
काठमाडौँ । महालक्ष्मी विकास बैंक र डोल्मा कन्सल्टेन्सी लि.बीच कर्जा असुली सम्बन्धमा असुली परामर्शदाताको रुपमा कार्य गर्ने गरी तथा कर्जा असुली कार्यमा समेत सहजीकरण गर्ने गरी बैंकको केन्द्रीय कार्यालयमा एक कार्यक्रमका बीच सम्झौता भएको छ ।
बैंक र डोल्मा कन्सल्टेन्सी लि. बीच भएको सम्झौता पश्चात बैंकले ऋण असुली सम्बन्धी कानुनी परामर्श, तालिम र ऋण असुलीको लागि प्रयोग गरिने अन्तराष्ट्रिय स्तरको सफ्टवेयरको प्रयोग गर्न सक्नेछ ।
डोल्मा कन्सल्टेन्सीले विभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय बैंकहरुसंग बैङ्गिग सवलीकरण लागी सहकार्य गर्दै आएको छ । अनुभवी स्वदेशी तथा विदेशी विज्ञहरुद्धारा सञ्चालित डोल्मा कन्सल्टेन्सीसँगको सहकार्यले खराब कर्जा असुली प्रणाली सुदृढ बनाउन तथा खराब कर्जा ब्यवस्थापन गर्न बैंकलाई र कर्जा ग्राहकलाई थप सहज हुने विश्वास लिईएको छ ।
बैंकले हालै ग्राहकहरुलाई अत्याधुनिक, सुरक्षित तथा सहज डिजिटल बैंकिङ्ग सुविधा उपलब्ध गराउने बैंकको निति बमोजिम मोबाइल एप्लिकेसनलाई परिष्कृत गर्दै “महालक्ष्मी स्मार्ट साथी” सञ्चालनमा ल्याएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- ग्लोबल आइएमई बैंकद्वारा २०८२ सालको क्यालेन्डर सार्वजनिक
- म्यानमारमा नेपाल-म्यानमार व्यापार र पर्यटन एक्स्पो-२०२५ हुँदै
- नेपालमा दिगो वित्तीय समाधान प्रवर्द्धन गर्न NMB बैंक, IFC, र EU को साझेदारी
- मुक्तिनाथ विकास बैंकद्धारा कञ्चरपूरमा बैशाखी वितरण कार्यक्रम सम्पन्न
- सिटिजन्स बैंकको मोबाइल बैंकिङ एपमा PAN अपडेट र ब्यालेन्स सर्टिफिकेट अनुरोध गर्न सकिने सुबिधा थप
- नेपालमा भित्रियो बर्ली एयर कूलर, भब्य रुपमा सार्वजनिक
- बिहीबारदेखि लुम्बिनी अन्तर्राष्ट्रिय शान्ति महोत्सव हुने
- राष्ट्रिय वाणिज्य बैंकद्वारा ग्लोबल मनी विकमा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन