‘नेपालका हराएका देवताका मूर्तिहरू’ को बारेमा निर्देशक अमिताभ जोशीद्वारा निर्देशित बृतचित्र ‘के तपाईंले मेरो देवता देख्नु भयो’ (ह्याब यू सिन माई गडरु) को पहिलो प्रदर्शन २०८० असोज १६ गते ठमेल काठमाडौँस्थित छाँया सेन्टरको क्यूयफÞक्स सिनेमामा भएको छ । उक्त प्रदर्शनमा अमेरिकन अष्ट्रेलियन, युरोपियन युनियन, मलेसियन र बेलायती राजदूतावासका कुटनीतिज्ञहरु लगायत विभिन्न संघ संस्थाका विशिष्ट व्यक्तिहरु गरी १३० जनाको सहभागिता रहेको थियो ।
उक्त बृत्तचित्रले नेपालबाट विभिन्न समयमा चोरी भई विदेश लगिएका र अनुसन्धान पश्चात प्राप्त भएका देवताका मूर्तिहरूलाई नेपाल फर्काउने पहल र त्यसको सांस्कृतिक महत्वको बारेमा सनसनीपूर्ण तथ्य उजागर गरेको छ भने यो उक्त बृतचित्र अझै पूर्णरूपमा निर्माण हुन भने बाँकी नै छ । यो बृत्तचित्र केवल एक बृत्तचित्र मात्र नभई नेपालका हराएका चोरिएका मूर्तिहरूलाई नेपालमा फिर्ता ल्याउने अभियानको शुरूवाती चरण भएको र खोज तथा अनुसन्धानको निरन्तरता आवश्यक भएको कुरा निर्देशक जोशीले बताए ।
सो वृत्तचित्रको बारेमा वरिष्ठ पत्रकार कनकमणि दिक्षित र अलिसा सिजापती, कलाकार लेखक लैन सिंह बाङ्देल, जुगैल सिक र जोय डेभिसले नेपालका सांस्कृतिक सम्पदाहरू स्वदेश फिर्ता ल्याई संग्रहालयमा राख्न गरिएका प्रयासहरू मध्य सबैभन्दा सराहनीय प्रयास यो बृतचित्र भएको र यसले उक्त कार्यमा सहयोग पुराउनमा कोशे ढुंगाको काम गर्ने समेत बताए ।
उक्त बृत्तचित्र प्रदर्शनको प्रायोजन दया फाउण्डेशन, नेपाल ईन्भेष्टमेन्ट मेगा बैंक लिमिटेड र नेपाल कला परिषदले गरेको हो भने उक्त कार्यक्रमको संयोजन दया फाउण्डेशनकी पूर्व अध्यक्ष एवं कल्चर विभागका प्रमुख निभा माथेमा प्रधानले गरेकी हुन् । बृत्तचित्र प्रदर्शन पछि निभा माथेमा प्रधानले दर्शकदिर्घा एवं निर्मातासँग प्रश्नोत्तर सत्रद्वारा बृत्तचित्रको औचित्यता बारेमा थप प्रकाश पारिन् । सांस्कृतिक सम्पदाको महत्व र त्यसलाई पुन प्राप्तिको प्रयासलाई उजागर गर्न उक्त बृत्तचित्रले सन् १९८४ मा पाटनको लक्ष्मी–नारायणको चोरी भएको मुर्ति लाई सन् २०२१ मा फिर्ता ल्याई पुनस्थापित गरिएको घटनालाई रोचक ढङ्गले पस्किएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- राष्ट्रिय वाणिज्य बैंकको कर्पोरेट शाखामा सन्ध्याकालीन काउण्टर सेवा
- यी कलाकारले सेप्टेम्बर २५ मा कोरिया गुञ्जाउने
- सुशासनको नारामाथि प्रश्नः अख्तियारको छानबिनमा रहेका कालाखेतीलाई नेपाल एयरलाइन्सको नेतृत्व
- विदेशमा कार्यरत नेपालीको सामूहिक बचतबाट सुरु भएको बीजी ग्रुप सेयर बजारमा आउने तयारीमा
- काठमाडौंमा हुँदैछ PMGO South Asia Finals 2026, दर्शकका लागि पनि विशेष एक्सपेरियन्स जोन
- अन्तर्राष्ट्रिय पब्जी मोबाइल प्रतियोगिताको आधिकारिक इन्टरनेट साझेदार बन्यो भायानेट
- बाढी–पहिरो प्रभावित ४०० परिवारलाई ११ लाख रुपैयाँ बराबरको राहत
- रसुवाको भोटेकोशी बाढीः ४ हजारभन्दा बढी बेपत्ता, ९ हजार २८७ जनाको उद्धार


ट्रेन्डिङ
खबरमुकाम






