महोत्तरी । प्रेस सेन्टर नेपाल मधेस प्रदेशको पाँचौँ अधिवेशनले निरज पिठाकोटीलाई मधेस प्रदेश अध्यक्ष चयन गरेको छ ।
महोत्तरीको बर्दिबासमा सम्पन्न अधिवेशनबाट उनी सर्वसम्मत अध्यक्ष चयन भएका हुन् । अधिवेशनले उपाध्यक्षमा सप्तरीका गोपाल गुप्ता र धनुषाका रामएकवाल महरालाई चयन गरेको छ भने महासचिवमा सिराहाका जिवछ उदासी चयन भएका छन् ।
सचिव पदमा धनुषाका विनोद महतो, बाराका रमेश साह, पर्साका रञ्जित पाण्डे, सप्तरीका दीपेन्द्र यादव, महोत्तरीका विष्णु गुप्ता, रौतहटका ओमकिशोर चौधरी चयन भएका छन् । कोषाध्यक्षको जिम्मेवारी महोत्तरीका निरञ्जन साहलाई दिइएको छ ।
सदस्यहरूमा धनुषाकी प्रतिभा झा, सिराहाका रामनारायण ठाकुर र आमस्त चौधरी, सप्तरीका महेन्द्र मण्डल, महोत्तरीकी इशारा लामा, पर्साका भरत सर्राफ र सुव्दर हुसेन, सर्लाहीका सन्तोष लामा र सुमन लामा, बाराका उमेश घलान र मुकेशकुमार मेहता चयन भएको केन्द्रीय उपाध्यक्ष तथा मधेस प्रदेश इन्चार्ज गोविन्द देवकोटाले बताए । उनका अनुसार नवनिर्वाचित प्रदेश कार्यसमितिको पहिलो बैठकबाट महिला उपाध्यक्ष मनोनयन गरिनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- बागलुङमा बाढीपहिरोमा मृत्यु हुनेको सङ्ख्या १२ पुग्यो, एक बेपत्ता
- बागलुङमा पहिरोमा परी १० जनाको मृत्यु, एक बेपत्ता
- गाउँबाट धामसम्मको यात्राः जगतगुरु शिवशक्ति बाबाले बदलेको जातेको धार्मिक पहिचान
- नारायणी र रिउ खोलामा जलसतह खतराभन्दा माथि, तटीय क्षेत्रमा उच्च जोखिम
- पाल्पामा पहिरोमा परी दुई जनाको मृत्यु, तीन बेपत्ता
- आजदेखि सुरु भयो सोह्र श्राद्ध, पितृ पक्षमा गरिन्छ तर्पण र पिण्डदान
- पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा पक्राउ
- हिमालयन एभरेस्ट इन्स्योरेन्स बन्यो दोस्रो नेपाल इन्स्योरेन्स फुटसल कपको च्याम्पियन



ट्रेन्डिङ
खबरमुकाम





