काठमाडाैँ । झापाको कमल गाउँपालिका ३ केर्खामा शनिबार याक्थुङ युवा मञ्चले आयोजना गरेको चासोक तङनाम साँस्कृतिक कार्यक्रममा परम्परागत च्याब्रुङ नृत्य प्रस्तुत गर्दै कलाकार । यस चाडलाई लिम्बू समुदायले न्वागी अर्थात उद्यौली पूजाका रुपमा समेत मनाउँदै आएका छन् ।
प्रकृतिपूजक लिम्बु समुदायमा अनादिकालदेखि अन्नप्रति सम्मान व्यक्त गर्ने परम्परा छ । प्राण बचाइदिने अन्नलाई एक प्रकारले माङ् (देवता) मान्ने प्रचलन छ । पाकेको बाली घरमा थान थापेर पुज्नुका साथै प्रकृति देवीलाई समेत चढाइन्छ । यो पुज्ने क्रम धान पाक्ने सिजन कात्तिकदेखि भण्डारण गर्ने मंसिर पूर्णिमासम्मै चल्छ । यो संस्कृतिलाई लिम्बु समुदायमा चासोक तङ्नाम भनिन्छ ।
मङ्सिर पूर्णिमाका दिन सामूहिकले विशेष तरिकाले चासोक तङ्नाम मनाइन्छ । चासोक तङ्नाम पैयुँ फुल्नुका साथै माछा, चरा दक्षिणतिर लागेको उधौली याम (दक्षिणायण) को न्वागी पर्व हो । लिम्बू भाषामा ‘चासोक’ को अर्थ नयाँ पाकेको शुद्ध अन्न पवित्र मनले पुजेर तागेरानिङ्वाभुमाङ (प्रकृतिदेवी) लाई अर्पण गर्नुहुन्छ । तागेरानिङ्वाभुमाङ भनेर जल, जमिन, वायु, अग्नि वा सूर्यलाई चिनिन्छ ।
‘तङ्नाम’ ले पर्वरचाड अर्थात् उत्सव जनाउँछ । लिम्बु मुन्धुम (शास्त्र) अनुसार आदिम लिम्बु पुर्खा सावा येत्हाङहरूले काँचो कन्दमूल खानुपर्ने बाध्यताबाट उन्मुक्ति पाउन तपस्या गरे । यसको सुनुवाइ गर्दै तागेरानिङ्वाभुमाङले मानिसलाई आगोसहित पारामा (कोदो), क्यावो (फापर), फामु (कागुनी) लगायत बीज दिए । यो बीज सावा येत्हाङका चेली सिबेरा याक्थुङमा (लिम्बु महिला) ले संरक्षण गरेर कृषि युगको सुरुआत गरिन । आगोमा अन्न पकाई खान मानिस अभ्यस्त भए । यसपछि ‘तागरेनिङ्वाभुमाङ’ लाई सधन्यवाद आफूले नखाई चोखो अन्न अर्पण गर्न थालियो ।
धान र कोदो पाकेपछि लिम्बु जातिले आ–आफ्नो घरमा फेदाङ्मा (लिम्बु पुरेत) बोलाई चासोक गरिन्छ । यस क्रममा फेदाङ्माले आउँदो दिनमा पनि धेरै अन्न उत्पादन गरिदिन भन्दै ‘तागेरानिङ्वाभुमाङ’ लाई पुकार्दै सेवा व्यक्त गर्छन् । चासोकका बेला कलात्मकताले बुनेर नयाँ धानका बालाको चिटिक्कको पुतली बनाई घरको शोभा बढाउन ढोका छेउ झुन्ड्याउने चलन पनि छ । सामूहिकले मनाइने ‘चासोक तङ्नाम’ विभिन्न धार्किक, ऐतिहासिक, सांस्कृतिक स्थलमा आयोजना गरिन्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- बागलुङमा बाढीपहिरोमा मृत्यु हुनेको सङ्ख्या १२ पुग्यो, एक बेपत्ता
- बागलुङमा पहिरोमा परी १० जनाको मृत्यु, एक बेपत्ता
- गाउँबाट धामसम्मको यात्राः जगतगुरु शिवशक्ति बाबाले बदलेको जातेको धार्मिक पहिचान
- नारायणी र रिउ खोलामा जलसतह खतराभन्दा माथि, तटीय क्षेत्रमा उच्च जोखिम
- पाल्पामा पहिरोमा परी दुई जनाको मृत्यु, तीन बेपत्ता
- आजदेखि सुरु भयो सोह्र श्राद्ध, पितृ पक्षमा गरिन्छ तर्पण र पिण्डदान
- पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा पक्राउ
- हिमालयन एभरेस्ट इन्स्योरेन्स बन्यो दोस्रो नेपाल इन्स्योरेन्स फुटसल कपको च्याम्पियन



ट्रेन्डिङ
खबरमुकाम





