गजेन्द्र गुरुङ
प्युठानको ऐरावती गाउँपालिका-६ च्यूरापानीस्थित ऐतिहासिक धार्मिकस्थल बिजुलीकोट मानिन्छ । यहाँ हरेक दसैँको रामनवमीका दिनमा ठुलो मेला (राम) लाग्ने गर्दछ ।

यहाँस्थित (बिजुलीकोटका देउता) खड्ग भगवती देवीसँग मनले मागेका सबै कुरा पूरा हुने जनविश्वास रहिआएको छ । हरेक रामनवमीका दिनमा खड्ग भगवती देवीलाई कोटघरबाट बाहिर निकालेर मौलोको परिक्रमा गराएर दर्शनार्थीलाई दर्शन गर्नका लागि दिनभर मौलोमा राख्ने प्रचलन रहेको छ ।

दुईवटा तरवार आकारका वस्तुमा बाहिरबाट सुन र चाँदीले लेपन गरेका देउतालाई यहाँस्थित पुजारीले हातमा लिएर देउता नचाउने प्रचलन रहेको छ । यहाँका देउता पुजारीको हातबाट आफै दायाँबायाँ घुम्ने र नाच्ने गर्दछ ।

परम्पराकालदेखि नै बिजुलीकोटमा मूल पुजारी मगर जातिका व्यक्ति रहने गरेका छन् । दसैँ टीकाको भोलिपल्ट एकादसीका दिनमा बाजागाजासहित परम्पराकालका तरवार लगायतका हतियार हातमा लिएर सरायँ खेल्ने प्रचलन रहेको छ ।

नवमीका दिनमा दर्शनार्थीले भाकल गरी ल्याएका सयौँ बोका, दर्जनौँ राँगाको बलि चढाइने र परेवा उडाइने प्रचलन रहिआएको छ । मेला भर्नका लागि जिल्लाका विभिन्न स्थान, छिमेकी जिल्ला अर्घाखाँची, दाङ, कपिलवस्तु लगायतबाट हजारौँ दर्शनार्थी आउने गरेका छन् । स्रोतः गोरखापत्र

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- बाढीग्रस्त क्षेत्रमा शिव शक्ति बाबाको राहत वितरण
- मुक्तिनाथ विकास बैंक र यातायात व्यवसायी महासंघबीच सम्झौता, व्यवसायीलाई सहुलियत ब्याजदरमा कर्जा
- भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार १२७ पुग्यो, ४ हजार ८५८ अझै सम्पर्कविहीन
- रसुवा बाढी प्रभावित क्षेत्रमा अपराह्नपछि मध्यम वर्षाको सम्भावना
- प्रतिनिधिसभा बैठक आज, भोटेकोशी बाढीबारे विशेष प्रस्ताव प्रस्तुत हुने
- बाढी प्रभावित क्षेत्रमा महामारीको जोखिम, उच्च सतर्कता अपनाउन स्वास्थ्यविज्ञको आग्रह
- भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १ हजार ३ पुग्यो
- नेशनल लाइफ इन्स्योरेन्सद्वारा विपद् उद्धार कोषमा १ करोड ५१ लाख सहयोग


ट्रेन्डिङ
खबरमुकाम






