काठमाडौँ । सिटिजन्स बैँक इन्टरनेसनल लिमिटेडले अविरल वर्षाले प्रभावित भई ठूलो जनधनको क्षति पुगेकाहरुको राहतको उदेश्यले सामाजिक उत्तरदायित्व अन्तर्गत पीडितहरूको राहत र पुनर्स्थापनाको लागि प्रधानमन्त्री दैबी प्रकोप उद्धार कोषमा सहयोग प्रदान गरेको छ ।
शहरी विकास मन्त्रालयमा आयोजित एक कार्यक्रम बीच सम्माननीय कार्यवाहक प्रधानमन्त्री एंवम उपप्रधान तथा शहरी विकास मन्त्री प्रकाशमान सिंह ज्यूलाई बैंकका अध्यक्ष श्री प्रबल जंग पाण्डे ज्यूले रु २५ लाखको चेक हस्तान्तरण गरेका हुन् । समाहरोमा सूचना तथा संचार मन्त्री पृथ्वी सुब्बा गुरुङज्यू ,बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलज्यू र प्रमुख प्रशासकीय अधिकृत नारायण राज अधिकारी लगायतको उपस्थिति रहेको थियो । बैंकले प्रकोपबाट ज्यान गुमाएका परिवारप्रति हाद्र्घिक समवेदना व्यक्त गर्दै घाईतेहरुको शिग्र स्वस्थ लाभका लागि कामना समेत गरेको छ । यस घटनाबाट प्रभावित सम्पूर्णजनहरुप्रति तत्काल सहयोग तथा राहत पुग्ने विश्वास पनि बैंकले व्यक्त गरेको छ ।
सिटिजन्स बैँकले यस अघि पनि २०७२ सालको विनाशकारी भुकम्पबाट पिडीतहरुको उद्धार तथा उपचारको उद्देश्यले प्रधानमन्त्री दैबी प्रकोप उद्धार तथा राहत कोषमा आर्थिक सहयोग स्वरुप रु. १ करोड प्रदान गरेको थियो र कर्णाली प्रदेशको जाजरकोटमा मिति २०८०।०७।१७ गतेका दिन गएको विनाशकारी भुकम्पबाट पिडीतहरुको उद्धार तथा उपचारको उद्देश्यले प्रधानमन्त्री दैबी प्रकोप उद्धार तथा राहत कोषमा रु २५ लाखको सहयोग प्रधान गरेको थियोे । बैंकले आगामी दिनमा पनि समाजको हितका लागि यस्ता सहयोगात्मक प्रयासहरू जारी राख्ने प्रतिबद्धता जनाएको छ ।
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएका आफ्ना १८८ वटा शाखा, १४८ वटा ए.टि.एम. र ९७ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट १६ लाख ६४ हजार ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- राष्ट्रिय वाणिज्य बैंकको कर्पोरेट शाखामा सन्ध्याकालीन काउण्टर सेवा
- यी कलाकारले सेप्टेम्बर २५ मा कोरिया गुञ्जाउने
- सुशासनको नारामाथि प्रश्नः अख्तियारको छानबिनमा रहेका कालाखेतीलाई नेपाल एयरलाइन्सको नेतृत्व
- विदेशमा कार्यरत नेपालीको सामूहिक बचतबाट सुरु भएको बीजी ग्रुप सेयर बजारमा आउने तयारीमा
- काठमाडौंमा हुँदैछ PMGO South Asia Finals 2026, दर्शकका लागि पनि विशेष एक्सपेरियन्स जोन
- अन्तर्राष्ट्रिय पब्जी मोबाइल प्रतियोगिताको आधिकारिक इन्टरनेट साझेदार बन्यो भायानेट
- बाढी–पहिरो प्रभावित ४०० परिवारलाई ११ लाख रुपैयाँ बराबरको राहत
- रसुवाको भोटेकोशी बाढीः ४ हजारभन्दा बढी बेपत्ता, ९ हजार २८७ जनाको उद्धार


ट्रेन्डिङ
खबरमुकाम






