काठमाडौँ । युवा उद्यमीहरुले युवाहरुलाई विदेसिनबाट रोक्न राज्यले उद्यम विकासमा जोड दिनुपर्ने बताएका छन् । वीरेन्द्रनगरमा सञ्चालित कर्णाली युवा महोत्सवको दोस्रो दिन शनिबार प्यानल छलफलका वक्ताहरुले राज्यले युवालाई उद्यम क्षेत्रमा आकर्षित गराउन नसकेको धारणा राखे ।
विनिता बोगटीले सहजीकरण गरेको ‘कर्णालीका युवाः उद्यमी र सिर्जनशील युवा’ सत्रमा युवा उद्यमीहरु पोषणराज रेग्मी, राजेन्द्र विष्ट, कल्पना विष्ट, लक्ष्मी भट्टराई र आकाशदीप श्रेष्ठ प्यानलिष्ट थिए । उनीहरुले राज्यले युवा उद्यमशिलता उन्मुख नीति ल्याएर विदेश जानबाट रोक्नुपर्ने बताए ।
वीरेन्द्रनगरमा रेष्टुरेन्ट सञ्चालन गरी स्थानीय युवाहरुलाई रोजगारी दिएका पोषणले युवालाई विदेसिनबाट रोक्न राज्यले उद्यम सहजीकरण नीति ल्याउनुपर्नेमा जोड दिए । ‘नेपालमा अहिले सहजै सुरु गर्न सकिने र स्थापित हुन सकिने उद्यम पर्यटन भएकाले यसतर्फ राज्यले युवाहरुलाई प्रेरित गर्नुपर्छ,’ उनले भने, ‘नेपालको भौगोलिक सुन्दरताले नै पर्यटन व्यवसाय गर्नेहरु स्थापित हुन सक्छन्, यसका लागि सरकारले नीतिगत रुपमा सहजीकरण गर्नु जरुरी छ ।’
अर्का वक्ता युवा वैज्ञानिक राजेन्द्रले पोषणकै भनाईमा सहमत जनाउँदै युवाहरुलाई विदेश जानेभन्दा उद्यममा प्रेरित गर्नुपर्ने आवश्यकता औंल्याए । उनले आफूले सुरु गरेको व्यवसाय पनि अरु युवाहरुलाई प्रेरित गर्नका लागि भएको बताए । नवप्रर्वतनका क्षेत्रमा उनी कर्णालीकै ख्यातिप्राप्त युवामा पर्दछन् । राज्यले बनाएको नीति पूर्ण कार्यान्वयन नहुनुजस्ता कारणले नेपालमा साना लगानीमा उद्यम गर्न चुनौती रहेको उनको भनाई थियो । ‘नेपालमा व्यवसाय गर्न चुनौती छन्, राज्यबाटै दिनुपर्ने सुविधा नपाउँदा नै उद्यममा लाग्न चुनौती छ,’ राजेन्द्रले भने, ‘भौतिक पूर्वाधार कमजोर हुँदा पनि उद्यम गर्न चुनौती छँदैछ, हाम्रो सन्दर्भमा त सीप भएका युवाहरु समेत उद्यमशिलतामा आर्कषित भएको पाइँदैन् ।’
उद्यमी कल्पनाले उद्यमशील बन्न चाहने युवाहरुले आफ्नै क्षेत्रबाट सुरु गर्नुपर्ने बताइन् । अर्का उद्यमी लक्ष्मीले बहुउद्देश्यीय उद्यम गर्न चाहनेलाई प्रदेश र स्थानीय सरकारले विशेष सुविधा दिनुपर्ने धारणा राख्दै भनिन्, ‘युवाहरुलाई उद्यमतर्फ प्रेरित गर्न प्रदेश तथा स्थानीय सरकारले अनुदानसँगै बजारीकरणमा सहजीकरण गर्नुपर्छ ।’ लक्ष्मीले वीरेन्द्रनगरमा बेत तथा बाँसबाट फर्निचर तथा भवन डेकोरिङका सामानहरुको उत्पादन र बजारीकरण गर्दै आएकी छिन् ।
नबिल बैंकका कर्णाली प्रदेश प्रमुख आकाशदीप श्रेष्ठले बैंकले केही गर्छु भन्ने युवाहरुका लागि उद्यमशिलता र नवप्रर्वतनसम्बन्धी व्यवसायका लागि ऋण प्रवाह गर्ने बताए । कर्णाली युवा महोत्सव परिवर्तनका लागि युवा, राष्ट्र निर्माण मञ्च नेपाल र राष्ट्रिय युवा परिषद्को संयुक्त आयोजनामा शुक्रबारदेखि वीरेन्द्रनगरमा सञ्चालित छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- राष्ट्रिय वाणिज्य बैंकको कर्पोरेट शाखामा सन्ध्याकालीन काउण्टर सेवा
- यी कलाकारले सेप्टेम्बर २५ मा कोरिया गुञ्जाउने
- सुशासनको नारामाथि प्रश्नः अख्तियारको छानबिनमा रहेका कालाखेतीलाई नेपाल एयरलाइन्सको नेतृत्व
- विदेशमा कार्यरत नेपालीको सामूहिक बचतबाट सुरु भएको बीजी ग्रुप सेयर बजारमा आउने तयारीमा
- काठमाडौंमा हुँदैछ PMGO South Asia Finals 2026, दर्शकका लागि पनि विशेष एक्सपेरियन्स जोन
- अन्तर्राष्ट्रिय पब्जी मोबाइल प्रतियोगिताको आधिकारिक इन्टरनेट साझेदार बन्यो भायानेट
- बाढी–पहिरो प्रभावित ४०० परिवारलाई ११ लाख रुपैयाँ बराबरको राहत
- रसुवाको भोटेकोशी बाढीः ४ हजारभन्दा बढी बेपत्ता, ९ हजार २८७ जनाको उद्धार


ट्रेन्डिङ
खबरमुकाम






