काठमाडौँ । विश्व पर्यटन दिवस २०२४ को अवसरमा वसन्तपुर दरबार क्षेत्रमा सांस्कृतिक प्रस्तुतिको आयोजना गरिएको छ ।

पर्यटक र शान्ति मूल नाराका साथ मनाइरहेको पर्यटन दिवसको अवसरमा धिमे बाजाको तालमा एक हजार कलाकारले नेवारी नृत्य प्रस्तुति गरिएको हो ।
हजार बढी कलाकारको सामूहिक नृत्यको संयोजन सुदन मुनिकारले गर्नुभएको हो । उहाँले भन्नुभयो, ‘एक हजार बढी कलाकारले सामूहिक धिमे नृत्य प्रस्तुति दिनुभएको छ । यसबोहक यही अवसरमा विभिन्न प्रस्तुति पनि रहेको छ ।’

यो कार्यक्रमको आयोजना काठमाडौं दरबार स्क्वायर पर्यटन सम्वद्र्धन संघले गरेको हो ।

विश्व पर्यटन विदस २०२४ को अवसरमा पर्यटक र शान्ति विशेष कार्यक्रम देशभरका कलाकारको उपस्थितिमा गरिएको संघका अध्यक्ष दिनेश सुवालले जानकारी दिनुभयो ।

यसअघि नै पर्यटन दिवसका लागि तय भएको कार्यक्रम बाढी र पहिरोका कारण कलाकार उपस्थित हुन नसक्दा स्थगित भएको थियो ।
- श्रोत : गोरखापत्र
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- बाढीग्रस्त क्षेत्रमा शिव शक्ति बाबाको राहत वितरण
- मुक्तिनाथ विकास बैंक र यातायात व्यवसायी महासंघबीच सम्झौता, व्यवसायीलाई सहुलियत ब्याजदरमा कर्जा
- भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार १२७ पुग्यो, ४ हजार ८५८ अझै सम्पर्कविहीन
- रसुवा बाढी प्रभावित क्षेत्रमा अपराह्नपछि मध्यम वर्षाको सम्भावना
- प्रतिनिधिसभा बैठक आज, भोटेकोशी बाढीबारे विशेष प्रस्ताव प्रस्तुत हुने
- बाढी प्रभावित क्षेत्रमा महामारीको जोखिम, उच्च सतर्कता अपनाउन स्वास्थ्यविज्ञको आग्रह
- भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १ हजार ३ पुग्यो
- नेशनल लाइफ इन्स्योरेन्सद्वारा विपद् उद्धार कोषमा १ करोड ५१ लाख सहयोग


ट्रेन्डिङ
खबरमुकाम






