काठमाडौँ, असोज २२ गते । मन्त्रिपरिषद्को बैठकले थप ५७ वटा हिमाल आरोहणका लागि खुला गर्ने निर्णय गरेको छ ।
सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले मङ्गलबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्दै सो जानकारी दिएका हुन् ।
उनले भने, ‘बैठकले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तर्गत रहेका हिमालहरूको आरोहणका लागि थप ५७ वटा हिमाल खुला गर्ने निर्णय गरेको छ ।’
सरकारले खुला गरेका हुम्लाको हिमालमा असाज्य टुप्पो, डोल्पाको ज्याङ्गचे,चानाबोलो, ध्याम्बु पिक छन् । त्यसैगरी, मुस्ताङको ज्याङ्गलाटुन्पु, केक्याप रि–१, केक्याप रि–२, डोल्पाको तिन्जे पिक, दोलखाको जाबोउ रि–उत्तर, रोल्वालिङ खाड्ग उत्तर रहेका छन् ।
दोलाख सोलुखुम्बुमा रहेको पामल्का, दोलाको घोडभडी, रसुवाको थाकमोर्पा उत्तर पूर्व, हुम्लाको चाङ्गला खाङ, चाङ्गला खाङ पश्चिम छन् । त्यस्तै, सोलुखुम्बुको यासा थाक, चुम्बु उत्तर, महालङ्गुर पिक, पाङ्गबुक उत्तर, रोङ्गशार रि–२ रहेका छन् ।
मुस्ताङको छुआमा– ४, छुआमा पिक(१, छुआमा पिक(२, छुआमा पिक(३, चुङगेन चाङगमा, ध्युन हिमाल(२, ध्युन हिमाल–३, लुनाधार खाङ, मनसयल पूर्व, मुस्ताङ हिमाल, यारसाङ खाङ रहेका छन् । मुगुको चाङ्गदी पूर्व, काइचोनाम उत्तर पश्चिम, काइपुचोनाम पश्चिम, कान्ति सेन्ट्रल, कोगि खाङ, योलुङमा खाङ रहेका छन् ।
हुम्लाका न्यालु, गोरखाका लुम्बो हिमाल, डोल्पाको होङ्गदे पश्चिम, ताप्लेजुङको नुफु, चाव पूर्व, छोचेनफु उत्तर, नाङ्गामरी उत्तर, नोबुक, पाबुक खाङ पूर्व, पाबुक खाङ सुदूर पूर्व, सेनुप, यान्मे खाङ दक्षिण पूर्व, पाथीभरा उत्तर पूर्व, पाथीभरा दक्षिण पूर्व, डोल्पामा पाल्चुङ(१, पाल्चुङ(२, पाल्चुङ(३, टन्क्या(३, टन्क्या(४ रहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या ६१६ पुग्यो, २ हजार ३०१ जनाको उद्धार
- बाढीले बगाएर ल्याएको बैंकको सेफ फोडेर रकम निकाल्ने २९ जना पक्राउ
- प्रधानमन्त्रीसहित मन्त्रीहरूले एक महिनाको तलब विपद् कोषमा जम्मा गर्ने
- बाढी प्रभावितका लागि पुनर्स्थापना प्याकेज बनाउने सरकारको निर्णय
- श्रीरामचन्द्र मन्दिर हत्याउन निरन्तर प्रयास, धार्मिक क्षेत्रमा लूट मच्चाउने यिनीहरुलाई चिनौं
- केन्द्रकै निर्देशनमा चुनाव गराएको भक्तपुर रेडक्रसको जिल्ला समिति भङ्ग, तदर्थ समिति गठन, रेडक्रसमा भाँड भैलो
- लैङ्गिक तथा यौनिक अल्पसंख्यकको गाइजात्रा स्थगित
- बाढीपीडित घाइतेको नेपाल मेडिकल कलेजमा निःशुल्क उपचार



ट्रेन्डिङ
खबरमुकाम






