धादिङ। धादिङको धार्मिक तथा पर्यटकिय स्थल गंगाजमुना माईको मेला आजबाट सुरु भएको छ। धादिङको उत्तरी भेग फुलखर्कमा अवस्थित यस गङाजमुना माई मेला हरेक बर्ष हरिबोधनी एकादशीको दिन लाग्ने गर्दछ । पर्यटन पूर्वाधार समृद्ध गंगा जमुनाको मूल आधार भन्ने मूल नाराका साथ धादिङ जिल्लाकै ठूलो गङ्गा जमुना माईमेला मनाउन लागिएको गंगाजमुना गाउँपालिका अध्यक्ष भक्तबहादुर लामाले जानाकारी दिए ।
मेलामा पालिकाले हरेक वर्ष सांगीतिक कार्यक्रम आयोजना गर्दै आएको र यस वर्ष पनि गंगा जमुना गाउँपालिकाको आयोजनामा हुने मेलामा स्थानीय झाँकी सहित विभिन्न राष्ट्रिय तथा स्थानिय कलाकारहरुको भव्य प्रस्तुति रहेको उनले बताए ।

१३०० बर्ष पहिले त्यस समय गङ्गा र जमुना नाम गरेका दुई छोरीहरु बेपत्ता भएको र परिवारले खोज्दै जाँदा गुफाभित्रबाट हामी यहीँ सुरक्षित छौं, हाम्रो यहीँ पूजापाठ गर्नुहोला भनेपछि उनै गंगा र जमुनाको सम्झनामा हरेक वर्ष गंगाजमुना माईको मेला सुरु भएको किम्बदन्ती छ । गंगा जमुना गाउँपालिका ५ हाड खर्कमा रहेको पहराको टुप्पोबाट खस्ने गंगा र जमुना नामका दुई झरना छन् । यहाँ ऋषि मुनिहरुको पवित्र तपो भुमिको रुपमा वर्णित यस सुरभ्य भुभागमा गंगाजमुना, तातोपानी जइसल कुण्ड लगायत तीर्थस्थलहरुमा प्राचीनकाल देखिनै श्रद्धा र विश्वास रहि आएको छ ।
भक्तजनले गंगा जमुना, तातोपानी कुण्डमा नुहाउँदा रोगव्याधि निको हुने विश्वास र झरनामा नुहाई मनले चिताएको कुरा होस् भनि आशीर्वाद माग्ने चलन रहिआएको छ। यहाँ झरना झरेको पहराको बीचमा रहेको मन्दिरमा गएर महादेवको पूजाआजा गर्ने गरिन्छ। मेलामा फुलको डोली लैजाने, बत्ति बाल्ने, परेवा उडाउने, बत्ति बाली जागाराम बस्ने, झाक्रीहरुले भाकल स्वरुप रातभरी ढ्याग्रो बजायर तपस्या गर्ने र भोली पल्ट नुहाएर एकादशी ब्रत बस्ने चलन रही आएको स्थानियले बताए ।
मेलाको दिन गंगाजमुनाको झरनासँगै रहेको कुकुर धारोमा नुहाउने भक्तजनको घुइँचो लाग्ने गर्छ। विशेषगरी वर्षभरि कुकुर वा अन्य कुनै जनवारले टोकेमा त्यसको दोष निवारणका लागि कुकुरधारोमा नुहाउने चलन रहि आएको छ ।
मेलाका लागि धादिङ सहित मकवानपुर, रसुवा, नुवाकोट,चितवन, गोर्खा, तनहु, कास्की, काठमाडौँ लगायतका विभिन्न ठाउँबाट भक्तजनहरु आउने गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- बाढीग्रस्त क्षेत्रमा शिव शक्ति बाबाको राहत वितरण
- मुक्तिनाथ विकास बैंक र यातायात व्यवसायी महासंघबीच सम्झौता, व्यवसायीलाई सहुलियत ब्याजदरमा कर्जा
- भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार १२७ पुग्यो, ४ हजार ८५८ अझै सम्पर्कविहीन
- रसुवा बाढी प्रभावित क्षेत्रमा अपराह्नपछि मध्यम वर्षाको सम्भावना
- प्रतिनिधिसभा बैठक आज, भोटेकोशी बाढीबारे विशेष प्रस्ताव प्रस्तुत हुने
- बाढी प्रभावित क्षेत्रमा महामारीको जोखिम, उच्च सतर्कता अपनाउन स्वास्थ्यविज्ञको आग्रह
- भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १ हजार ३ पुग्यो
- नेशनल लाइफ इन्स्योरेन्सद्वारा विपद् उद्धार कोषमा १ करोड ५१ लाख सहयोग


ट्रेन्डिङ
खबरमुकाम






