
काठमाडौँ । नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लि. ले आफ्ना अभिकर्ताहरुका लागि २ रात ३ दिनको “लिडर्स नाईट वीथ भुषण दाहाल” कार्यक्रम चितवन सौराहा स्थित होटल सेभेन स्टारमा सम्पन्न गरेको छ ।
कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि २०८१ श्रावण महिनामा संचालन गरेको अभिकर्ता मासिक योजना अन्तर्गत लक्ष्य पुरा गर्न सफल अभिकर्ताहरुलाई गैंडाकोट स्थित मौलाकालिका मन्दिरको दर्शन तथा दियालो बंगला संग्रहालय अवलोकन गराउने तथा नेपालको चर्चित बरिष्ठ पत्रकार भुषण दाहालसंग साक्षात्कार गराउने उदेश्यले कार्यक्रम आयोजना गरिएको हो ।
कम्पनीका बजार विभाग प्रमुख विवेक शर्मा, एजेन्सी विभाग प्रमुख सुशील प्रताप राणा सहित प्रदेश प्रमुख, तथा विभिन्न शाखाका शाखा प्रमुखहरु सहित देशै भरीबाट उत्कृष्ट व्यवसाय गरी योजनामा छनौट हुन सफल भएका करिब २२५ जना बरिष्ठ अभिकर्ताहरुले कार्यक्रममा सहभागिता जनाएका थिए ।
साथै, कार्यक्रमका प्रमुख अतिथी भुषण दाहालले सहभागि अभिकर्ताहरुलाई नेतृत्वको बारेमा विशेष प्रशिक्षण प्रदान गरेका थिऐ । उनले नेतृत्वकर्ताले भविष्यको स्पष्ट खाका कोर्नका लागि जहिले पनि प्रश्न होईन हजारौ प्रश्नको जवाफ दिने आँट र साहास बोकेर बस्न सक्नु पर्ने धारणा व्यक्त गरे ।
समारोहमा योजनामा छनौट भई सहभागि भएका अभिकर्ताहरुलाई प्रमुख अतिथी एवं वरिष्ठ पत्रकार भुषण दाहालले सम्मान पत्र प्रदान गरेका थिए ।
सहभागि अभिकर्ताहरुले नेपालकै चर्चित एवं बरिष्ठ पत्रकार भुषण दाहालबाट सम्मान प्राप्त गर्ने अवसर दिलाएकोमा कम्पनी प्रति आभार व्यक्त गर्दै यस प्रकारको कार्यक्रमबाट मनोरञ्जनका साथै आफ्नो वृत्ति विकासमा समेत योगदान पु¥याउने विश्वास व्यक्त गरेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- नाडा र नेपाल बिमा प्राधिकरण विच विद्युतिय सवारी साधनहरुको विमाबारे छलफल
- प्रविधिमा प्रशिक्षित गर्दै पर्यटनमा महिलाको सशक्त सहभागिता आवश्यक
- सिटिजन्स बैंकद्वारा १८ औं बार्षिकोत्सवको अवसरमा सडक आश्रीत घरबारविहीनलाई १८ दिन भोजनको व्यवस्था, निःशूल्क स्वास्थ्य शिविर संचालन
- बिस्का जात्राको आठौँ दिन: सगुन जात्रा सम्पन्न
- प्रभु बैंक र कृषि बजार व्यवस्थापन समिति बीच व्यवसायिक साझेदारी सम्झौता सम्पन्न
- लुम्बिनी विकास बैँकद्वारा किर्तिमानी पर्वतारोही कामी रिता शेर्पा लाई बैंकको लोगो अंकित ब्यानर हस्तान्तरण
- रिलायबल लाइफ इन्स्योरेन्सले खुल्ला गर्यो १ अर्व आकारको रिलायबल समृद्धि योजना
- पर्यटन प्रबर्द्धन गर्न कूटनीतिक प्रतिनिधिलाई पूर्वी नेपालको यात्रा