काठमाडौं । यामाहा नेपालले इटहरीमा आफ्नो रिजनल सेल्स स्किल्स कन्टेस्ट सफलतापूर्वक आयोजना गरेको छ। बिक्री विशेषज्ञता र उत्पादन ज्ञानमा उत्कृष्टताको उत्सव मनाउने क्रममा इटहरीमा आयोजित प्रतिष्पर्धामा यामाहाका विभिन्न डिलरशिपहरूबाट ११ जना शीर्ष प्रदर्शन गर्ने बिक्री परामर्शदाताहरूको सहभागिता रहेको थियो।
प्रतियोगिताको लागि योग्य हुन सहभागीहरूले अटो बेसिक, प्रोडक्ट, कम्पिटिसन र सलेस प्रोसेस प्रशिक्षण र त्यसपछि यी क्षेत्रहरूमा उनीहरूको दक्षता मूल्याङ्कन गर्ने प्रतिस्पर्धात्मक परीक्षण पूरा गरेका थिए। सबैभन्दा कुशल प्रतिनिधिहरूले मात्र भाग लिने सुनिश्चितताका लागि प्रत्येक डिलरशिपबाट उच्चतम स्कोर गर्ने बिक्री सल्लाहकारले मात्र यस प्रतिष्ठित प्रतियोगितामा स्थान पाएका थिए।
शीर्ष तीन प्रदर्शन गर्ने प्रतिष्पर्धीहरूको घोषणासँगै प्रतियोगिता समापन गरिएको थियो:
विजेता: चुडामणि आचार्य, बि ७ बि अटो ट्रेडर्स, विराटचोक
पहिलो रनर-अप: कृतिका घिमिरे, जेनिशा अटोमोबाइल ट्रेडर्स, फत्तेपुर
दोस्रो रनर-अप: मिरा सापकोटा, पाथीभरा अटो प्यालेस, इलाम
प्रतियोगितामा मेची कोशीका यामाहा डिलरसिपको उत्साहजनक सहभागिता रहेको थियो। सबै प्रतियोगीहरूले आफ्नो ज्ञान र सीप प्रदर्शन गर्दै शीर्ष उपाधिको लागि प्रयास गरेका थिए। सहभागीहरू मध्ये बिजेता, पहिलो रनर(अप, दोस्रो रनर(अपहरूले अब नेसनल सेल्स स्किल्स कन्टेस्टमा प्रतिस्पर्धा गर्न पाउनेछन् ।
यस अवसरमा यामाहा नेपालका क्षेत्रीय बिक्री प्रबन्धक रबिन श्रेष्ठले बिजेता, पहिलो रनर-अपर दोस्रो रनर-अपलाई ट्रफी र प्रमाणपत्र प्रदान गरेका थिए। आफ्नो बधाई टिप्पणीमा उनले सहभागीहरूलाई उनीहरूको समर्पण र कडा परिश्रमको प्रशंसा गर्दै भने, “यामाहा सधैं आफ्नो टिमका सदस्यहरूलाई उत्कृष्ट हुन आवश्यक पर्ने सीप र ज्ञानले उनीहरूलाई सशक्त बनाउनमा विश्वास गर्दछ। यस प्रतियोगिताले सहभागीहरूको विशेषज्ञता बढ्ने मात्र नभई निरन्तर सिक्ने र उत्कृष्टताको संस्कृतिलाई बढावा मिल्ने मैले विश्वास लिएको छु।"
सबै सहभागीहरूले आ-आफ्नो प्रयास र ब्रान्डको मूल्यहरूप्रतिको प्रतिबद्धताको मान्यता स्वरूप प्रशंसाको प्रतीकको रूपमा सहभागिताको प्रमाणपत्र प्राप्त गरेका थिए। यो प्रतियोगिता यामाहाको क्षेत्रीय बिक्री प्रतियोगिताको केवल सुरुवात मात्र भएको र बाँकी क्षेत्रहरूमा पनि चाँडै नै यस्तै कार्यक्रमहरू गर्ने योजना यामाहाको रहेको छ। यस्ता पहलहरू मार्फत् यामाहा नेपालले आफ्ना बिक्री परामर्शदाताहरूले उत्कृष्टताका लागि यामाहाको विश्वव्यापी प्रतिष्ठासँग मिल्ने प्रिमियम अनुभव प्रदान गर्ने सुनिश्चित गर्दै ग्राहक सेवाको स्तरलाई माथि उठाउन जारी राखेको छ।
एमएडब्लू राइड्सको सहायक कम्पनी यामाहा नेपाल दुई पाङ्ग्रे सवारीसाधन बजारमा अग्रणी कम्पनी हो जो आफ्नो नवीन प्रविधि, असाधारण प्रदर्शन र अतुलनीय विश्वसनीयताका लागि परिचित छ। सेल्स स्किल्स कन्टेस्टजस्ता पहलहरू मार्फत् यामाहाले प्रतिभालाई बढावा दिने र उत्कृष्ट ग्राहक सन्तुष्टि प्रदान गर्ने आफ्नो प्रतिबद्धतालाई सुदृढ बनाएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- राष्ट्रिय वाणिज्य बैंकको कर्पोरेट शाखामा सन्ध्याकालीन काउण्टर सेवा
- यी कलाकारले सेप्टेम्बर २५ मा कोरिया गुञ्जाउने
- सुशासनको नारामाथि प्रश्नः अख्तियारको छानबिनमा रहेका कालाखेतीलाई नेपाल एयरलाइन्सको नेतृत्व
- विदेशमा कार्यरत नेपालीको सामूहिक बचतबाट सुरु भएको बीजी ग्रुप सेयर बजारमा आउने तयारीमा
- काठमाडौंमा हुँदैछ PMGO South Asia Finals 2026, दर्शकका लागि पनि विशेष एक्सपेरियन्स जोन
- अन्तर्राष्ट्रिय पब्जी मोबाइल प्रतियोगिताको आधिकारिक इन्टरनेट साझेदार बन्यो भायानेट
- बाढी–पहिरो प्रभावित ४०० परिवारलाई ११ लाख रुपैयाँ बराबरको राहत
- रसुवाको भोटेकोशी बाढीः ४ हजारभन्दा बढी बेपत्ता, ९ हजार २८७ जनाको उद्धार


ट्रेन्डिङ
खबरमुकाम






