काडमाडौँ । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले कर्पोरेट कार्यालय लगायत देशैभरीका कार्यालयहरुमा “सम्पत्ती शुद्धीकरण निवारण राष्ट्रिय दिवस” को अवसरमा सम्पत्ती शुद्धिकरण तथा आतङ्कवादी क्रियाकलापमा वित्तिय लगानी निवारण सम्वन्धी अभिमुखिकरण कार्यक्रम सम्पन्न गरेको छ ।
सम्पत्ती शुद्धिकरण निवारण दिवसको अवसरमा “वित्तिय क्रियाकलापमा पारदर्शिता, सम्पत्ती शुद्धीकरण निवारणमा प्रतिबद्धता” भन्ने मुल नारालाई आत्मसाथ गर्दै सम्पत्ती शुद्धिकरण र यसले समग्र अर्थतन्त्र तथा बीमा क्षेत्रमा पार्ने प्रभाव र त्यसको न्यूनीकरणको लागि चाल्नुपर्ने कदमबारे जानकारी गराईएको थियो ।
उक्त कार्यक्रममा कार्यान्वयन अधिकृत रन्जु लम्सालले प्रस्तुतीकरण गरेकी थिइन् भने कम्पनीका प्रमुख कार्यकारी अधिकृत राज कुमार अर्यालले यसको महत्व, आवश्यकता, र न्यूनिकरणबारे जानकारी गराएका थिए ।
उक्त कार्यक्रममा पहिलो चरणमा कर्पोरेट कार्यालयका उच्च व्यवस्थापन सहितका कर्मचारीहरुको सहभागिता थियो भने दोस्रो चरणमा प्रदेश शाखा तथा उपशाखा कार्यालय कार्यरत कर्मचारीहरुलाई भर्चुअल माध्यमबाट सहभागी गराईएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- राष्ट्रिय वाणिज्य बैंकको कर्पोरेट शाखामा सन्ध्याकालीन काउण्टर सेवा
- यी कलाकारले सेप्टेम्बर २५ मा कोरिया गुञ्जाउने
- सुशासनको नारामाथि प्रश्नः अख्तियारको छानबिनमा रहेका कालाखेतीलाई नेपाल एयरलाइन्सको नेतृत्व
- विदेशमा कार्यरत नेपालीको सामूहिक बचतबाट सुरु भएको बीजी ग्रुप सेयर बजारमा आउने तयारीमा
- काठमाडौंमा हुँदैछ PMGO South Asia Finals 2026, दर्शकका लागि पनि विशेष एक्सपेरियन्स जोन
- अन्तर्राष्ट्रिय पब्जी मोबाइल प्रतियोगिताको आधिकारिक इन्टरनेट साझेदार बन्यो भायानेट
- बाढी–पहिरो प्रभावित ४०० परिवारलाई ११ लाख रुपैयाँ बराबरको राहत
- रसुवाको भोटेकोशी बाढीः ४ हजारभन्दा बढी बेपत्ता, ९ हजार २८७ जनाको उद्धार


ट्रेन्डिङ
खबरमुकाम






