काठमाडौँ । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लि.को सहायक कम्पनी सनलाइफ क्यापिटल लि. ले World investor week 2024 को अवसरमा धितोपत्र बजारमा लगानी गर्ने लगानीकर्ताहरु,युवा विद्यार्थीहरु, व्यवसायिक महिला, उद्योग व्यवसायिहरु लक्षित गरेर लगानिकर्ता शिक्षा तथा सचेतना सम्बन्धि कार्यक्रम आयोजना गरेको छ ।
धितोपत्र बोर्डको समन्वयमा देशव्यापिरुपमा धितोपत्र बजारसँग सरोकार राख्ने विभिन्न संघसंस्थाहरुको सहभागितामा World investor week 2024 को अवसरमा आयोजना भईरहेका विभिन्न लगानीकर्ता शिक्षा तथा सचेतना सम्बन्धि कार्यक्रम अन्तर्गत सनलाइफ क्यापिटल लि. ले यहि २०८१ कार्तिक ८ गते आम लगानीकर्ताहरु, व्यवसायिक महिला तथा व्यवसायिक व्यत्तित्वहरु को सहभागितामा बनेपाको होटल उग्रचण्डिमा लगानीकर्ता शिक्षा तथा सचेतना सम्बन्धि कार्यक्रम सम्पन्न गरेको छ । उक्त कार्यक्रममा नेपालि धितोपत्र बजारको पृष्ठभुमि, नेपालि धितोपत्र बजारको प्राविधक विकास, लगानीका आधारभुत पक्षहरु, धितोपत्र बजारमा हुने धोकाधडी तथा घोटालाको रोकथाम , सामुहिक लगानिकोष र योजना सम्बन्धि बृहत जानकारी र लगानी व्यवस्थापन सम्बन्धि विषयहरु समेटेर प्रस्तुतिकरण र अन्तरकृया गरिएको थियो ।
साथै युवा विद्यार्थीहरुलाई लक्षित गरेर ध्यचमि क्ष्लखभकतयच ध्भभप २०२४ को अवसरमा सनलाइफ क्यापिटल लि. ले यहि २०८१ कार्तिक ११ गते Everest secondery boarding school गल्कोपाखा,काठमाण्डौंमा धितोपत्र बजार तथा वस्तु विनियम बजार सम्बन्धि शिक्षा तथा सचेतना कार्यक्रम आयोजना गरिएको थियो । उक्त कार्यक्रममा वित्तिय बजार, धितोपत्र बजार सम्बन्धी जानकारी गराउनुको साथै लगानी गर्दा ध्यानदिनुपर्ने कुराहरु, प्राथमिक र दोस्रो बजार सम्बन्धी जानकारी र धितोपत्र बजारमा गरिने कारोबारको व्यवहारिक ज्ञान प्रदान गरिएको थियो जसमा विद्यार्थीहरुको उत्साहजनक सहभागिता रहेको थियो ।
सनलाइफ क्यापिटल लि. धितोपत्रबोर्डबाट स्विकृतप्राप्त मर्चेन्ट बैंकर हो जसले मर्चेन्ट बैंकिङ्ग व्यवशाय अन्र्तगत लगानी व्यवस्थापन र धितोपत्र प्रत्याभूति सेवा प्रदान गर्दै आइरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- राष्ट्रिय वाणिज्य बैंकको कर्पोरेट शाखामा सन्ध्याकालीन काउण्टर सेवा
- यी कलाकारले सेप्टेम्बर २५ मा कोरिया गुञ्जाउने
- सुशासनको नारामाथि प्रश्नः अख्तियारको छानबिनमा रहेका कालाखेतीलाई नेपाल एयरलाइन्सको नेतृत्व
- विदेशमा कार्यरत नेपालीको सामूहिक बचतबाट सुरु भएको बीजी ग्रुप सेयर बजारमा आउने तयारीमा
- काठमाडौंमा हुँदैछ PMGO South Asia Finals 2026, दर्शकका लागि पनि विशेष एक्सपेरियन्स जोन
- अन्तर्राष्ट्रिय पब्जी मोबाइल प्रतियोगिताको आधिकारिक इन्टरनेट साझेदार बन्यो भायानेट
- बाढी–पहिरो प्रभावित ४०० परिवारलाई ११ लाख रुपैयाँ बराबरको राहत
- रसुवाको भोटेकोशी बाढीः ४ हजारभन्दा बढी बेपत्ता, ९ हजार २८७ जनाको उद्धार


ट्रेन्डिङ
खबरमुकाम






