काठमाडौँ । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहसहितको टोली विवाह पञ्चमी महोत्सवको निम्तो पुर्याउन भारतको अयोध्या प्रस्थान गरेका छन् ।
ऐतिहासिक तथा सांस्कृतिक महत्त्व बोकेको साताव्यापी आयोजना हुने विवाह पञ्चमी महोत्सवको निमन्त्रणाका लागि मुख्यमन्त्रीसहितको टोली आइतबार वीरगन्जबाट रामजन्मभूमि अयोध्याधामका लागि प्रस्थान गरेका हुन् ।
अयोध्या प्रस्थान हुने मुख्यमन्त्री सिंहसहितको टोलीमा प्रदेश सरकारका स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री शत्रुधनप्रसाद सिंह, गृह, सञ्चार तथा कानुमन्त्री राजकुमार लेखी, उद्योग, वाणिज्य तथा पर्यटनमन्त्री मोहम्मद सकिल अलि मियाँ, वन तथा वातवरणमन्त्री त्रिभुवन साह, श्रम तथा यातायात मन्त्री कौशल किशोर रायको सहभागिता छ ।
यस्तै, उक्त टोलीमा जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख मनोजकुमार शाह, मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा. अङ्कुर शाहको पनि उपस्थिति छ । टोलीले राम जन्मभूमि तीर्थ क्षेत्र ट्रस्टका महासचिव चम्पत रायसहितको टोलीलाई औपचारिक निमन्त्रणा दिँदै जनकपुरधाममा मङ्सिरमा आयोजना हुने साताव्यापी विवाह महोत्सवमा सहभागी हुन आग्रह गर्ने कार्यक्रम छ ।
विवाह पञ्चमी महोत्सव जनकपुरधाम र अयोध्याबिचको सांस्कृतिक र धार्मिक सम्बन्धलाई अझ सुदृढ बनाउने अवसर मानिन्छ । राम र सीताको ऐतिहासिक विवाहको सम्झनामा मनाइने यो महोत्सवमा हरेक वर्ष नेपाल तथा भारतका हजारौँको सङ्ख्यामा श्रद्धालुहरूको जमघट हुने गर्दछ ।
मुख्यमन्त्री सिंहले तिलकसहितको विश्व हिन्दु परिषद्को टोलीलाई शनिबार बिदा गर्दै भनेका थिए, “महोत्सवलाई भव्य बनाउन प्रदेश सरकार पूर्ण रूपमा प्रतिबद्ध छ, यो महोत्सवले हाम्रो सांस्कृतिक धरोहरलाई अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन गर्न मद्दत पुर्याउनेछ र आगामी दिनमा आर्थिक वृद्धिमा समेत टेवा पुर्याउनेछ ।”
विश्व हिन्दु परिषदको टोली भने तिलकसहितको निमन्त्रणा लिएर एकदिन अघि शनिबार नै जानकी मन्दिरबाट बिदा लिएर अयोध्याका लागि प्रस्थान गरेका थिए । सोही टोलीसँग आज (आइतबार) बिहान मुख्यमन्त्रीसहितको टोली वीरगन्जबाट अयोध्याका लागि प्रस्थान गरेका हुन् ।
अयोध्याधाम प्रस्थानका क्रममा वीरगन्जस्थित विश्व हिन्दु परिषद् नेपालको सभा हलमा परिषद्का मधेश प्रदेशका उपाध्यक्ष सुनिल खेतालले मुख्यमन्त्रीसहितको टोलीलाई स्वागत गरेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- स्वर्णजयन्ती विशेष नाडा अटो शो २०२६ काठमाडौंमा भव्य उद्घाटन (फोटो फिचर)
- फोहोर व्यवस्थापनलगायतका विषयमा प्रधानमन्त्री शाहलाई भेट्ने मेयर्स फोरमको निर्णय
- ‘मेड इन नेपाल’को पहिचान जोगाउन बौद्धिक सम्पत्ति र भौगोलिक सङ्केत कानुन बलियो बनाउन जोड
- नाडा अटो शो लक्षित गर्दै मुक्तिनाथ विकास बैंकको ५.५४ प्रतिशत ब्याजदरमा अटो लोन
- एलआरआर मोटर्सले नेपाल भित्र्यायो स्काईवेलको बीई११, नाडा अटो शोमा सार्वजनिक
- बडिमालिकामा नेपाल टेलिकमको फोरजी सेवा सञ्चालन
- कामना सेवा विकास बैंकको २०औँ वार्षिक साधारणसभा भदौ ३१ गते
- नेपाल मेडिकल कलेजमा प्राध्यापक, लेक्चरर, नर्स सहित इन्जिनियरहरू माग



ट्रेन्डिङ
खबरमुकाम





.jpeg)

