काठमाडौँ । नेपाल राष्ट्र बैंकबाट अनुमति प्राप्त भुक्तानी प्रणाली सञ्चालक संस्था स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेड (SCT) र काठमाडौँको मुटु सुन्धारामा रहेको सिभिल मल (Civil Mall) बिच एससिटी–युपिआइ कार्डधाराकहरूका लागि निःशुल्क पार्किङ सेवा सुरु भएको छ ।
यस सेवा अन्तर्गत एससिटी–युपिआइ कार्डधाराकहरूले आफ्नो एससिटी–युपिआइ कार्ड देखाएर सिभिल मल, सुन्धाराको अन्डरग्राउन्ड पार्किङ क्षेत्रमा चार घण्टासम्म निःशुल्क पार्किङ सुविधा लिन सक्नुहुनेछ । डिसेम्बर १, २०२४ (मङ्सिर १६, २०८१) देखि सुरु भएको यो सेवा हाललाई ६ महिना सम्म लागु हुनेछ ।
एससिटी–युपिआइ डेबिट कार्ड लिन इच्छुक ग्राहकहरूले SCT को कुनै पनि सदस्य बैंक तथा वित्तीय संस्थामा गएर सजिलै कार्डका लागि अनुरोध गर्न सक्नुहुनेछ । एससिटी–युपिआइ कार्डधाराकहरूले आगमी दिनहरूमा पनि यस्तै अझै विभिन्न लाभहरू र थप सुविधाहरू प्राप्त गर्न सक्नुहुनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- बालेन सरकारसँग वीरगञ्जका मेयर सिंहको लडाईं किन पर्यो ?
- सरकारले जनताको दुःख नबुझे सडकमा आउने गगनको चेतावनी
- बाराको सेज क्षेत्रमा पनि चल्दै डोजर, निशानामा ६०० घर–टहरा
- कांग्रेस राष्ट्रिय सभाको प्रमुख सचेतकमा पदम परियार
- मनास्लु र ल्होत्से आरोहणको ७० वर्ष, विशेष कार्यक्रम गरी मनाइने
- शेखर गोल्छा पक्राउ परेकोमा नाडाको आपत्ति
- सन नेपाल लाइफ इन्स्योरेन्सद्वारा अभिकर्ता सशक्तिकरण तथा सम्मान कार्यक्रम सम्पन्न
- नयाँ दिल्लीमा नेपाललाई उत्कृष्ट वेडिङ डेस्टिनेसनका रूपमा प्रवर्द्धन


ट्रेन्डिङ
खबरमुकाम







