काठमाडौँ । नेपाल बीमा प्राधिकरण र त्रिभुवन विश्वविद्यालय, स्कुल अफ म्याथमेटिकल साइन्सबीच बीमा सम्बन्धी अनुसन्धान र दक्ष बीमाङ्कीय जनशक्ति उत्पादन गर्ने सम्बन्धी समझदारी भएको छ ।
नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवाल र त्रिभुवन विश्वविद्यालय, स्कुल अफ म्याथमेटिकल साइन्सका निर्देशक नवराज पौडेलले आज प्राधिकरणको केन्द्रीय कार्यालय, कुपण्डोल, ललितपुरमा समझदारीपत्रमा हस्ताक्षर गरेका हुन्। बीमा सम्बन्धी अनुसन्धान र स्वदेशमा दक्ष बीमाङ्कीय जनशक्ति उत्पादनमा सहयोग गर्ने उद्देश्यका भएको समझदारीको अवधि चार वर्षको रहेको छ ।
समझदारीपत्रमा प्राधिकरणले स्कुल अफ म्याथमेटिकल साइन्सका विद्यार्थीहरुको बीमाङ्कीय सीप विकासमा सहयोग गर्ने, हरेक वर्ष मेरिट बेसिसका आधारमा म्याथमेटिकल साइन्स (बीमाङ्की विज्ञान) का स्नातक तहका विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने, स्रोत व्यक्ति उपलब्ध गराउने र बीमा बजारको आवश्यकताका आधारमा बीमाङ्की विज्ञानको पाठ्यक्रम परिमार्जन गर्न सहयोग गर्ने उल्लेख छ ।
यसैगरी, नेपालको बीमा बजार र अन्तर्राष्ट्रिय बीमा बजारको प्रवृत्तिलाई केन्द्रित गरी बीमा सम्बन्धी अनुसन्धान तथा जोखिम मूल्याङ्कन र नेपाली बीमा बजारको आवश्यकताका आधारमा नयाँ बीमाङ्कीय नमूनाहरुको विकास सम्बन्धी अनुसन्धानमा साझेदारी गर्ने समझदारीपत्रमा उल्लेख छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- सुस्तामा एसएसबीको प्रवेश रोक्न सरकारसँग एमालेको माग
- श्रम संस्कृति पार्टीले पृथ्वीका सबै श्रमिकलाई मुक्ति र न्याय दिन्छ– सुदन किराती
- मापदण्ड विपरीत सञ्चालित भक्तपुरको बाल गृहबाट ८ बालबालिकाको उद्धार
- २५ वर्षसम्म गोप्य राखिएको रावल आयोगको प्रतिवेदन कार्यान्वयनमा ल्याउँदै बालेन सरकार
- कांग्रेसका असन्तुष्ट युवा नेताहरूको भेला आज, पाँच एजेन्डामा केन्द्रित छलफल हुने
- विश्वकप २०२६ मा अमेरिकाको शानदार सुरुवात
- चर्चित सेफ सन्तोष साह ठगी मुद्दामा पक्राउ
- देशका विभिन्न क्षेत्रमा वर्षाको सम्भावना, कोशीमा भारी वर्षा हुन सक्ने



ट्रेन्डिङ
खबरमुकाम






