काठमाडौं – विश्व बजारमै अत्यधिक रुचाइएको लोकप्रिय दुईपांग्रे सवारी साधन ब्रान्ड टीभीएसले जनकपुरमा नयाँ आधिकारिक डिलरशिपको समुद्घाटन गरेको गरेको छ । अत्याधुनिक सुविधा सम्पन्न यो शोरूम आर्यन अटोमोबाइल्सद्वारा सञ्चालित हुने जानकारी दिइएको छ । उद्घाटन समारोहमा प्रतिष्ठित अतिथिहरू र उद्योगका प्रमुखहरूको बाक्लो समुपस्थिति रहेको थियो ।
प्रदेश २ का माननिय मुख्यमन्त्री सतिश कुमार सिंहको प्रमुख आतिथ्यमा भएको उद्घाटन समारोहमा उनले यस्तो व्यवसायिक विस्तारले स्थानिय अर्थतन्त्रलाई बलियो बनाउन तथा रोजगारीका अवसर सिर्जना गर्न निकै महत्वपूर्ण योगदान दिने बताए । कार्यक्रममा जेएमपीएलका कार्यकारी निर्देशक अखिल गुप्ता तथा आर्यन अटोमोबाइल्सका प्रबन्ध निर्देशक राम बालक महतो पनि उपस्थिति थिए । उनीहरुले कार्यक्रममा मन्तब्य ब्यक्त गर्दै जनकपुरका ग्राहकहरूलाई विश्वस्तरीय सवारी साधन तथा सेवा अनुभव प्रदान गर्ने प्रतिबद्धता दोहो¥याएका थिए ।
“टीभीएस, नेपाली उपभोक्ताका लागि लामो समयदेखि भरपर्दो र नवीनतम प्रविधि सुसज्जित उत्पादनहरु प्रस्तुत गर्दै आइरहेको ब्रान्ड हो । “उद्घाटन कार्यक्रममा बोल्दै मुख्यमन्त्री सिंह ले भने - “सञ्चालनमा आएको यो नयाँ शोरूमले ग्राहकलाई उच्च गुणस्तरका दुईपांग्रे सवारी साधन सहज रूपमा उपलब्ध गराउनेछ, जसले स्थानीय यातायातको सुविधा सुधार गर्नेछ भन्ने मेरो विश्वास छ ।“
ग्राहकहरु लाई सर्वोत्कृष्ट सेवा प्रदान गर्न आफ्नो विशेष ध्यान केन्द्रित रहेको जनकपुरको नयाँ टीभीएस डिलरशिपले मोटरसाइकल र स्कुटरहरूको विस्तृत रेन्ज, बिक्री पछिको भरपर्दो सेवा तथा सहज खरिद प्रक्रिया प्रदान गर्ने जनाएको छ । यसले ग्राहकहरूलाई आफ्ना आवश्यकताअनुसार उत्तम सवारी छनोट गर्न सघाउने प्रतिबद्धता ब्यक्त गरेको छ ।
“टीभीएसले सधैं उद्योगमा नयाँ मानक स्थापित गर्दै आएको छ । यो नयाँ डिलरशिपले प्रदेश २ मा हाम्रो उपस्थिति बलियो बनाउनुका साथै ग्राहकहरूसम्म विश्वस्तरीय दुईपांग्रे सवारी सजिलै पु¥याउने हाम्रो प्रतिबद्धतालाई अझ मजबुत बनाउनेछ“, जेएमपीएलका कार्यकारी निर्देशक अखिल गुप्ता बताउँछन् ।
त्यस्तै, आर्यन अटोमोबाइल्सका प्रबन्ध निर्देशक राम बालक महतोले भन्छन् - “हामी जनकपुरका ग्राहकहरूलाई टीभीएसका अत्याधुनिक उत्पादन र सेवाहरू उपलब्ध गराउन निकै उत्साहित छौं । हाम्रो प्रमुख उद्देश्य भन्नु नै आदर्णिय ग्राहक बर्ग माझ सर्वोत्तम ग्राहक अनुभव प्रदान गर्नु हो । यसका लागि भरपर्दो सेवा र विश्वासनिय स्पेयर पाट्र्सको सुनिश्चितता प्रदान गर्न हामी प्रतिबद्ध छौँ । “
टीभीएस ब्रान्ड नेपालका दुईपांग्रे सवारी साधनको बजारमा अग्रणी स्थानमा रहँदै आएको छ । नयाँ डिलरशिपले ग्राहकहरू, मोटरसाइकल पारखीहरू लगायतका लागि टेस्ट राइड, वित्तीय योजनाहरू तथा विशेषज्ञ परामर्श सुविधा उपलब्ध गराउने जानकारी दिइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- सरकारलाई ‘कथित झाँक्री’ प्रकाश भुजेलको ठाडो धम्की, ठगीधन्दा बन्द भए प्रतिकार गर्ने
- अछाममा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु
- आज आठौं महिला अधिकार दिवस, प्रधानमन्त्रीले दिए शुभकामना
- आज पनि छ पानी पर्ने सम्भावना, हेरौं मौसम पूर्वानुमान
- ‘लालीबजार’ चौथो सातामाः चलचित्रले १० करोडको आंकडा पार गर्ने विश्वास
- प्रतिस्पर्धाबाट राजदूत छान्न मन्त्रालयले माग्यो निवेदन
- अर्थमन्त्री वाग्लेले आज संसदमा बजेट प्रस्तुत गर्ने
- आज गणतन्त्र दिवस्, टुँडिखेलमा विशेष समारोहको आयोजना



ट्रेन्डिङ
खबरमुकाम






