नेपालगन्ज । थारु कल्याणकारिणी सभा ९थाकस० बढैयाताल बर्दियाले आयोजना गर्ने थारु साँस्कृतिक कृषि, पर्यटन तथा माघ महोत्सव २०८१ को तयारी पूरा भएको छ ।
‘राष्ट्रिय एकता ओ बिबिधता हमार शान, थारु भाषा, साहित्य, कला, सँस्कृति बचैना हमार अभियान’ मूल नारासाथ पहिलो पटक आयोजना हुन लागेको महोत्सव माघ १५ गतेबाट सुरु गरिने र महोत्सवको सबै तयारी पूरा भएको महोत्सव मूल समितिका संयोजक शंकरप्रसाद थारुले बताए ।
संघीय सरकारका संस्कृति पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री अरुणकुमार चौधरीले महोत्सवको उदघाटन गर्ने कार्यक्रम तय भएको जनाउँदै उनले थारु भाषा, साहित्य, कला, सँस्कृतिको संरक्षण र सम्बर्धन गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको बताए।
माघ २५ गतेसम्म चल्ने महोत्सवमा थारु भाषा, संस्कृति, संरक्षणका लागि झाँकी, थारु रैथाने परिकार र खानपिन सिन्की, चट्नी, ढिक्री, अनदी चामलको जाँड, अन्दीक बरिया, घोँघीका परिकार, गँगटा, मुसालगायतका परिकार, थारु जातीले बनाउने दारुको ब्राण्डिङमा सहयोग गर्नेखालका प्रदर्शनी गरिने जनाइएको छ ।
महोत्सवमा थारु जातिको जन्मदेखि मृत्युसम्मको संस्कार संस्कृति झल्किने थारु संग्रहालय प्रदर्शनी तथा अवलोकन गर्न सकिने थारु संग्रहालय व्यवस्थापन समितिका संयोजक बिमल चौधरीले बताए।
उनले महोत्सवमा थारु समुदायमा लोप भइरहेका थारु पौराणिक नाच, गीत प्रतियोगिता समेत आयोजना गरिएको बताए। पौराणिक नाच, गीत प्रतियोगिताका लागि गाउँबाट झाँकी दर्ता भइरहेको झाँकी व्यस्थापन समितिका संयोजक कमलेस थारुले जनाए।
महोत्सवमा थारु समुदायको गोबरमा बीउ राख्ने, परालमा आलुको बीउ राख्ने परम्परागत तरिका, माटोभित्र बेसार, भन्टा सुुकाएर बीउ निकाल्ने परम्परागत बिधि, थारु आलुको बीउ पनि प्रदर्शनी गरिनेछ ।
पराम्परागत रुपमा आलु मुला, लौका, भान्टा, फर्सी, खुर्सानी, बेसार, गहँु बिउ भण्डारण गर्ने बिधिबारे प्रदर्शनीमार्पmत जानकारी गराइने मूल समितिका संयोजक थारुले बताए। गाउँ गाउँबाट थारु बाल कलाकारहरु खोज्नका लागि थारु डान्स आइडल प्रतियोगिता पनि आयोजना गरिएको आयोजकको भनाइ छ ।
वर्दियाको प्रमुख चिनारीको रुपमा रहेको बढैयातालको प्रचार प्रसार गर्ने तथा प्राकृतिक बहुमुल्य जडीबुटी ९गेजरा, सेल्की, भँसेर, कमालको फल ९कलगट्टा० करमुवा सागको पहिचान गरी व्यावसायिक बनाउने उद्देश्य राखिएको छ ।
महोत्सवमा कला र संस्कृति झल्काउने हुर्दङ्वा नाच, मघौटा नाच, सखिया नाच, झर्रा नाच, बर्का नाच लगायत अन्य स्थानीय समुदायको कौरा, सोरठी लगायतका पौराणिक नाचको प्रस्तुति रहने आयोजकले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- सुस्तामा एसएसबीको प्रवेश रोक्न सरकारसँग एमालेको माग
- श्रम संस्कृति पार्टीले पृथ्वीका सबै श्रमिकलाई मुक्ति र न्याय दिन्छ– सुदन किराती
- मापदण्ड विपरीत सञ्चालित भक्तपुरको बाल गृहबाट ८ बालबालिकाको उद्धार
- २५ वर्षसम्म गोप्य राखिएको रावल आयोगको प्रतिवेदन कार्यान्वयनमा ल्याउँदै बालेन सरकार
- कांग्रेसका असन्तुष्ट युवा नेताहरूको भेला आज, पाँच एजेन्डामा केन्द्रित छलफल हुने
- विश्वकप २०२६ मा अमेरिकाको शानदार सुरुवात
- चर्चित सेफ सन्तोष साह ठगी मुद्दामा पक्राउ
- देशका विभिन्न क्षेत्रमा वर्षाको सम्भावना, कोशीमा भारी वर्षा हुन सक्ने



ट्रेन्डिङ
खबरमुकाम






