काठमाडौं । नेपाल युवा उद्यमी मञ्च (एनवाईईएफ) ले कात्तिक २३ गते काठमाडौंमा ‘एनवाईईएफ कनेक्ट’ नामको प्लेटफर्म शुभारम्भ गरेको छ । सदस्यतामा आधारित यो प्लेटफर्मको उद्देश्य फरकफरक ४० क्षेत्रका सदस्यलगायत मञ्चका सदस्यहरुको विभिन्न समूह, पूर्वसदस्य (एनवाईईएफ अल्मुनाई) र पूर्वअध्यक्षहरुलाई एकै ठाउँमा ल्याएर नेपालका युवा उद्यमीमाझ सहकार्य र अवसर प्रवद्र्धन गर्नु हो ।
एनवाईईएफ कनेक्टको लक्ष्य स्रोत, सञ्जाल र ज्ञान आदानप्रदान गर्ने अवसर प्रदान गरी उद्यमीहरुलाई सशक्तीकरण गर्नु र दिगो प्रगति प्रवद्र्धन गर्ने खालको सहयोगी उद्यमशील इकोसिस्टमलाई बढावा दिनु हो ।
प्रमुख अतिथि उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी रहेको ‘एनवाईईएफ कनेक्ट’ शुभारम्भ समारोहमा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल विशेष अतिथिको रुपमा सहभागी थिए ।
समारोहको अध्यक्षता गरेका एनवाईईएफ कनेक्टका सभापति÷पूर्वअध्यक्ष रितेश लामिछानेले युवा उद्यमीहरुको जोशिलो र परस्पर सम्बद्ध समुदायको महत्वमा जोड दिए । एनवाईईएफ कनेक्टका सदस्य, नेसनल गभर्निङ काउन्सिल (एनजीसी) सदस्य, मञ्चका च्याप्टर सभापतिलगायत ११० जनाको सहभागिताले शुभारम्भ कार्यक्रमलाई भव्य बनाएको थियो ।
एनवाईईएफ कनेक्ट आपसी सम्बन्ध विस्तार, अनुभव एवं विचार आदानप्रदान र प्रगति गर्ने क्षमता अभिवृद्धि गर्दै युवा उद्यमीका लागि एक रुपान्तरणकारी प्लेटफर्मको रुपमा रहेको छ ।
यो प्लेटफर्म उद्यमीहरुलाई आपसी सम्बन्ध बढाउन, विचार एवं अनुभव आदानप्रदान गर्न, प्रतिभावानलाई अवसरसँग जोड्न र नेपालको अर्थतन्त्रमा दिगो विकास प्रवद्र्धन गर्न प्रतिबद्ध छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- सुस्तामा एसएसबीको प्रवेश रोक्न सरकारसँग एमालेको माग
- श्रम संस्कृति पार्टीले पृथ्वीका सबै श्रमिकलाई मुक्ति र न्याय दिन्छ– सुदन किराती
- मापदण्ड विपरीत सञ्चालित भक्तपुरको बाल गृहबाट ८ बालबालिकाको उद्धार
- २५ वर्षसम्म गोप्य राखिएको रावल आयोगको प्रतिवेदन कार्यान्वयनमा ल्याउँदै बालेन सरकार
- कांग्रेसका असन्तुष्ट युवा नेताहरूको भेला आज, पाँच एजेन्डामा केन्द्रित छलफल हुने
- विश्वकप २०२६ मा अमेरिकाको शानदार सुरुवात
- चर्चित सेफ सन्तोष साह ठगी मुद्दामा पक्राउ
- देशका विभिन्न क्षेत्रमा वर्षाको सम्भावना, कोशीमा भारी वर्षा हुन सक्ने



ट्रेन्डिङ
खबरमुकाम






