काठमाडौं । गणित, विज्ञान, प्रविधि, इन्जिनियरिंग जस्ता विषयलाई गुणस्तरी बनाउनका लागि विकास भएको हो, स्टिम एजुुकेशनको अवधारण । यही अवधारणा अनुसार नेपालका स्कुलहरुमा पनि अध्ययन अध्यापन सुरु भएको छ । भक्तपुरको एभरेस्ट स्कुल मिवाछें व्यासीमा पनि स्टिम (एसटीइएम अर्थात् साइन्स, टेक्नोलोजी, इन्जिनियरिङ र म्याथम्याटिक्स) को संयुक्त अध्ययन प्रणालीको थालनी भएको हो ।
नेपालमा यी चारवटै विषय पहिला अलगअलग पढाइ हुन्थ्यो। यी विषय सही ढंगले सिकाउने विधि नहुँदा विद्यार्थीहरुले यी विषय पढ्न गाह्रो मान्थे । यही समस्याको समाधानस्वरुप यो प्रविधि लागू गरिएको स्कुलका संंस्थापक प्रिन्सिपल भक्त राजभण्डारी बताउँंछन् । उनका अनुसार २००६ देखि स्टिम एजुकेशनको धारणा आएको भए पनि नेपालमा अझै पनि खासै लागू हुन सकेको छैन । बताइए अनुसार १९६० को दशकमा अमेरिकाबाट स्टिम एजुकेशनको सुरुवता भएको थियो । साइन्स, टेक्नोलोजी, इन्जिनियरिङ र म्याथम्याटिक्स एउटैमा समावेश गरिएकाले यसलाई स्टिम भनिएको हो । इन्टरनेटको विकास र आईसीटीको प्रयोगसँगै स्टिम एजुकेशनको अवधारणाको विकास भएको बताइएको छ ।
स्कुलमा यो प्रविधि लागू गर्न न्यातापोल टेक्नोलोजी काठमाडौंले सहयोग गरेको थियो । उसैसँंगको सहकार्यमा स्कुलले यो प्रविधिको सुरुवात गरेको हो । न्यातापोल टेक्नोलोजी काठमाडौका संस्थापक प्रमुख कार्यकारी अधिकृत (सिइओ) कुशलराज शिवाकोटी साइन्स, म्याथम्याटिक्स, टेक्नोलोजी र इन्जिनियरिङ विषय घोकाएर, रटाएर पढाउने विषय नभएको बताउँंछन् । तर, हामीकहाँ विद्यार्थीहरुलाई यसरी नै पढाइन्छ, उनले थपे, जबदेखि नेपालमा शिक्षा प्रणालीको सुरूवात भयो तबदेखि नै गणित, विज्ञान जस्ता विभिन्न विषयहरू धर्मशास्त्र जस्तो गरी पढाइयो ।

अहिलेसम्मको परिस्थितिमा आइसक्दा पनि शिक्षा प्रणालीमा खासै परिवर्तन हुन सकेको छैन । पछिल्लो समय इन्टरनेटको विस्तार र विभिन्न टेक्नोलोजीको प्रयोग चरम उत्कर्षमा पुगेको छ । तर, नेपालले पुरानै शताब्दीको साधारण शिक्षा विधिलाई नै प्राथमिकता दिइरहेकाले गर्दा विकासले गति लिन नसकेको उनी बताउँंछन ।
गणित तथा विज्ञान विषयमा सूूत्र घोकाउने र पास मात्रै गराउने परिपाटीको अझै अन्त्य हुन सकेको छैन, स्कुलकी भाइस प्रिन्सिपल फर एकेडेमिककी संगीता किवाछें बनेपाली थप्छिन्, विद्यार्थीलाई कुन विषय कसरी पढाउने, कुन विधि अपनाएर पढाई सञ्चालन गर्ने, शिक्षकलाई कसरी, कस्तो खालको तालिम प्रदान गर्ने भन्ने कुरामा विद्यालय लागेको नदेखिएकाले हामीले सुरुवात गरेका हौं ।
यस्तो शिक्षा प्रणालीलाई परिवर्तन गरी पढाईलाई सुदृढ, गुणस्तरीय तथा उत्पादनशील बनाउनका लागि स्टिम एजुकेशनको आवश्यकता भएको उन औल्याउछिन्् । यसले कुनै पनि विषयमा केन्द्रित रहेर विद्यार्थीलाई स्पष्ट रुपमा सोही विषय सम्बन्धि स्थायी रुपले विज्ञान, प्रविधि र गणितलाई संरचनात्मक तरिकाबाट बुुझ्न सहयोग गर्ने उनी बताउछछिन् ।
स्टिम एजुकेशनले सीपमूलक र उत्पादनमूलक शिक्षालाई जोड दिन्छ ।
विद्यार्थीहरुलाई विद्यालय तहदेखि नै स्टिम एजुकेशन पढाइनुुपर्छ । गणित, विज्ञान जस्तो विषय घोकाएर परीक्षाका लागि मात्र तयार गराइदा विद्यार्थीहरुले यी विषय मन नपराउनुका साथै यी विषय पढेर कामै छैन भन्ने धारणा समेत बनाएका छन् । यी विषय पढाउने कला नभएका कारण विद्यार्थीहरुमा यस्तो खालको मानसिकता विकास भएको हो । विद्यार्थीलाई कक्षाकोठमा राखेर पढाउने, पाठ कण्ठ गराउने, नोट लेखाउने परम्पराको अन्त्य गरी विद्यार्थीलाई छलफल गराउने, एकअर्कासँग अन्तरक्रिया गराउने र अन्वेषणमा प्रेरित गर्न सकेमा मात्र शिक्षाको गुणस्तरमा सुधार आउने प्राध्यापक बालचन्द्र लुइँटेल बताउँंछन् ।
विद्यालयको पाठ्यक्रम उत्पादनमूलक तथा आविष्कारमूलक हुनुपर्ने, यसको समाधानका रुपमा स्टिम एजुकेशनलाई लिन सकिने उनको कथन छ । अध्ययन र अनुसन्धानमा आधारित स्टिम एजुकेशनले विद्यार्थीहरुलाई स्वउद्यमी बन्न समेत सहयोग गर्ने उनको बुझाई छ ।
के हो स्टिम शिक्षा ?
१९६० को दशकमा अमेरिकाबाट शुरु भएको हो, ‘स्टिम’ शिक्षा । यो शिक्षामा साइन्स, टेक्नोलोजी, इन्जिनियरिङ र म्याथम्याटिक्स समावेश गरिएको थियो, जसलाई स्टेम भनिन्थ्यो । २००६ मा भएको मोमेन्टले आट्र्स विषय अत्यावश्यक रहेको निष्कर्ष निकालेपछि साइन्स, टेक्नोलोजी, इन्जिनियरिङ र म्याथमेटिक्सलाई जोड्न आट्र्स थप गरिएको हो । त्यसपछि ‘स्टिम’ एजुकेसनमा रूपान्तरण भएको हो । इन्टरनेटको विकास र आईसीटीे प्रयोगसँगै स्टिम एजुकेसनको अवधारणा आएको हो । इन्टरनेटको विकाससँगै हिसाब गर्ने तरिका र साइन्सको प्रिजेन्टेसन गर्ने शैलीमा परिवर्तन आयो । पढाउनका लागि कला महत्त्वपूर्ण हुन्छ । त्यसैले स्टिम शिक्षामा आट्र्सलाई समावेश गरिएको हो । स्टिम शिक्षाको इतिहास लामो छैन ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- बालेन सरकारसँग वीरगञ्जका मेयर सिंहको लडाईं किन पर्यो ?
- सरकारले जनताको दुःख नबुझे सडकमा आउने गगनको चेतावनी
- बाराको सेज क्षेत्रमा पनि चल्दै डोजर, निशानामा ६०० घर–टहरा
- कांग्रेस राष्ट्रिय सभाको प्रमुख सचेतकमा पदम परियार
- मनास्लु र ल्होत्से आरोहणको ७० वर्ष, विशेष कार्यक्रम गरी मनाइने
- शेखर गोल्छा पक्राउ परेकोमा नाडाको आपत्ति
- सन नेपाल लाइफ इन्स्योरेन्सद्वारा अभिकर्ता सशक्तिकरण तथा सम्मान कार्यक्रम सम्पन्न
- नयाँ दिल्लीमा नेपाललाई उत्कृष्ट वेडिङ डेस्टिनेसनका रूपमा प्रवर्द्धन


ट्रेन्डिङ
खबरमुकाम







