबासमा सम्पन्न अधिवेशनबाट उनी सर्वसम्मत अध्यक्ष चयन भएका हुन् । अधिवेशनले उपाध्यक्षमा सप्तरीका गोपाल गुप्ता र धनुषाका रामएकवाल महरालाई चयन गरेको छ भने महासचिवमा सिराहाका जिवछ उदासी चयन भएका छन् ।
सचिव पदमा धनुषाका विनोद महतो, बाराका रमेश साह, पर्साका रञ्जित पाण्डे, सप्तरीका दीपेन्द्र यादव, महोत्तरीका विष्णु गुप्ता, रौतहटका ओमकिशोर चौधरी चयन भएका छन् । कोषाध्यक्षको जिम्मेवारी महोत्तरीका निरञ्जन साहलाई दिइएको छ ।
सदस्यहरूमा धनुषाकी प्रतिभा झा, सिराहाका रामनारायण ठाकुर र आमस्त चौधरी, सप्तरीका महेन्द्र मण्डल, महोत्तरीकी इशारा लामा, पर्साका भरत सर्राफ र सुव्दर हुसेन, सर्लाहीका सन्तोष लामा र सुमन लामा, बाराका उमेश घलान र मुकेशकुमार मेहता चयन भएको केन्द्रीय उपाध्यक्ष तथा मधेस प्रदेश इन्चार्ज गोविन्द देवकोटाले बताए । उनका अनुसार नवनिर्वाचित प्रदेश कार्यसमितिको पहिलो बैठकबाट महिला उपाध्यक्ष मनोनयन गरिनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- भोटेकोसी बाढीमा बेपत्ता ७३४ जनाको शव फेला, कुन जिल्लामा कति ?
- चीनबाट दुई वाई–२० विमानमा राहत सामग्री र सुरुङ उद्धार विज्ञ नेपाल आए
- हिल्सा नाकाबाट फर्किने कैलाश मानसरोवर तीर्थयात्रीलाई पदयात्रा दस्तुर मिनाहा
- भोटेकोसीमा तत्काल ठूलो बाढीको जोखिम नरहेको महाशाखाको भनाइ
- भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या ६१६ पुग्यो, २ हजार ३०१ जनाको उद्धार
- बाढीले बगाएर ल्याएको बैंकको सेफ फोडेर रकम निकाल्ने २९ जना पक्राउ
- प्रधानमन्त्रीसहित मन्त्रीहरूले एक महिनाको तलब विपद् कोषमा जम्मा गर्ने
- बाढी प्रभावितका लागि पुनर्स्थापना प्याकेज बनाउने सरकारको निर्णय



ट्रेन्डिङ
खबरमुकाम






