
काठमाडौं एमडब्लू अर्थमुभर्स प्रा.लि.ले JCB NXT इन्डियासँगको सहकार्यमा JCB NXT सिरिजका नवीनतम एक्साभेटरहरू JCB NXT 221 LC Fuel Master र JCB NXT 225 LCM एक्साभेटरहरू सफलतापूर्वक लन्च गरेको छ।
ललितपुरको झम्सिखेल स्थित द प्लाजामा आयोजित भव्य लन्च कार्यक्रममा सरकारी प्रतिनिधि, निर्माण उद्योगका अग्रणी, ग्राहक र डिलरहरू सहित करिब ७०० जना सरोकारवालाहरूको सहभागिता रहेको थियो।
कार्यक्रममा विशेष मेसिन प्रस्तुतीकरणको प्रदर्शनी लगत्तै JCB एक्साभेटर खरिद गर्ने ११ जना ग्राहकहरूलाई साँचो हस्तान्तरण गरिएको थियो। कार्यक्रममा कार्यक्रममा जेसीबी इन्डियाका सीईओ तथा एमडी श्री दीपक शेट्टी र एमएडब्लु अर्थमुबर्स प्रा. लि.का अध्यक्ष श्री विष्णु अग्रवालको विशेष सहभागिता रहेको थियो।
“लिडर इन एक्साभेटर” भन्ने थिममा आधारित शुभारम्भ कार्यक्रमले नेपालको विकासशील पूर्वाधार बजारको लागि अति उपयुक्त र टिकाउ उत्खनन मेसिनरी उत्पादन गर्ने JCB को प्रतिबद्धतामा प्रकाश पार्यो। JCB NXT 221 LC फ्युल मास्टरले उच्चतम ऊर्जा दक्षता प्रदान गर्दै जटिल उत्खनन कार्यहरूमा प्रभावकारी कार्य गर्दछ भने JCB NXT 225 LCM एक्साभेटरले उत्पदकत्त्व वृद्धिका लागि असाधारण हाइड्रोलिक सुविधाहरू प्रदान गर्दछ। यस उत्पादन लाइनले नेपालको सडक पूर्वाधार विकास, जलविद्युत र शहरी विस्तार परियोजनाहरूमा बढेको सार्वजनिक लगानीसँगै राष्ट्रिय पूर्वाधार परियोजनाहरूलाई अगाडि बढाउन व्यापक सहयोग गर्नेछ।
त्यस्तै, JCB India का दीपक शेट्टीले JCB ले सञ्चालन कार्यसम्पादन सुधारको लागि उन्नत प्रविधि र दिगो समाधानहरू प्रस्तुत गर्न जारी राख्ने बताए। योसँगै ग्राहकहरूलाई गुणस्तरीय सेवा र सहायता प्राप्त गर्ने कुराको सुनिश्चितता गर्ने JCB ले नयाँ मेसिनहरूको लागि प्रभावशाली वारेन्टी योजना पनि प्रस्तुत गरेको छ।
अध्यक्ष श्री विष्णु अग्रवालले नयाँ एक्साभेटरहरूले नेपालको लागि भरपर्दो सेवामुलक नवप्रवर्तनहरू प्रदान गर्दै निर्माण उद्योगको दक्षता बढाउने घोषणा गरे। जसअनुसार, JCB NXT 221 LC फ्युल मास्टरमा २ वर्ष वा ५००० घण्टाको वारेन्टी छ भने JCB NXT २२५ LCM ट्रयाक्ड एक्साभेटरमा ५ वर्ष वा १०,००० घण्टाको वारेन्टी रहेको छ। यस बाहेक, २०२५ को फेब्रुअरी अन्त्य हुनु अघि खरिद गर्ने दुवै मेसिनका सबै ग्राहकहरूलाई बेलायत भ्रमणको अवसर प्रदान गर्ने विशेष प्रमोसनल अफर पनि प्रस्तुत गरिएको छ।
JCB NXT शृङ्खलाको यो सुरुवात नेपालको निर्माण उद्योगलाई अत्याधुनिक मेसिनरी आपूर्ति गर्ने JCB को समर्पणको ताजा उदाहरणका रूपमा दरिने पक्का छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- लड्केश्वर धाममा २०८३ मा दोस्रो कोटिहोम
- ‘हज कार्यलाई व्यवस्थित बनाउन समयानुकूल नीति, नियम र प्रबन्ध मिलाउन आवश्यक’
- विद्युत नियमन आयोग र इमानबीच भेटवार्ता : दीर्घकालीन सहकार्यका विषयमा छलफल
- डोलेश्वर भिलेज रिसोर्ट एण्ड फार्म हाउस र सिटिजन्स क्यापिटल बीच संस्थागत परामर्श सम्झौता
- नेपाली सडकमा ५०० भन्दा बढी सेरेस ईभीहरु : २०२६ मा तीन नयाँ ईभीहरू नेपाल ल्याइने
- सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सद्वारा सम्पत्ति शुद्धिकरण निवारण सम्बन्धी प्रशिक्षण सम्पन्न
- राजश्वको श्रोतको आधारमा यथार्थपरक बजेट ल्याउन चेम्बर अफ कमर्सको सुझाव
- नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला (एनआइटीएफ) को आज अन्तिम दिन