काठमाडौँ, नेपाल – फोरफ्रन्ट इन्जिनियरिङको आयोजनामा नेपालमा पहिलो पटक आयोजित स्केचअप कोन्क्लाभ २०२४ भव्य रूपमा सम्पन्न भएको छ। यस Conclave ले डिजिटली निर्माण प्रविधि, विशेषगरी स्केचअप सफ्टवेयरको प्रयोगमा आधारित नवीनतम प्रविधिहरू र व्यावसायिक अभ्यासहरू उजागर गरेको छ।
कार्यक्रमका प्रमुख अतिथि नेपाल उद्योग परिसंघ (CNI) का वरिष्ठ उपाध्यक्ष बिरेन्द्र राज पाण्डेले विशेष सम्बोधन गरे। उनले भने, "पहिलेका समयमा हातले नै डिजाइन बनाइन्थ्यो, तर अब यस्ता प्रविधिहरूले डिजाइन प्रक्रियालाई सहज, द्रुत र प्रभावकारी बनाएका छन्। यस्ता उपकरणहरूको प्रयोगलाई अझ व्यापक र प्रभावकारी बनाउन आवश्यक छ।" उनले निर्माण क्षेत्रलाई डिजिटल उपकरणहरूमार्फत सशक्त बनाउनुपर्नेमा जोड दिए।
फोरफ्रन्ट इन्जिनियरिङका प्रबन्धक सुधिर थापाले भने, "स्केचअपको विश्वासिलो साझेदारको रूपमा, हामी सफ्टवेयर मात्र होइन, यसको प्रयोगलाई अधिकतम बनाउनका लागि प्राविधिक सहयोग पनी प्रदान गर्न प्रतिबद्ध छौँ । हामी इन्जिनियरिङ फर्महरू र शैक्षिक संस्थाहरूमा अनुकूलित तालिम तथा शिक्षा कार्यक्रमहरू प्रदान गर्छौँ, जसले सफ्टवेयरको पूर्ण क्षमताको उपयोग गर्न आवश्यक सीप दिन्छ।"

कार्यक्रममा नेपाल इंटेरियर डिज़ाइनर्स एसोसिएसन, सोसाइटी अफ नेपाली आर्किटेक्ट्स, सोसाइटी अफ कन्सल्टिङ आर्किटेक्चरल एण्ड इन्जिनियरिङ फर्म्स, र फेडेरेसन अफ कन्क्ट्रयाक्टर्स एसोसिएसन अफ नेपालका प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रह्यो। ट्रिम्बल च्यानल सेल्स म्यानेजर राहुल मालिकारले नेपालमा डिजिटल प्रविधिको अपनत्वलाई प्रशंसा गर्दै भने, "नेपालको Architecture, Engineering and Construction बजारलाई थप डिजिटल बनाउने यो पहल सराहनीय छ। ट्रिम्बलले यस यात्रामा पूर्ण समर्थन गर्नेछ।"
फोरफ्रन्ट इन्जिनियरिङले आगामी वर्षहरूमा यस्ता कार्यक्रमहरूको निरन्तरता गर्ने प्रतिबद्धता जनाएको छ। यस कार्यक्रमले डिजिटली निर्माण प्रविधिमा नेपाललाई विश्वस्तरमा अघि बढाउने नयाँ बाटो खोलेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- राष्ट्रिय वाणिज्य बैंकको कर्पोरेट शाखामा सन्ध्याकालीन काउण्टर सेवा
- यी कलाकारले सेप्टेम्बर २५ मा कोरिया गुञ्जाउने
- सुशासनको नारामाथि प्रश्नः अख्तियारको छानबिनमा रहेका कालाखेतीलाई नेपाल एयरलाइन्सको नेतृत्व
- विदेशमा कार्यरत नेपालीको सामूहिक बचतबाट सुरु भएको बीजी ग्रुप सेयर बजारमा आउने तयारीमा
- काठमाडौंमा हुँदैछ PMGO South Asia Finals 2026, दर्शकका लागि पनि विशेष एक्सपेरियन्स जोन
- अन्तर्राष्ट्रिय पब्जी मोबाइल प्रतियोगिताको आधिकारिक इन्टरनेट साझेदार बन्यो भायानेट
- बाढी–पहिरो प्रभावित ४०० परिवारलाई ११ लाख रुपैयाँ बराबरको राहत
- रसुवाको भोटेकोशी बाढीः ४ हजारभन्दा बढी बेपत्ता, ९ हजार २८७ जनाको उद्धार


ट्रेन्डिङ
खबरमुकाम






