गजेन्द्र गुरुङ
प्युठानको ऐरावती गाउँपालिका-६ च्यूरापानीस्थित ऐतिहासिक धार्मिकस्थल बिजुलीकोट मानिन्छ । यहाँ हरेक दसैँको रामनवमीका दिनमा ठुलो मेला (राम) लाग्ने गर्दछ ।

यहाँस्थित (बिजुलीकोटका देउता) खड्ग भगवती देवीसँग मनले मागेका सबै कुरा पूरा हुने जनविश्वास रहिआएको छ । हरेक रामनवमीका दिनमा खड्ग भगवती देवीलाई कोटघरबाट बाहिर निकालेर मौलोको परिक्रमा गराएर दर्शनार्थीलाई दर्शन गर्नका लागि दिनभर मौलोमा राख्ने प्रचलन रहेको छ ।

दुईवटा तरवार आकारका वस्तुमा बाहिरबाट सुन र चाँदीले लेपन गरेका देउतालाई यहाँस्थित पुजारीले हातमा लिएर देउता नचाउने प्रचलन रहेको छ । यहाँका देउता पुजारीको हातबाट आफै दायाँबायाँ घुम्ने र नाच्ने गर्दछ ।

परम्पराकालदेखि नै बिजुलीकोटमा मूल पुजारी मगर जातिका व्यक्ति रहने गरेका छन् । दसैँ टीकाको भोलिपल्ट एकादसीका दिनमा बाजागाजासहित परम्पराकालका तरवार लगायतका हतियार हातमा लिएर सरायँ खेल्ने प्रचलन रहेको छ ।

नवमीका दिनमा दर्शनार्थीले भाकल गरी ल्याएका सयौँ बोका, दर्जनौँ राँगाको बलि चढाइने र परेवा उडाइने प्रचलन रहिआएको छ । मेला भर्नका लागि जिल्लाका विभिन्न स्थान, छिमेकी जिल्ला अर्घाखाँची, दाङ, कपिलवस्तु लगायतबाट हजारौँ दर्शनार्थी आउने गरेका छन् । स्रोतः गोरखापत्र

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- बागलुङमा बाढीपहिरोमा मृत्यु हुनेको सङ्ख्या १२ पुग्यो, एक बेपत्ता
- बागलुङमा पहिरोमा परी १० जनाको मृत्यु, एक बेपत्ता
- गाउँबाट धामसम्मको यात्राः जगतगुरु शिवशक्ति बाबाले बदलेको जातेको धार्मिक पहिचान
- नारायणी र रिउ खोलामा जलसतह खतराभन्दा माथि, तटीय क्षेत्रमा उच्च जोखिम
- पाल्पामा पहिरोमा परी दुई जनाको मृत्यु, तीन बेपत्ता
- आजदेखि सुरु भयो सोह्र श्राद्ध, पितृ पक्षमा गरिन्छ तर्पण र पिण्डदान
- पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा पक्राउ
- हिमालयन एभरेस्ट इन्स्योरेन्स बन्यो दोस्रो नेपाल इन्स्योरेन्स फुटसल कपको च्याम्पियन



ट्रेन्डिङ
खबरमुकाम





