दाङ । दाङको दङ्गीशरणमा दुई दिने रैथाने खाना महोत्सव हुने भएको छ । मटावाँ, बरघर, भलमन्सा महासङ्घको आयोजनामा दङ्गीशरण गाउँपालिका ३ स्थित चखौरामा रहेको थारू सांस्कृतिक सङ्ग्रहालयमा माघ २६ र २७ गते दुई दिने अन्तर प्रदेशस्तरीय सांस्कृतिक तथा रैथाने खाना महोत्सव हुन लागेको हो ।
थारू भाषा, कला, संस्कृतिको संरक्षण र प्रवर्धन गर्ने उद्देश्यले दुई दिने महोत्सव आयोजना गर्न लागिएको मटावाँ, बरघर, भलमन्सा महासङ्घका केन्द्रीय अध्यक्ष एवं लुम्बिनी प्रदेशको पूर्व मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले जानकारी दिए । ‘हाम्रो संस्कृति, हाम्रो सान, संस्कृति संरक्षणले बढ्छ देशको मान’ भन्ने मूल नारासाथ आयोजना हुन लागेको महोत्सवको उदघाटन पूर्व प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गर्ने उनले बताए।
महोत्सवमा दाङ र नवलपरासीको थारू समुदायको बर्का नाच, कैलालीको मुङ्ग्रहवा र चितवनको नाच प्रस्तुत हुने अध्यक्ष चौधरीले जानकारी दिए । यस्तै मघौटा, छोक्रा, हुर्डुंग्या लगायत चार दर्जनभन्दा बढी नाच प्रस्तुत हुने उनले जानकारी दिए।
यस्तै, महोत्सवमा सांस्कृतिक प्रतियोगिता एवम् थारू लगायत विभिन्न जातजातिको रैथाने परिकारको प्रदर्शनी रहनेछ । थारू परिकारमा ढिक्री, अनदी चामलको भात, रोटी, अनदीको झोल, सुंगुरको सेकुवा, सिन्कीका परिकार, आलुको अचार लगायत जनजातिहरूको रैथाने परिकार बिक्री तथा वितरणका लागि राखिने उनले जानकारी दिए ।
सोहीअनुसार थारू भाषाको विभिन्न पुस्तक, पत्रपत्रिकाहरू, थारू हस्तकला लगायत बिक्री तथा प्रदर्शनीका लागि राखिने अध्यक्ष चौधरीले बताए ।
महोत्सवमा उत्कृष्ट सांस्कृतिक प्रदर्शन गर्ने पहिलो, दोस्रो र तेस्रोलाई आकर्षक पुरस्कारका साथै सहभागी सबै सांस्कृतिक टोलीलाई सान्त्वना पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ । महोत्सवमा लुम्बिनी प्रदेश, सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र गण्डकी प्रदेशका थारूहरू मौलिक भेषभुषासहितको उपस्थिति रहने महासङ्घका अध्यक्ष चौधरीले जानकारी दिए।
महोत्सवमा दाङ, बाँके, बर्दिया, कैलाली, कञ्चनपुर, सुर्खेत, रूपन्देही, नवलपरासी, कपिलबस्तु जिल्लाको एक हजार भन्दा बढी मटावाँ, बरघर (भलमन्सा), ककन्डर्वाहरूको उपस्थिति रहनेछ । कार्यक्रममा बरघर ऐन लगायत विषयमा छलफल र महासङ्घको नयाँ नेतृत्व समेत चयन गर्ने उनले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- इन्टर्न चिकित्सकको स्टाइपेन्ड माग्दै डिल्ली हरिजन आमरण अनशनमा
- ग्यास नपाएर नागरिकलाई हैरानी, कारबाहीको चेतावनी दिएर पन्छिदै सरकार
- स्वपहिचानका आधारमा लैङ्गिक पहिचान परिवर्तनसम्बन्धी विवादास्पद आदेश पुनरावलोकनका लागि सर्वोच्चको अनुमति
- जुलाईमा नेपाल भित्रिए ७१ हजार ७७५ विदेशी पर्यटक, कुन देशबाट कति आए ?
- सगरमाथा लुम्बिनी इन्स्योरेन्सद्वारा नेत्रहिन महिला संघलाई शैक्षिक सामाग्री हस्तान्तरण
- सांग्रिला डेभलपमेन्ट वैंकका ग्राहक र कर्मचारीले ट्रांक्यूलिटि स्पामा छुट पाउने
- भ्रामक र आधारहीन समाचारप्रति प्रभु बैंकको आपत्ति
- नबिल बैंकले एजुकेशन हबमार्फत शैक्षिक कर्जा, वित्तीय परामर्श र बैंकिङ सहायता उपलब्ध गराउने

ट्रेन्डिङ
खबरमुकाम







