काठमाडौँ । आन्तरिक राजश्व कार्यालय विराटनगरले एमएडब्लू हायर पर्चेज प्रा.लि.लाई यो पटकको उत्कृष्ट करदाताको सम्मान प्रदान गरेको छ।
कार्यलयले १३ औं राष्ट्रिय कर दिवस एवम् कर सप्ताहको समापन समारोहमा एमएडब्लूलाई उत्कृष्ट करदाताको रूपमा सम्मान गरेको हो। कार्यालयका प्रमुख कर अधिकृत भूपालराज शाक्य र कार्यक्रमका प्रमुख अतिथी मोरंगका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले कम्पनीका महप्रबन्धक प्राणनाथ भट्टराईलाई उत्कृष्ट करदाताको प्रमाणपत्र प्रदान गर्दै उक्त सम्मान प्रदान गरेका थिए।
नेपाल राष्ट्र बैंकको इजाजतपत्र अनुसार वि.सं. २०६८ सालमा स्थापना भएको एमएडब्लू हायर पर्चेजले आफ्ना ग्राहकहरूलाई सजिलो र झन्झटमुक्त हायर पर्चेज समाधानहरू उपलब्ध गराउँदै आएको छ।
एमएडब्लू इन्टरप्राइजेजको सहायक कम्पनीको रूपमा स्थापित यस कम्पानीले एक अग्रणी हायर पर्चेज फाइनान्सिंग कम्पनीका रूपमा मुख्यतया साना र मझौला कम्पनीका उद्यमीहरूलाई व्यावसायिक सवारी साधन र भारी उपकरणहरूको फाइनान्सिंग सेवा प्रदान गरेर उनीहरूका वित्तीय लक्षयहरू प्राप्त गर्न मद्दत गर्दै आएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- हिमालयन एभरेस्ट इन्स्योरेन्स बन्यो दोस्रो नेपाल इन्स्योरेन्स फुटसल कपको च्याम्पियन
- एभरेस्ट बैंकको धनगढीमा नयाँ भवनसहित १३४औँ शाखा सञ्चालन
- हुथी विद्रोहीको सैन्य अभियान तीव्र, बाब अल–मन्देब क्षेत्रमा बढ्यो तनाव
- त्रिपुरेश्वर बस आगलागीमा घाइते चालकको मृत्यु, घटनाको छानबिन गर्न समिति गठन
- प्रतिनिधिसभा बैठक आज, चार संसदीय समितिमा पनि छलफल
- पहिलो विदेश यात्रामा प्रधानमन्त्री शाह, संयुक्त राष्ट्रसङ्घको महासभामा सम्बोधन गर्दै
- नाडाद्वारा बाढीपीडितका लागि राहत सामग्री वितरण, उद्धार कोषमा १० लाख सहयोग
- रुकुम पश्चिममा २१ मेगावाटको जल्दीगाड जलविद्युत आयोजना निर्माण हुने

ट्रेन्डिङ
खबरमुकाम






