.jpg)
काठमाडौँ । नेपाल राष्ट्र बैंकबाट अनुमति प्राप्त भुक्तानी प्रणाली सञ्चालक संस्था स्मार्टच्वाईस टेक्नोलोजिज् लिमिटेड र भुक्तानी सेवा प्रदायक संस्था स्मार्टकार्ड नेपाल बिच “स्मार्ट क्यूआर” मार्फत भुक्तानी सेवा सञ्चालनको लागि सम्झौता सम्पन्न भएको छ ।
यस सम्झौता पश्चात माईपे वालेट प्रयोगकर्ताले स्मार्ट क्यूआर मार्फत आफ्नो वालेट लोड गर्न मिल्ने र मर्चेन्टहरुलाई भुक्तानी गर्न मिल्नुका साथै विभिन्न व्यापार-व्यवसायमा संलग्न व्यवसायीहरुले क्यूआर मार्फत भुक्तानी लिनलाई स्मार्ट क्यूआरको सुविधा पनि लिन सक्नेछन् ।
क्यूआर कोडका लागि प्रचलित अन्तराष्ट्रिय मापदण्ड इ.एम.भि. स्टान्डर्ड पालना गर्दै नेपाल क्यूआर स्टान्डर्ड अन्तर्गत जारी हुने स्मार्ट क्यूआर नेपालको पहिलो इन्टरअपरेवल क्यूआर कोड हो ।
स्मार्टच्वाईस टेक्नोलोजिज लिमिटेडको कार्यलयमा आयोजित कार्यक्रममा स्मार्टच्वाईस टेक्नोलोजि का तर्फबाट प्रमुख कार्यकारी अधिकृत श्री मनोज घिमिरे र स्मार्टकार्ड नेपालका तर्फबाट प्रमुख कार्यकारी अधिकृत श्री मनोज मेहताले सेवा सञ्चालन सम्झौतामा हस्ताक्षर गरेका हुन् ।
स्मार्ट क्युआर मार्फत हुने कारोबार बापतको रकम मर्चेन्टको खातामा तत्कालैे फस्र्योट हुने भएकाले यस सेवाको सुरुवात पश्चात माईपे वालेटका प्रयोगकर्ता लगायत मर्चेन्टहरुलाई कारोबार गर्न झनै सजिलो हुने विश्वास रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- एनएमबि बैंकद्वारा दीगो भविष्यका लागि ग्रीन सेभिङ्स डिपोजिट सुरु
- नेपाल लाइफ इन्स्योरेन्समा नयाँ संचालकहरु निर्वाचित
- रानाथारू समुदायमा होरी नाचको रौनक
- प्रभु बैंक गण्डकी प्रदेशद्वारा बुर्तिबाङमा ग्लोबल मनी वीक २०२५ को अवसरमा र्याली आयोजना
- जगदम्बा मोटर्सले सार्वजनिक गर्याे नयाँ एनटर्क रेस एक्सपी ब्ल्याक
- नेपालमै पहिलो पटक पर्यटन प्रोजेक्ट सोकेस प्रतियोगिता हुँदै
- प्रभु बैंकमार्फत मुक्तिनाथ मन्दिरमा भीम युपिआई सेवा शुभारम्भ : डिजिटल भुक्तानी र क्रस-बोर्डर कारोबारमा नयाँ युगको सुरुवात
- एनसेल नेपाल सुपर लिगद्वारा आउँदो सिजनका लागि सी–डिभिजन ड्राफ्ट खेलाडीहरूको घोषणा