काठमाडौँ । सिङ्गापुर एक धर्म निरपेक्ष देश हो र विभिन्न जात र नश्लका मानिसहरु आआफ्नो धर्म निर्धक्क र स्वतन्त्रतापूर्वक अभ्यास गर्छन् । यहाँको सबैभन्दा ठुलो धार्मिक समुदाय भनेको बौद्ध समुदाय हो । यहाँको जनसंख्याको ३१.१ प्रतिशतले सन् २०२० मा भएको जनगणनामा आफुलाई बौद्ध धर्मावलम्वी भनेर परिचय दिएको छ ।

सिङ्गापुरमा बुद्ध धर्मको इतिहास धेरै लामो छैन । यहाँ बुद्ध धर्मको राम्रो विकास १४ औं शताब्दीमा मात्र भएको मानिन्छ । यसबेला सिंगापुरमा प्रवेश गरेका चीनियाँ आप्रवासीले आफुहरूसँग महायान आदि विभिन्न बौद्ध परम्पराहरू लिएर आए । उनीहरु यहाँ आउँदा बुद्ध धर्मका सबै प्रमुख शाखाहरु —थेरवाद, महायान तथा वज्रयान आफुसँगै आएका थिए ।
यहाँ आएपछि उनीहरुले आआफ्नो समुदायको हितको लागि संगठित भएर धर्म अभ्यास गरे तथा विहार वा गुम्बाहरु बनाए जसले यहाँको बौद्ध धार्मिक वातावरणमा विविधता समेत थपे ।
सानो ठाउँ भएर पनि सिङ्गापुरमा थुप्रै बौद्ध मठ, मन्दिर वा विहारहरु छन् । तिनीहरु कलात्मक र आकर्षक छन्, अहिलेका बौद्धहरुका लागि साँस्कृतिक जमघटका केन्द्रहरु हुन् । ती मध्ये धेरै ऐतिहासिक तथा यहाँका बौद्धहरुले गरेको संघर्षका प्रतीक पनि हुन् । यहाँ त्यहाँका केही प्रमुख स्मारकहरु हुन् । थियान हक केङ मन्दिर, बर्मी बौद्ध मन्दिर , बुद्ध दाँत अवशेष मन्दिर र संग्रहालय, फू हाइ छान मन्दिर, कोङ मेङ फोर कार सी मन्दिर, स्यङ लिम मन्दिर, वाट आनन्द मेत्यारामा थाई बौद्ध मन्दिर आदि ।

यहाँका बौद्धहरु तथा बौद्ध संघसंस्थाहरुमा सामाजिक संलग्नता धेरै छ अनि मानिसहरु सक्रिय रूपमा सामाजिक र परोपकारी कार्यहरूमा संलग्न छन् । उनीहरु शील, समाधिको मात्र कुरा गर्दैनन्, पूजापाठमा मात्र समय बिताउँदैनन् । यसका साथै उनीहरुले समुदायको कल्याणमा योगदान पुर्याउनुलाई पनि धर्मकै रुपमा लिन्छन् । यहाँका बौद्ध संघसंस्थाहरुले देश विदेशमा विपत्तिमा परेका र असहायहरुका लागि विभिन्न किसिमबाट सहयोग गरिरहेका हुन्छन् ।
- राजेन मानन्धरको फेसबुकबाट साभार
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- सरकार र चिकित्सकबीचको वार्ता मिल्यो, यस्तो छ सहमति
- ईपीएस आवेदनकर्ताको चाप बढेपछि राहदानी विभागले दुई सिफ्टमा सेवा दिने
- पर्साका प्रहरी प्रमुख एसपी पाठक प्रहरी प्रधान कार्यालय तानिए, भट्टराईलाई जिम्मेवारी
- यी हुन् मन्त्रिपरिषद् बैठकका निर्णयः नौ विधेयक संसदमा पेस गर्ने
- राष्ट्रपति पौडेलसँग रास्वपा सभापति लामिछानेको भेटवार्ता
- मःमःमा कपाल भेटिएपछि कारबाही, २० हजार तिराइयो
- गोपालमान श्रेष्ठको निधनमा कांग्रेसले तीन दिन शोक मनाउने
- आज देशभर वर्षाको सम्भावना, केही प्रदेशमा भारी वर्षाको चेतावनी

ट्रेन्डिङ
खबरमुकाम







