धरान । याक्सिगुम मिडिया प्रा.लि. को ब्यानरमा निर्मित पहिलो याक्खा हाक्पारे भिडियो ‘ओम्माङ्बा’ सार्वजनिक भएको छ । सोमबार सुनसरीको धरानमा एक कार्यत्र mम आयोजना गरी भिडियो सार्वजनिक गरिएको हो ।
गोकुल सोम्याहाङ्गद्वारा निर्मित उक्त भिडियोमा देउ कृष्ण् लिंखा (राई) को निर्देशन रहेको छ । सह–निर्माताहरुमा खगेन सिं सोम्याहाङ्ग, वालगोपाल सोम्याहाङ्ग, सुजता जिमी र देवी याक्खा रहेका छन् ।
भिडियोमा अजय जिमी, गोकुल सोम्याहाङ्ग, हिरा सोम्याहाङ्ग, बिमला जिमी, सरिता जिमी, सरिता जिमी, राजकुमारी कोङ्रेन, सञ्जिता जिमी, रमेश लिम्बुखिम, गजेन्द्र पुपाङ्गु, मिजन सोम्याहाङ्ग, सविता जिमी लगायतको अभिनय तथा प्रस्तुति रहेको छ । मनु नेम्वाङ र शिव सम्बाहाम्फेले हाक्पारेमा स्वर दिएका छन् भने लय संकलन अजय जिमी याक्खाको रहेको छ ।
याक्खा जातिको मुख्य बसोवास रहेको क्षेत्र संखुवासभाको आँखीभुईंमा भिडियोको छायाँकन गरिएको हो । भिडियोलाई याक्सिगुम मिडियाको अफिसियल युट्युब च्यानल ‘२यगचमयपभलष्’मार्फत सार्वजनिक गरिएको छ ।
याक्खा जातिमा प्रचलित हाक्पारे एक मौलिक गायनशैली हो । यसमा खासगरी मुन्थुमका साथै संस्कार–परम्परा, जीवन–जगत र मानव जीवनका विविध पक्षबारे व्याख्या हुन्छ । हाक्पारेको माध्यमबाट आपसमा दुखसुखसमेत साटासाट गर्ने गरिन्छ । गीत र भिडियो निर्माणले प्रचलन कम हुँदै गएको हाक्पारेलाई जगेर्ना तथा दस्तावेजीकरण गर्न महत्वपूर्ण योगदान पुग्ने याक्खा समुदायका अग्रजहरुले बताएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- हिमालयन एभरेस्ट इन्स्योरेन्स बन्यो दोस्रो नेपाल इन्स्योरेन्स फुटसल कपको च्याम्पियन
- एभरेस्ट बैंकको धनगढीमा नयाँ भवनसहित १३४औँ शाखा सञ्चालन
- हुथी विद्रोहीको सैन्य अभियान तीव्र, बाब अल–मन्देब क्षेत्रमा बढ्यो तनाव
- त्रिपुरेश्वर बस आगलागीमा घाइते चालकको मृत्यु, घटनाको छानबिन गर्न समिति गठन
- प्रतिनिधिसभा बैठक आज, चार संसदीय समितिमा पनि छलफल
- पहिलो विदेश यात्रामा प्रधानमन्त्री शाह, संयुक्त राष्ट्रसङ्घको महासभामा सम्बोधन गर्दै
- नाडाद्वारा बाढीपीडितका लागि राहत सामग्री वितरण, उद्धार कोषमा १० लाख सहयोग
- रुकुम पश्चिममा २१ मेगावाटको जल्दीगाड जलविद्युत आयोजना निर्माण हुने

ट्रेन्डिङ
खबरमुकाम







