
काठमाडौँ । मुक्तिनाथ विकास बैंक लि. ले मिति २०८१ पौष २९ गतेका दिन पोखरामा आफ्नो अठारौं वार्षिक साधारण सभा सम्पन्न गरेको छ । बैँकका सञ्चालक समितिका अध्यक्ष भरतराज ढकालको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा आ.व. २०८०/०८१ को वार्षिक प्रतिवेदन पारित गर्दै, प्रति सेयर रु. १००/- का दरले रु. १ अर्ब बराबरको मुक्तिनाथ ८ं.५ प्रतिशत अविमोच्य असञ्चित अग्राधिकार सेयर सम्बन्धित नियमानकारी निकायको स्वीकृति पश्चात जारी गर्ने प्रस्ताव समेत स्वीकृत गरेको छ ।
यसै सभाबाट आ.व. २०८१/०८२ को लागि लेखापरीक्षकको नियुक्ति लगायतका सामान्य प्रस्तावहरु पारित गरेको छ । साथै, साधारण सभाको अवसरमा बैंक स्थापना गर्न पहल गरेका शुरुका ३० जना संस्थापक सेयरधनीहरु, बैंकको उन्नयनमा अतुलनीय योगदान दिनुहुने अन्य संस्थापक सेयरधनीहरु तथा संचालक सदस्यहरुलाई सम्मान गरिएको थियो ।
विशेष प्रस्तावको रुपमा रहेको काठमाण्डौं–२८, कमलादीमा अवस्थित केन्द्रीय कार्यालय, बैंकको नवनिर्मित आफ्नै केन्द्रीय कार्यालय भवन, लाजिम्पाट काठमाण्डौंमा स्थानान्तरण गर्ने लगायतका सबै प्रस्तावहरु सर्वसम्मत रुपले पारित भएका छन् ।
साधारण सभाको औपचारिक कार्यक्रमको समुद्घाटन सञ्चालक समितिका अध्यक्ष भरत राज ढकालले गरेका थिए । उक्त सभामा बैकका सञ्चालक समितिका सदस्य भरत प्रसाद लम्सालले स्वागत मन्तब्य र बैंकका प्रमुख कार्यकारी अधिकृत श्री प्रद्युमन पोखरेलले बैंकको हालको अवस्था र भावी रणनीतिको बारेमा जानकारी गराएका थिए ।
साधारण सभामा सञ्चालक समितिको तर्फबाट प्रस्तुत आ.व. २०८०/०८१ को वार्षिक प्रतिवेदन उपर विभिन्न सेयरधनीहरुबाट सल्लाह सुझाव र जिज्ञासाहरु प्राप्त भएको थियो । सेयरधनीहरुबाट आएका जिज्ञासाहरु बारेमा अध्यक्ष र प्रमुख कार्यकारी अधिकृतले थप प्रष्ट पारेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- लड्केश्वर धाममा २०८३ मा दोस्रो कोटिहोम
- ‘हज कार्यलाई व्यवस्थित बनाउन समयानुकूल नीति, नियम र प्रबन्ध मिलाउन आवश्यक’
- विद्युत नियमन आयोग र इमानबीच भेटवार्ता : दीर्घकालीन सहकार्यका विषयमा छलफल
- डोलेश्वर भिलेज रिसोर्ट एण्ड फार्म हाउस र सिटिजन्स क्यापिटल बीच संस्थागत परामर्श सम्झौता
- नेपाली सडकमा ५०० भन्दा बढी सेरेस ईभीहरु : २०२६ मा तीन नयाँ ईभीहरू नेपाल ल्याइने
- सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सद्वारा सम्पत्ति शुद्धिकरण निवारण सम्बन्धी प्रशिक्षण सम्पन्न
- राजश्वको श्रोतको आधारमा यथार्थपरक बजेट ल्याउन चेम्बर अफ कमर्सको सुझाव
- नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला (एनआइटीएफ) को आज अन्तिम दिन